< Iohannem 13 >

1 ante diem autem festum paschae sciens Iesus quia venit eius hora ut transeat ex hoc mundo ad Patrem cum dilexisset suos qui erant in mundo in finem dilexit eos
अब निस्तार-चाडअगि येशू जान्‍नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो, यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो ।
2 et cena facta cum diabolus iam misisset in corde ut traderet eum Iudas Simonis Scariotis
अहिले दियाबलसले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्‍वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो ।
3 sciens quia omnia dedit ei Pater in manus et quia a Deo exivit et ad Deum vadit
येशूले जान्‍नुहुन्थ्यो, कि पिताले सबै थोक उहाँको हातमा दिनुभएको थियो, उहाँ पिताबाट नै आउनुभएको थियो र फेरि परमेश्‍वरकहाँ नै फर्केर जाँदै हुनुहुन्थ्यो ।
4 surgit a cena et ponit vestimenta sua et cum accepisset linteum praecinxit se
उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो र उहाँको बाहिरी वस्‍त्र फुकाल्नुभयो । त्यसपछि उहाँले एउटा तौलिया लिनुभयो, र आफ्नो कम्मरमा बेर्नुभयो ।
5 deinde mittit aquam in pelvem et coepit lavare pedes discipulorum et extergere linteo quo erat praecinctus
त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो ।
6 venit ergo ad Simonem Petrum et dicit ei Petrus Domine tu mihi lavas pedes
उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, र पत्रुसले उहाँलाई भने, “प्रभु, के तपाईं मेरा गोडा धुँदै हुनुहुन्छ?”
7 respondit Iesus et dicit ei quod ego facio tu nescis modo scies autem postea
येशूले जवाफ दिनुभयो, र तिनलाई भन्‍नुभयो, “म के गरिरहको छु, तिमी अहिले यसलाई बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्‍नेछौ ।”
8 dicit ei Petrus non lavabis mihi pedes in aeternum respondit Iesus ei si non lavero te non habes partem mecum (aiōn g165)
पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन ।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन ।” (aiōn g165)
9 dicit ei Simon Petrus Domine non tantum pedes meos sed et manus et caput
सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरा गोडा मात्र होइन, मेरा शिर र हातहरू पनि धोइदिनुहोस् ।”
10 dicit ei Iesus qui lotus est non indiget ut lavet sed est mundus totus et vos mundi estis sed non omnes
येशूले तिनलाई भन्‍नुभयो, “जो नुहाएको छ, त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन र त्यो पूर्ण रूपमा शुद्ध हुन्छ; तिमी शुद्ध छौ, तर तिमीहरू सबै जना नै त छैनौ ।”
11 sciebat enim quisnam esset qui traderet eum propterea dixit non estis mundi omnes
(किनकि कसले उहाँलाई विश्‍वासघात गर्थ्यो भन्‍ने येशूलाई थाहा थियो, त्यसैले उहाँले भन्‍नुभयो, “तिमीहरू सबै जना त शुद्ध छैनौ ।” )
12 postquam ergo lavit pedes eorum et accepit vestimenta sua cum recubuisset iterum dixit eis scitis quid fecerim vobis
त्यसैले, जब येशूले तिनीहरूका गोडा धुनुभयो र उनीहरूका लुगा लगाउनुभयो, र फेरि बस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको छु भन्‍ने के तिमीहरू जान्दछौ?”
13 vos vocatis me magister et Domine et bene dicitis sum etenim
तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनकि म त्यही हुँ ।
14 si ergo ego lavi vestros pedes Dominus et magister et vos debetis alter alterius lavare pedes
तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ ।
15 exemplum enim dedi vobis ut quemadmodum ego feci vobis ita et vos faciatis
किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक ।
16 amen amen dico vobis non est servus maior domino suo neque apostolus maior eo qui misit illum
साँचो, साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ ।
17 si haec scitis beati eritis si feceritis ea
यदि तिमीहरूले यी कुराहरू जान्यौ, र ती गर्‍यौ भने तिमीहरू धन्यका हुनेछौ ।
18 non de omnibus vobis dico ego scio quos elegerim sed ut impleatur scriptura qui manducat mecum panem levavit contra me calcaneum suum
म तिमीहरू सबै जनाको बारेमा बोलिरहेको छैनँ; मैले जसलाई छानेको छु म तिनीहरूलाई चिन्छु, तर यो यसैले हो, कि धर्मशास्‍त्र पुरा होस्ः जसले मेरो रोटी खायो, त्यसले नै ममाथि लात उठायो ।
19 amodo dico vobis priusquam fiat ut credatis cum factum fuerit quia ego sum
म यो घटनअगि नै तिमीहरूलाई भन्छु, ताकि जब यो घटन आउँछ, म उही हुँ भनी तिमीहरूले विश्‍वास गर्न सक ।
20 amen amen dico vobis qui accipit si quem misero me accipit qui autem me accipit accipit eum qui me misit
म साँचो, साँचो तिमीहरूलाई भन्दछु, जसले मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ ।
21 cum haec dixisset Iesus turbatus est spiritu et protestatus est et dixit amen amen dico vobis quia unus ex vobis tradet me
जब येशूले यो भन्‍नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो, उहाँले गवाही दिनुभयो, र भन्‍नुभयो, “साँ‍चो, साँचो म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्‍वासघात गर्नेछ ।”
22 aspiciebant ergo ad invicem discipuli haesitantes de quo diceret
उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्छ भनेर छक्‍क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गर्न थाले ।
23 erat ergo recumbens unus ex discipulis eius in sinu Iesu quem diligebat Iesus
उहाँका चेलाहरूमध्ये एक जना जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो तिनी टेबलमा येशूको छातीमा अडेस लगेर ढल्किरहेका थिए ।
24 innuit ergo huic Simon Petrus et dicit ei quis est de quo dicit
यसकारण सिमोन पत्रुसले यो चेलालाई इसारा गरेर भने, “उहाँले हामीमध्ये कसको बारेमा भन्दै हुनुहुन्छ, हामीलाई भन ।”
25 itaque cum recubuisset ille supra pectus Iesu dicit ei Domine quis est
त्यसैले, तिनी येशूको छातीमा ढल्किएर बसे, र उहाँलाई भने, “प्रभु, यो को हो?”
