< Job 23 >
1 respondens autem Iob dixit
तब अय्यूबले जवाफ दिए र यसो भने,
2 nunc quoque in amaritudine est sermo meus et manus plagae meae adgravata est super gemitum meum
“आज पनि मेरो गुनासो तितो छ । मेरो क्रन्दनको कारणले मेरो हात गह्रौं भएको छ ।
3 quis mihi tribuat ut cognoscam et inveniam illum et veniam usque ad solium eius
ओहो, उहाँलाई मैले कहाँ भेट्न सक्छु भनी मैले जानेको भए! ओहो, म उहाँको बासस्थानमा गएको भए!
4 ponam coram eo iudicium et os meum replebo increpationibus
उहाँको सामु म आफ्नो मुद्दालाई क्रमैसित राख्नेथिएँ, अनि मेरो मुखलाई तर्कले भर्नेथिएँ ।
5 ut sciam verba quae mihi respondeat et intellegam quid loquatur mihi
उहाँले मलाई जवाफ दिएर भन्नुहुने वचनहरू म सिक्नेथिएँ, र उहाँले मलाई भन्नुहुने कुरा बुझ्नेथिएँ ।
6 nolo multa fortitudine contendat mecum nec magnitudinis suae mole me premat
उहाँले आफ्नो शक्तिको महान्तामा मेरो विरुद्धमा तर्क गर्नुहुन्छ? अहँ, बरु उहाँले मेरो कुरामा ध्यान दिनुहुन्छ ।
7 proponat aequitatem contra me et perveniat ad victoriam iudicium meum
त्यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्थ्यो ।
8 si ad orientem iero non apparet si ad occidentem non intellegam eum
हेर्नुहोस्, म पूर्वतिर जान्छु, उहाँ त्यहाँ हुनुहुन्न, अनि पश्चिमतिर जान्छु, तर म उहाँलाई भेट्न सक्दिन ।
9 si ad sinistram quid agat non adprehendam eum si me vertam ad dextram non videbo illum
उत्तरमा, जहाँ उहाँले काम गर्दै हुनुहुन्छ, तर म उहाँलाई देख्न सक्दिनँ, र दक्षिणमा जहाँ उहाँले आफैलाई लुकाउनुहुन्छ, जसले गर्दा म उहाँलाई देख्न सक्दिनँ ।
10 ipse vero scit viam meam et probavit me quasi aurum quod per ignem transit
तर म हिंड्ने बाटो उहाँलाई थाहा छ । जब उहाँले मलाई जाँच्नुहुन्छ, तब म खारिएको सुनझैं हुनेछु ।
11 vestigia eius secutus est pes meus viam eius custodivi et non declinavi ex ea
मेरो खुट्टाले उहाँका पाइला पक्का गरी पछ्याएको छ । म उहाँको मार्गमा हिंडेको छु, र यताउता फर्केको छैनँ ।
12 a mandatis labiorum eius non recessi et in sinu meo abscondi verba oris eius
उहाँको मुखबाट निस्केको आज्ञाबाट म फर्केको छैनँ । मेरो खानाको भागभन्दा बढी मैले उहाँको मुखका वचनहरूलाई सञ्चय गरेको छु ।
13 ipse enim solus est et nemo avertere potest cogitationem eius et anima eius quodcumque voluerit hoc facit
तर उहाँ बेग्लै किसिमको हुनुहुन्छ, कसले उहाँलाई फर्काउन सक्छ र? उहाँले जे इच्छा गर्नुहुन्छ, सो गर्नुहुन्छ ।
14 cum expleverit in me voluntatem suam et alia multa similia praesto sunt ei
किनकि मेरो विरुद्धमा भएको उहाँको आदेशलाई उहाँले पूरा गर्नुहुन्छ । त्यस्ता कुराहरू त्यहाँ धेरै छन् ।
15 et idcirco a facie eius turbatus sum et considerans eum timore sollicitor
त्यसकारण, म उहाँको उपस्थितिमा त्रसित भएको छु । मैले उहाँको बारेमा विचार गर्दा म भयभीत हुन्छु ।
16 Deus mollivit cor meum et Omnipotens conturbavit me
किनकि परमेश्वरले मेरो हृदय कमजोर पार्नुभएको छ । सर्वशक्तिमान्ले मलाई त्रसित पार्नुभएको छ ।
17 non enim perii propter inminentes tenebras nec faciem meam operuit caligo
अन्धकारले, मेरो अनुहारको उदासीलाई ढाक्ने निस्पट्ट अन्धकारको कारणले, मेरो अन्त्य भएको छैन ।