< Job 19 >
1 respondens autem Iob dixit
तब अय्यूबले जवाफ दिए र भने,
2 usquequo adfligitis animam meam et adteritis me sermonibus
“कहिलेसम्म तपाईंहरूले मलाई दुःख दिनुहुन्छ, र वचनले मलाई टुक्राटुक्रा पार्नुहुन्छ?
3 en decies confunditis me et non erubescitis opprimentes me
यी दस पटक तपाईंहरूले मेरो अपमान गर्नुभएको छ । तपाईंहरूले मलाई कठोरतापूर्वक व्यवहार गरे पनि तपाईंहरू लाज मान्नुहुन्न ।
4 nempe et si ignoravi mecum erit ignorantia mea
मैले गल्ती गरेको कुरा वास्तवमा साँचो हो भने, मेरो गल्ती मेरो आफ्नै सरोकारको कुरो हो ।
5 at vos contra me erigimini et arguitis me obprobriis meis
तपाईंहरूले आफूलाई मभन्दा माथि उचाल्नुहुन्छ, र मेरो तुच्छता मेरै विरुद्धमा प्रयोग गर्नुहुन्छ भने,
6 saltim nunc intellegite quia Deus non aequo iudicio adflixerit me et flagellis suis me cinxerit
तब तपाईंहरूले जान्नुपर्छ, परमेश्वरले मेरो हानि गर्नुभएको र मलाई आफ्नो पासोमा पार्नुभएको छ।
7 ecce clamabo vim patiens et nemo audiet vociferabor et non est qui iudicet
हेर्नुहोस्, “हिंसा” भनेर म कराउँछु, तर मैले जवाफ पाउँदिन । मदतको लागि म पुकार्छु, तर त्यहाँ निष्पक्ष व्यवहार हुँदैन ।
8 semitam meam circumsepsit et transire non possum et in calle meo tenebras posuit
मेरो बाटोमा उहाँले पर्खाल लगाउनुभएको छ, यसैले म जान सक्दिनँ, अनि उहाँले मेरो मार्गमा अन्धकार राख्नुभएको छ ।
9 spoliavit me gloria mea et abstulit coronam de capite meo
उहाँले मेरो महिमा हटाउनुभएको छ, र उहाँले मेरो शिरको मुकुट हटाउनुभएको छ ।
10 destruxit me undique et pereo et quasi evulsae arbori abstulit spem meam
उहाँले मलाई चारैतिरबाट चूर पार्नुभएको छ, र लोप हुन्छ, उहाँले मेरो आशा रूखलाई झैं उखेल्नुभएको छ ।
11 iratus est contra me furor eius et sic me habuit quasi hostem suum
उहाँले मेरो विरुद्धमा आफ्नो क्रोध पनि दन्काउनुभएको छ । उहाँले मलाई आफ्ना शत्रुहरूमध्ये एक ठान्नुहुन्छ ।
12 simul venerunt latrones eius et fecerunt sibi viam per me et obsederunt in gyro tabernaculum meum
उहाँका फौजहरू सँगसँगै आउँछन् । तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन्, र मेरो पालको चारैतिर छाउनी हाल्छन् ।
13 fratres meos longe fecit a me et noti mei quasi alieni recesserunt a me
उहाँले मेरा दाजुभाइलाई मबाट टाढा राख्नुभएको छ । मैले चिनजानकाहरू मबाट बिलकुल अलग रहन्छन् ।
14 dereliquerunt me propinqui mei et qui me noverant obliti sunt mei
मेरा आफन्तहरू मबाट पछि हटेका छन् । मेरो घनिष्ठ मित्रहरूले मलाई बिर्सेका छन् ।
15 inquilini domus meae et ancillae meae sicut alienum habuerunt me et quasi peregrinus fui in oculis eorum
मेरो घरमा कुनै बेला पाहुना भएर रहेकाहरू र दासीहरूले मलाई बिरोनो ठान्छन् । तिनीहरूको दृष्टिमा म अनौठो भएको छु ।
16 servum meum vocavi et non respondit ore proprio deprecabar illum
म आफ्नो सेवकलाई बोलाउँछु, तर उसले मलाई जवाफ दिंदैन । मैले आफ्नै मुखले त्यसलाई बिन्ती गर्छु ।
17 halitum meum exhorruit uxor mea et orabam filios uteri mei
मेरो सास मेरी पत्नीलाई दुर्गन्धित लाग्छ । मेरै आमाको गर्भबाट जन्मेकाहरूले पनि मलाई घृणा गर्छन् ।
18 stulti quoque despiciebant me et cum ab eis recessissem detrahebant mihi
सा-साना केटाकेटीले पनि मलाई तिरस्कार गर्छन् । म बोल्नलाई उठ्दा तिनीहरू मेरो विरुद्धमा बोल्छन् ।
19 abominati sunt me quondam consiliarii mei et quem maxime diligebam aversatus est me
मेरा सबै परिचित मित्रहरूले मलाई घृणा गर्छन् । मैले प्रेम गरेकाहरू मेरो विरुद्धमा लागेका छन् ।
20 pelli meae consumptis carnibus adhesit os meum et derelicta sunt tantummodo labia circa dentes meos
मेरा हड्डीहरू मेरो छाला र मासुमा टाँसिन्छन् । म आफ्ना दाँतको छालाले मात्र बाँचेको छु ।
21 miseremini mei miseremini mei saltim vos amici mei quia manus Domini tetigit me
मलाई दया गर्नुहोस्, हे मेरा मित्रहरू हो, मलाई दया गर्नुहोस्, किनकि परमेश्वरको हातले मलाई छोएको छ ।
22 quare persequimini me sicut Deus et carnibus meis saturamini
परमेश्वरले झैं तपाईंहरू किन मेरो खेदो गर्नुहुन्छ? मेरो शरीरले तपाईंहरूलाई कहिल्यै सन्तुष्ट पार्छ र?
23 quis mihi tribuat ut scribantur sermones mei quis mihi det ut exarentur in libro
ओहो, मेरो वचनहरू यति बेला लेखिए त! ओहो, ती एउटा पुस्तकमा लेखिए त!
24 stilo ferreo et plumbi lammina vel certe sculpantur in silice
ओहो, फलामको कलम र छिनोले, सदाको लागि ती चट्टानमा खोपे त!
25 scio enim quod redemptor meus vivat et in novissimo de terra surrecturus sim
तर मेरो बारेमा, मेरा उद्धारक जिउँदो हुनुहुन्छ, र अन्त्यमा उहाँ पृथ्वीमा खडा रहनुहुनेछ ।
26 et rursum circumdabor pelle mea et in carne mea videbo Deum
मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्वरलाई देख्नेछु ।
27 quem visurus sum ego ipse et oculi mei conspecturi sunt et non alius reposita est haec spes mea in sinu meo
मेरा आफ्नै आँखाले— अरू कसैको होइन म आफैंले उहाँलाई देख्नेछु । मेरो हृदय मभित्रै विह्वल बन्छ ।
28 quare ergo nunc dicitis persequamur eum et radicem verbi inveniamus contra eum
तपाईंहरूले यसो भन्नुहुन्छ भने, 'हामी उसलाई कसरी सताउँ! उसको सङ्कष्टको जड ऊ आफै हो,'
29 fugite ergo a facie gladii quoniam ultor iniquitatum gladius est et scitote esse iudicium
तब तरवारदेखि डराउनुहोस्, किनकि क्रोधले तरवारको दण्ड ल्याउँछ, यसरी न्याय हुन्छ भनी तपाईंहरूले जान्नुहुनेछ ।”