26 respondit Iesus ille est cui ego intinctum panem porrexero et cum intinxisset panem dedit Iudae Simonis Scariotis
त्यसपछि येशूले जवाफ दिनुभयो, “त्यो त्यही हो, जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्छु ।” त्यसपछि उहाँले रोटीको टुक्रा चोप्‍नुभयो र सिमोनको छोरा यहूदालाई दिनुभयो ।
27 et post buccellam tunc introivit in illum Satanas dicit ei Iesus quod facis fac citius
र रोटी दिइसक्‍नुभएपछि शैतान त्यसभित्र पस्यो । त्यसैले, येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गरिरहेका छौ, सो छिटो गरी हाल ।”
28 hoc autem nemo scivit discumbentium ad quid dixerit ei
अब उहाँले त्यसलाई किन यसो भन्‍नुभएको भन्‍ने त्यहाँ टेबलमा ढल्किरहेका कसैलाई पनि थाहा भएन ।
29 quidam enim putabant quia loculos habebat Iudas quia dicit ei Iesus eme ea quae opus sunt nobis ad diem festum aut egenis ut aliquid daret
केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई, “चाडको निम्ति हामीलाई आवश्‍यक पर्ने सामानहरू किन” वा त्यसले गरिबहरूलाई दिनुपर्छ भन्‍नुभएको होला भन्‍ने सोचे ।
30 cum ergo accepisset ille buccellam exivit continuo erat autem nox
जब यहूदाले रोटी खायो, त्यो तुरुन्तै त्यहाँबाट हिँडी हाल्यो । यो रातको समय थियो ।
31 cum ergo exisset dicit Iesus nunc clarificatus est Filius hominis et Deus clarificatus est in eo
जब यहूदा त्यहाँबाट गयो, येशूले भन्‍नुभयो, “मानिसका पुत्रलाई महिमित तुल्याइन्छ, र उसमा परमेश्‍वरलाई महिमित तुल्याइन्छ ।
32 si Deus clarificatus est in eo et Deus clarificabit eum in semet ipso et continuo clarificabit eum
परमेश्‍वरले आफैँमा उसलाई महिमित पार्नुहुनेछ र उहाँले उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ ।
33 filioli adhuc modicum vobiscum sum quaeretis me et sicut dixi Iudaeis quo ego vado vos non potestis venire et vobis dico modo
साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । मैले यहूदीहरूलाई भनेझैँ, अहिले म तिमीहरूलाई यो पनि भन्छु, तिमीहरूले मलाई खोज्‍नेछौ, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’
34 mandatum novum do vobis ut diligatis invicem sicut dilexi vos ut et vos diligatis invicem
म तिमीहरूलाई नयाँ आज्ञा दिइरहेको छु, कि तिमीहरू एकले अर्कोलाई प्रेम गर्नुपर्छ, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु । त्यसैले पनि तिमीहरू एकले अर्कालाई प्रेम गर्नुपर्छ ।
35 in hoc cognoscent omnes quia mei discipuli estis si dilectionem habueritis ad invicem
यदि तिमीहरूले एकले अर्कालाई प्रेम गर्‍यौ भने यसैद्वारा तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्‍नेछन् ।
36 dicit ei Simon Petrus Domine quo vadis respondit Iesus quo ego vado non potes me modo sequi sequeris autem postea
सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ जाँदै छु, तिमी अहिले पछ्याउन सक्दैनौ, तर तिमीले पछि पछ्याउनेछौ ।”
37 dicit ei Petrus quare non possum sequi te modo animam meam pro te ponam
पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्याउन सक्दिनँ? म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु ।”
38 respondit Iesus animam tuam pro me ponis amen amen dico tibi non cantabit gallus donec me ter neges
येशूले जवाफ दिनुभयो, “के तिमीले मेरो निम्ति आफ्नो ज्यान नै दिनेछौ त? साँचो, साँचो म तिमीलाई भन्दछु, कि तिमीले मलाई तिन पल्ट इन्कार गरेपछि मात्र भाले बास्‍नेछ ।”

< Iohannem 13 >