< Job 4 >
1 respondens autem Eliphaz Themanites dixit
तब एलीपज तेमानीले जवाफ दिए र भने,
2 si coeperimus loqui tibi forsitan moleste accipias sed conceptum sermonem tenere quis possit
“कसैलाई तपाईंसित कुरा गर्ने प्रयास गर्यो भने के तपाईं अधैर्य बन्नुहुन्छ? तर कसले आफैलाई बोल्नबाट रोक्न सक्छ?
3 ecce docuisti multos et manus lassas roborasti
हेर्नुहोस्, तपाईंले धेरैलाई शिक्षा दिनुभएको छ । तपाईंले दुर्बल हातहरूलाई बलियो पार्नुभएको छ ।
4 vacillantes confirmaverunt sermones tui et genua trementia confortasti
तपाईंका वचनहरूले त्यस्तोलाई सम्हालेको छ जो पतन हुँदै थियो। तपाईंले कमजोर घुँडाहरूलाई दरिलो पार्नुभएको छ ।
5 nunc autem venit super te plaga et defecisti tetigit te et conturbatus es
तर अहिले सङ्कष्ट तपाईंमा आएको छ, र तपाईं थकित हुनुहुन्छ । यसले तपाईंलाई छोएको छ, र तपाईंलाई कष्ट भएको छ ।
6 timor tuus fortitudo tua patientia tua et perfectio viarum tuarum
के तपाईंको डर तपाईंको निश्चयता, अनि तपाईंका मार्गहरूका सत्यनिष्ठा तपाईंको आशा होइन र?
7 recordare obsecro te quis umquam innocens perierit aut quando recti deleti sint
कृपा गरी यस विषयमा सोच्नुहोस्: निर्दोष हुँदा पनि कुनै व्यक्ति कहिलै नष्ट भएको छ र? अर्थात् सोझा मानिसहरू कहिले मारिएका थिए र?
8 quin potius vidi eos qui operantur iniquitatem et seminant dolores et metunt eos
जे मैले देखेको छु त्यसअनुसार, अधर्म जोत्नेहरू र कष्ट छर्नेहरूले नै त्यसको कटनी गर्छन् ।
9 flante Deo perisse et spiritu irae eius esse consumptos
परमेश्वरको सासले तिनीहरू नष्ट हुन्छन् । उहाँको क्रोधको बिष्फोटले तिनीहरू भस्म हुन्छन् ।
10 rugitus leonis et vox leaenae et dentes catulorum leonum contriti sunt
सिंहको गर्जन, हिंस्रक सिंहको सोर र जवान सिंहहरूका दाँत— ती भाँचिएका छन् ।
11 tigris periit eo quod non haberet praedam et catuli leonis dissipati sunt
सिकारको अभावले बुढो सिंह नष्ट हुन्छ । सिंहनीका डमरुहरू जताततै छरपष्ट भएका हुन्छन् ।
12 porro ad me dictum est verbum absconditum et quasi furtive suscepit auris mea venas susurri eius
यति बेला कुनै कुरा गुप्तमा मकहाँ ल्याइयो, र मेरो कानले यसको बारेमा कानेखुसी सुन्यो ।
13 in horrore visionis nocturnae quando solet sopor occupare homines
जब मानिसहरू घोर निद्रामा पर्छन्, तब रातको सपनाहरूद्वारा विचारहरू आए ।
14 pavor tenuit me et tremor et omnia ossa mea perterrita sunt
त्यो रातमा नै थियो जुन बेला ममाथि डर र त्रास आए, र मेरा सबै हड्डी कामे ।
15 et cum spiritus me praesente transiret inhorruerunt pili carnis meae
तब मेरै अनुहारको सामुन्नेबाट एउटा आत्मा गयो, र मेरो शरीरको रौं ठाडो भयो ।
16 stetit quidam cuius non agnoscebam vultum imago coram oculis meis et vocem quasi aurae lenis audivi
त्यो आत्मा खडा भयो, तर त्यसको दृष्यलाई मैले ठम्याउन सकिनँ । त्यसको स्वरूप मेरा आँखाकै सामु थियो । त्यहाँ मौनता थियो, र मैले यसो भनेको एउटा आवाज सुनें,
17 numquid homo Dei conparatione iustificabitur aut factore suo purior erit vir
“के मरणशील मानिस परमेश्वरभन्दा बढी धर्मी हुन्छ र? के मानिस आफूलाई बनाउनेभन्दा बढी शुद्ध हुन्छ?
18 ecce qui serviunt ei non sunt stabiles et in angelis suis repperit pravitatem
हेर्नुहोस्, परमेश्वरले आफ्ना सेवकहरूमाथि भरोसा गर्नुहुन्न भने, उहाँले आफ्ना स्वर्गदूतहरूलाई मूर्खताको दोष लगाउनुहुन्छ भने,
19 quanto magis hii qui habitant domos luteas qui terrenum habent fundamentum consumentur velut a tinea
माटोका घरहरूमा बस्नेहरूको बारेमा झन् यो कति साँचो हुन्छ? जसको जग धूलोमा छ, जो कीराभन्दा चाँडै कुल्चिमिल्ची पारिन्छन् ।
20 de mane usque ad vesperum succidentur et quia nullus intellegit in aeternum peribunt
बिहान र बेलुकीको बिचमा तिनीहरू नष्ट हुन्छन् । कसैको जानकारीविना नै तिनीहरू सदाको लागि नष्ट हुन्छन् ।
21 qui autem reliqui fuerint auferentur ex eis morientur et non in sapientia
के तिनीहरूका पालका डोरीहरू तिनीहरूकै बिचमा तानिएका छैनन् र? तिनीहरू मर्छन् । तिनीहरू बुद्धिविना मर्छन् ।