< Job 3 >

1 post haec aperuit Iob os suum et maledixit diei suo
यसपछि अय्यूबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई सरापे ।
2 et locutus est
तिनले भने,
3 pereat dies in qua natus sum et nox in qua dictum est conceptus est homo
“म जन्मेको दिन नष्‍ट होस्, त्‍यो रात जसले भन्‍यो, 'एउटा बालकको गर्भधारण भएको छ ।'
4 dies ille vertatur in tenebras non requirat eum Deus desuper et non inlustret lumine
त्यो दिन अन्धकार होस् । परमेश्‍वरले माथिबाट त्‍यसलाई याद नगरून्, न त यसमा घाम लागोस् ।
5 obscurent eum tenebrae et umbra mortis occupet eum caligo et involvatur amaritudine
अन्धकार र मृत्युको छायाले आफ्नो लागि यसलाई दाबी गरून् । यसमाथि बादल लागोस् । दिनलाई अँध्यारो बनाउने हरेक कुराले यसलाई साँच्‍चै त्रसित पारोस् ।
6 noctem illam tenebrosus turbo possideat non conputetur in diebus anni nec numeretur in mensibus
निस्पट्ट अँध्यारोले त्यो रातलाई समातोस् । वर्षका दिनहरूका बिचमा यो नरमाओस् । महिनाहरूको गन्तीमा यसको गणना नहोस् ।
7 sit nox illa solitaria nec laude digna
हेर, त्यो रात बाँझो होस् । यसमा कुनै हर्षको सोर नआओस् ।
8 maledicant ei qui maledicunt diei qui parati sunt suscitare Leviathan
लिव्यातन्‌लाई कसरी ब्युँझाउने भनी जानेकाहरूले, त्यस दिनलाई सराप दिऊन् ।
9 obtenebrentur stellae caligine eius expectet lucem et non videat nec ortum surgentis aurorae
त्यो दिनको बिहानका ताराहरू अँध्यारो होऊन् । त्यो दिनले ज्योति खोजोस्, तर नपाओस्, न त यसले मिरमरेको प्रथम किरणलाई देख्‍न पाओस् ।
10 quia non conclusit ostia ventris qui portavit me nec abstulit mala ab oculis meis
किनभने यसले मेरी आमाको गर्भको ढोकालाई थुनेन, र किनभने यसले मेरा आँखाबाट कष्‍टलाई लुकाएन ।
11 quare non in vulva mortuus sum egressus ex utero non statim perii
मेरी आमाको गर्भबाट बाहिर निस्कँदा म किन मरिनँ? मेरी आमाले मलाई जन्माउँदा मैले आफ्‍नो आत्मा किन त्यागिनँ?
12 quare exceptus genibus cur lactatus uberibus
उनका घुँडाहरूले मलाई किन स्वागत गरे? मैले दूध चुस्‍नलाई उनका स्तनहरूले मलाई किन स्वीकार गरे?
13 nunc enim dormiens silerem et somno meo requiescerem
किनकि अहिले म चुप लागेर बसिरहेको हुन्‍थें । म सुतेको हुन्‍थें, र विश्राममा हुन्‍थें,
14 cum regibus et consulibus terrae qui aedificant sibi solitudines
पृथ्वीका राजाहरू र सल्लाहकारहरूका साथमा, जसले आफ्नै लागि चिहानहरू बनाए, जुन अहिले ध्‍वस्‍त छन् ।
15 aut cum principibus qui possident aurum et replent domos suas argento
अर्थात् ती राजकुमारहरूसित म सुतिरहेको हुन्‍थें, जससित कुनै बेला सुन थियो, जसले आफ्ना घरहरूलाई चाँदीले भरेका थिए ।
16 aut sicut abortivum absconditum non subsisterem vel qui concepti non viderunt lucem
अर्थात् सायद म तुहेर जन्‍मने थिएँ, कदापि उज्‍यालो नदेख्‍ने शिशुहरूझैं हुन्‍थें ।
17 ibi impii cessaverunt a tumultu et ibi requieverunt fessi robore
त्यहाँ दुष्‍टको अत्‍याचार सकिन्‍छ । त्यहाँ थाकितहरूले विश्राममा लिन्छन् ।
18 et quondam vincti pariter sine molestia non audierunt vocem exactoris
त्यहाँ कैदीहरू सँगसँगै चैनमा हुन्छन् । तिनीहरूले कमाराको नाइकेको सोर सुन्‍नुपर्दैन ।
19 parvus et magnus ibi sunt et servus liber a domino suo
त्यहाँ साना र ठुला दुवै थरिका मानिसहरू छन् । नोकर आफ्नो मालिकबाट स्‍वतन्‍त्र हुन्छ ।
20 quare data est misero lux et vita his qui in amaritudine animae sunt
दुःखमा हुनेलाई किन ज्योति दिइन्छ? मनमा तितो हुनेलाई किन जीवन दिइन्छ?
21 qui expectant mortem et non venit quasi effodientes thesaurum
जसले मृत्यु नै नआई त्‍यसको प्रतीक्षा गर्छ, जसले गाड्धनभन्‍दा धेरै मृत्यको लागि खाडल खन्‍छ ।
22 gaudentque vehementer cum invenerint sepulchrum
जसले चिहान फेला पार्दा ज्यादै रमाउँछ र खुसी हुन्छ, त्‍यसलाई ज्योति किन दिइन्छ?
23 viro cuius abscondita est via et circumdedit eum Deus tenebris
जसको मार्ग लुकाइएको छ, र जुन मानिसलाई परमेश्‍वरले छेक्‍नुभएको छ, त्यस मानिसलाई ज्योति किन दिइन्छ?
24 antequam comedam suspiro et quasi inundantes aquae sic rugitus meus
किनकि मैले खानुको साटो सुस्केरा हाल्छु । मेरो वेदनाको सोर पानीझैं पोखिन्छ ।
25 quia timor quem timebam evenit mihi et quod verebar accidit
जुन कुरोदेखि म डराउँथेँ, त्यही मकहाँ आएको छ । म जेदेखि भयभीत हुन्थेँ, त्यही मकहाँ आएको छ ।
26 nonne dissimulavi nonne silui nonne quievi et venit super me indignatio
म चैनमा छैनँ, म मौन छैनँ, र मलाई विश्राम छैन । बरु सङ्कष्‍ट आउँछ ।”

< Job 3 >