< Job 41 >

1 an extrahere poteris Leviathan hamo et fune ligabis linguam eius
के एउटा बल्छीले तैंले लिव्यातन्‌लाई तान्‍न सक्छस्? अर्थात् एउटा डोरीले त्यसको बङ्गारा बाँध्‍न सक्छस्?
2 numquid pones circulum in naribus eius et armilla perforabis maxillam eius
के त्यसको नाकमा तैंले डोरी लगाउन सक्छस्? एउटा बल्छीले त्‍यसको बङ्गारा छेड्न सक्छस्?
3 numquid multiplicabit ad te preces aut loquetur tibi mollia
के त्यसले तँलाई धेरै बिन्ती चढाउनेछ र? के त्यसले तँसित नम्र वचनहरू बोल्नेछ र?
4 numquid feriet tecum pactum et accipies eum servum sempiternum
के त्यसले तँसित करार गर्नेछ, जसले गर्दा सदाको निम्ति तैंले त्‍यसलाई कमारो बनाउनुपर्छ?
5 numquid inludes ei quasi avi aut ligabis illum ancillis tuis
तैले चरासित खेलेझैं के तँ त्योसित खेल्नेछस् र? तेरा दासीहरूका निम्ति तैंले त्यसलाई बाँध्‍नेछस् र?
6 concident eum amici divident illum negotiatores
के मछुवाहरूका समूहरूले त्यसको लागि बार्गेनिङ् गर्नेछन्? के तिनीहरूले त्यसको व्यापार गर्न व्यापारीहरूका बिचमा भाग लगाउनेछन्?
7 numquid implebis sagenas pelle eius et gurgustium piscium capite illius
के तैंले त्यसको छालामा चक्‍कु हान्‍न, अर्थात् टाउकोमा माछा मार्ने भाला हान्‍न सक्छस्?
8 pone super eum manum tuam memento belli nec ultra addas loqui
एकपल्‍ट त्यसमाथि आफ्‍नो हात राख्, अनि तँलाई त्‍यो युद्धको सम्झना हुनेछ, र फेरि तैंले कदापि त्यसो गर्नेछैनस् ।
9 ecce spes eius frustrabitur eum et videntibus cunctis praecipitabitur
हेर्, त्यसो गर्ने कसैको आशा पनि झुटो सबित हुन्छ । के त्यसको हेराइले पनि कोही मूर्छै परेर भुइँमा ढल्‍नेछैनन् र?
10 non quasi crudelis suscitabo eum quis enim resistere potest vultui meo
कोही पनि यति हिंस्रक छैन त्यसले लिव्यातन्‌लाई उत्तेजित पार्ने आँट गर्छ । त्यसो हो भने, मेरो सामु को खडा हुन सक्छ?
11 quis ante dedit mihi ut reddam ei omnia quae sub caelo sunt mea sunt
मैले तिर्नुपर्ने गरी कसले मलाई कुनै कुरो दिएको छ र? सम्पूर्ण आकाशमुनि भएका सबै थोक मेरै हुन् ।
12 non parcam ei et verbis potentibus et ad deprecandum conpositis
लिव्यातन्‌का खुट्टाहरूको विषयमा म चुप लाग्‍नेछैनँ, न त्यसको बल, न त त्यसको भव्य आकारको विषयमा चुप लाग्‍नेछु ।
13 quis revelavit faciem indumenti eius et in medium oris eius quis intrabit
त्यसको बाहिरको पोशाकलाई कसले उतार्न सक्छ? ढाल जस्‍तो त्यसको दोहोरो छाला कसले छेड्न सक्छ?
