< Job 21 >
1 respondens autem Iob dixit
तब अय्यूबले जवाफ दिए र भने,
2 audite quaeso sermones meos et agetis paenitentiam
“मेरा वचनलाई ध्यान दिएर सुन्नुहोस्, र यो तपाईंहरूले मलाई दिने सान्त्वना होस् ।
3 sustinete me ut et ego loquar et post mea si videbitur verba ridete
मलाई सुन्नुहोस्, र म पनि बोल्नेछु । मैले बोलेर सकेपछि निरन्तर गिल्ला गर्नुहोस् ।
4 numquid contra hominem disputatio mea est ut merito non debeam contristari
मेरो बारेमा, के मैले मानिसलाई गुनासो गरेको हो र? म किन अधैर्य नहुनू?
5 adtendite me et obstupescite et superponite digitum ori vestro
मलाई हेर्नुहोस् र छक्क पर्नुहोस्, र आफ्नो हातले आफ्नो मुख छुनुहोस् ।
6 et ego quando recordatus fuero pertimesco et concutit carnem meam tremor
मैले आफ्नो दुःखको बारेमा सोच्दा म त्रसित हुन्छु, र थरथरीले मेरो शरीरलाई नै समाउँछ ।
7 quare ergo impii vivunt sublevati sunt confortatique divitiis
दुष्ट मानिसहरू किन निरन्तर बाँच्छन्, बुढा हुन्छन् र सामर्थ्यमा शक्तिशाली हुन्छन्?
8 semen eorum permanet coram eis propinquorum turba et nepotum in conspectu eorum
तिनीहरूका सन्तानहरू तिनीहरूकै आँखाको सामु स्थापित हुन्छन्, र तिनीहरूका छोराछोरी तिनीहरूकै आँखाको सामु स्थापित हुन्छन् ।
9 domus eorum securae sunt et pacatae et non est virga Dei super illos
तिनीहरूका घरहरू डरबाट सुरक्षित हुन्छन् । न त परमेश्वरको छडी नै तिनीहरूमाथि परेको हुन्छ ।
10 bos eorum concepit et non abortit vacca peperit et non est privata fetu suo
तिनीहरूका बहर मिसिन्छन् । त्यसो गर्न चुक्दैनन् । तिनीहरूको गाई बियाउँछ, र तुहिंदैन ।
11 egrediuntur quasi greges parvuli eorum et infantes eorum exultant lusibus
तिनीहरूले आफ्ना केटाकेटीलाई बगालझैं बाहिर पठाउँछन्, र तिनीहरूका छोराछोरी नाच्छन् ।
12 tenent tympanum et citharam et gaudent ad sonitum organi
तिनीहरूले खैँजडी र वीणाको धुनमा गाउँछन्, र बाँसुरीको सङ्गीतमा रमाउँछन् ।
13 ducunt in bonis dies suos et in puncto ad inferna descendunt (Sheol )
तिनीहरूले आफ्नो समय समृद्धिमा बिताउँछन्, र तिनीहरू शान्त बएर तल चिहानमा जान्छन् । (Sheol )
14 qui dixerunt Deo recede a nobis et scientiam viarum tuarum nolumus
तिनीहरूले परमेश्वरलाई भन्छन्, 'हामीबाट जानुहोस्, किनकि तपाईंका मार्गहरूका कुनै ज्ञान हामी चाहँदैनौं ।
15 quid est Omnipotens ut serviamus ei et quid nobis prodest si oraverimus illum
सर्वशक्तिमान् को हो र हामीले उहाँको आराधना गर्नू? हामीले उहाँमा प्रार्थना चढायौं भने हामीले के लाभ पाउँछौं र?'
16 verumtamen quia non sunt in manu eorum bona sua consilium impiorum longe sit a me
हेर्नुहोस्, तिनीहरूको समृद्धि तिनीहरूका आफ्नै हातमा छैन र? दुष्ट मानिसहरूको सल्लाहमा मेरो कुनै सरोकार छैन ।
17 quotiens lucerna impiorum extinguetur et superveniet eis inundatio et dolores dividet furoris sui
कतिपल्ट दुष्ट मानिसहरूको बत्ती निभाइन्छ, अथवा तिनीहरूका विपत्ति तिनीहरूमाथि नै आउँछ? परमेश्वरले आफ्नो क्रोधमा तिनीहरूलाई कतिपल्ट दुःख पठाउनुहुन्छ?