14 portas vultus eius quis aperiet per gyrum dentium eius formido
त्यसको मुखका ढोकाहरू कसले खोल्न — त्यसका दाँत बजाउन सक्‍छ, जुन त्रासदी हो ।
15 corpus illius quasi scuta fusilia et conpactum squamis se prementibus
तिनका ढाडका छालाहरू ढालका लहरहरूझैं, एउटा बन्‍द छापझैं एकसाथ जोडिएका हुन्‍छन् ।
16 una uni coniungitur et ne spiraculum quidem incedit per eas
एक अर्कोमा यसरी टाँसिन्‍छन्, जसको बिचबाट हावा पनि छिर्न सक्दैन ।
17 una alteri adherebunt et tenentes se nequaquam separabuntur
ती एक-अर्कामा टाँसिएका हुन्‍छन् । छुट्ट्याउनै नसकिने गरी ती एकसाथ टाँसिन्छन् ।
18 sternutatio eius splendor ignis et oculi eius ut palpebrae diluculi
त्यसले हाच्‍छीं गर्दा बाहिर झिल्‍काहरू निस्कन्छन् । त्यसका आँखा बिहानको पलकजस्तै छन् ।
19 de ore eius lampades procedunt sicut taedae ignis accensae
त्यसको मुखबाट बलिरहेका राँकोहरू, आगोका झिल्काहरू बाहिर निस्कन्छन् ।
20 de naribus eius procedit fumus sicut ollae succensae atque ferventis
तताउनलाई आगोमाथि राखेको भाँडोबाट वाफ निस्‍केझैं, त्यसका नाकका प्वालहरूबाट धुवाँ निस्कन्छन् ।
21 halitus eius prunas ardere facit et flamma de ore eius egreditur
त्यसको सासले कोइलालाई बालिदिन्छ । त्यसको मुखबाट आगो निस्कन्छ ।
22 in collo eius morabitur fortitudo et faciem eius praecedet egestas
त्यसको गर्धनमा बल हुन्छ, र त्यसको सामु त्रासले नाच लगाउँछ ।
23 membra carnium eius coherentia sibi mittet contra eum fulmina et ad locum alium non ferentur
त्यसका छालाका पत्रहरू एकसाथ टाँसिन्छन् । उसमा ती यति कडा हुन्छन् । ती पल्‍टाउन सकिंदैन ।
24 cor eius indurabitur quasi lapis et stringetur quasi malleatoris incus
त्यसको मुटु ढुङ्गाजस्तै कडा हुन्छ । वास्तवमा जाँतोको तल्लो पाटोझैं कडा हुन्छ ।
25 cum sublatus fuerit timebunt angeli et territi purgabuntur
त्यो खडा हुँदा देवताहरू पनि डराउँछन् । डरको कारण ती पछि हट्छन् ।
26 cum adprehenderit eum gladius subsistere non poterit neque hasta neque torax
तरवारले त्यसलाई हान्‍ने हो भने, त्यसले केही हुँदैन, न त भाला, काँड वा अरू कुनै चुच्‍चे हतियारले त्यसलाई केही हुन्‍छ ।
27 reputabit enim quasi paleas ferrum et quasi lignum putridum aes
त्यसले फलामलाई पराल भएझैं, र काँसालाई कुहेको काठ भएझैं ठान्‍छ ।
28 non fugabit eum vir sagittarius in stipulam versi sunt ei lapides fundae
काँडले त्यसलाई भगाउन सक्दैन । घुयेंत्रोले हानेको ढुङ्गा त त्यसको लागि भुस बन्छ ।
29 quasi stipulam aestimabit malleum et deridebit vibrantem hastam
मुङ्ग्राहरूलाई त परालझैं ठानिन्छ । भालाको प्रहारमा त त्यसले गिल्ला गर्छ ।
30 sub ipso erunt radii solis sternet sibi aurum quasi lutum
त्यसको भुँसी भागहरू माटोका भाँडाका कडा खपटाहरूजस्तै हुन्छन् । घिस्रिंदा दाँदेको डोबझैं त्यसले माटोमा फैलेको डोब छोड्‍छ ।
31 fervescere faciet quasi ollam profundum mare ponet quasi cum unguenta bulliunt
त्यसले गहिरो पानीलाई पानी उम्लको भाँडोजस्तै उमाल्छ । त्यसले समुद्रलाई मलहमको भाँडोजस्तै बनाउँछ ।
32 post eum lucebit semita aestimabit abyssum quasi senescentem
त्यसले आफ्नो पछाडि चम्कने रेखा बनाउँछ । कसैले त्यसलाई गहिरो पानीमा फुलेको कपालजस्तै ठान्छ ।
33 non est super terram potestas quae conparetur ei qui factus est ut nullum timeret
पृथ्वीमा त्यसको बराबरी कोही छैन, जसलाई बिनाडर बाँच्न बनाइएको छ ।
34 omne sublime videt ipse est rex super universos filios superbiae
हरेक अहङ्कारी कुरालाई त्यसले हेर्छ । घमण्‍डका सबै छोराहरूमध्‍ये त्यो त राजा नै हो ।”

< Job 41 >