18 erunt sicut paleae ante faciem venti et sicut favilla quam turbo dispergit
कतिपल्ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन्?
19 Deus servabit filiis illius dolorem patris et cum reddiderit tunc sciet
तपाईंहरू भन्नुहुन्छ, 'मानिसको दोषको दण्ड परमेश्वरले उसका छोराछोरीलाई दिनुहुन्छ ।' त्यो उसैले भोग्नुपरोस्, जसले गर्दा उसले आफ्नो दोष थाहा पाओस् ।
20 videbunt oculi eius interfectionem suam et de furore Omnipotentis bibet
उसका आँखाले उसको आफ्नो विनाश देखून्, र सर्वशक्तिमान्को क्रोध उसले पिउनुपरोस् ।
21 quid enim ad eum pertinet de domo sua post se et si numerus mensuum eius dimidietur
किनकि उसको आफ्नै आयु सकिएपछि, उसले आफ्नो परिवारको के वास्ता गर्छ र?
22 numquid Deum quispiam docebit scientiam qui excelsos iudicat
परमेश्वरले त उच्चमा हुनेहरूको पनि न्याय गर्नुहुन्छ, तब के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ र?
23 iste moritur robustus et sanus dives et felix
एक जना मानिस पूरा बलियो अवस्थामा, बिलकुल शान्ति र चैनमा मर्छ ।
24 viscera eius plena sunt adipe et medullis ossa illius inrigantur
उसको शरीर ह्रष्टपुष्ट हुन्छ, र उसको हड्डीहरूको मासी ताजा हुन्छ ।
25 alius vero moritur in amaritudine animae absque ullis opibus
अर्को मानिस मनको तिक्ततामा नै मर्छ, जसले कुनै असल कुराको अनुभव कदापि गरेको छैन ।
26 et tamen simul in pulverem dormient et vermes operient eos
तिनीहरू समान रूपमा धूलोमा पल्टिन्छन् । तिनीहरू दुवैलाई किराहरूले ढाक्छन् ।
27 certe novi cogitationes vestras et sententias contra me iniquas
हेर्नुहोस्, तपाईंहरूका विचार, अनि मेरो कुभलो गर्ने तपाईंहरूका मार्गहरू म जान्दछु ।
28 dicitis enim ubi est domus principis et ubi tabernacula impiorum
किनकि तपाईंहरू भन्नुहुन्छ, 'अहिले त्यो राजकुमारको घर कहाँ छ? दुष्ट मानिस कुनै समयमा बस्ने गरेको पाल कहाँ छ?'
29 interrogate quemlibet de viatoribus et haec eadem eum intellegere cognoscetis
यात्रा गर्ने मानिसहरूलाई तपाईंहरूले कहिल्यै सोध्नुभएको छैन? तिनीहरूले भन्ने प्रमाण तपाईंहरूलाई थाहा छैन,
30 quia in diem perditionis servabitur malus et ad diem furoris ducitur
कि दुष्ट मानिस विपत्तिको दिनमा जोगिन्छ, र क्रोधको दिनमा उसलाई कतै सारेर जोगाइन्छ?
31 quis arguet coram eo viam eius et quae fecit quis reddet illi
दुष्ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ र? उसको गरेको कामको बदला कसले लिन सक्छ र?
32 ipse ad sepulchra ducetur et in congerie mortuorum vigilabit
तापनि उसलाई चिहानमा लगिनेछ । मानिसहरूले उसको चिहानको रेखदेख गर्नेछन् ।
33 dulcis fuit glareis Cocyti et post se omnem hominem trahet et ante se innumerabiles
मैदानको माटोका डल्ला उसलाई गुलियो हुनेछ । अनगिन्ती मानिस उसको अगि-अगि हुनाले, सबै मानिस उसको पछिपछि जानेछन् ।
34 quomodo igitur consolamini me frustra cum responsio vestra repugnare ostensa sit veritati
तपाईंहरूका व्यर्थका कुराले मलाई कसरी सान्त्वना दिन्छ, किनकि तपाईंहरूको जवाफमा झुटबाहेक केही छैन?”