< Jeremiæ 1 >
1 verba Hieremiae filii Helciae de sacerdotibus qui fuerunt in Anathoth in terra Beniamin
बेन्यामीनी प्रान्तको अनातोतमा बस्ने हिल्कियाह, जो पुजारीहरूमध्ये एक थिए; तिनका छोरा यर्मियाका वचनहरू यिनै हुन्।
2 quod factum est verbum Domini ad eum in diebus Iosiae filii Amon regis Iuda in tertiodecimo anno regni eius
यहूदाका राजा आमोनका छोरा योशियाहको शासनको तेह्रौँ वर्षमा याहवेहको वचन तिनीकहाँ आयो।
3 et factum est in diebus Ioachim filii Iosiae regis Iuda usque ad consummationem undecimi anni Sedeciae filii Iosiae regis Iuda usque ad transmigrationem Hierusalem in mense quinto
यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालदेखि योशियाहका अर्का छोरा सिदकियाहको एघारौँ वर्षको पाँचौँ महिनासम्म, अर्थात् यरूशलेमका मानिसहरू कैदमा लगिएको समयसम्म आइरह्यो।
4 et factum est verbum Domini ad me dicens
याहवेहको वचन मकहाँ आयो,
5 priusquam te formarem in utero novi te et antequam exires de vulva sanctificavi te prophetam gentibus dedi te
“मैले तँलाई गर्भमा सृष्टि गर्नुभन्दा अगि नै तँलाई चिनिसकेको थिएँ; तँ जन्मनुभन्दा अगि नै मैले तँलाई अलग गरेँ; अनि मैले तँलाई जातिहरूका निम्ति अगमवक्ताको रूपमा नियुक्त गरेँ।”
6 et dixi a a a Domine Deus ecce nescio loqui quia puer ego sum
तब मैले भनेँ, “हे प्रभु याहवेह, म बोल्न जान्दिनँ; किनभने म त बालकै छु।”
7 et dixit Dominus ad me noli dicere puer sum quoniam ad omnia quae mittam te ibis et universa quaecumque mandavero tibi loqueris
तर याहवेहले मलाई भन्नुभयो, “म बालकै छु भनी नभन्। मैले तँलाई पठाएका सबै मानिसहरूकहाँ तँ जानैपर्छ र मैले तँलाई जे-जे आज्ञा गर्छु, त्यो तैँले भन्नैपर्छ।
8 ne timeas a facie eorum quia tecum ego sum ut eruam te dicit Dominus
तिनीहरूसित नडरा, किनकि म तँसित छु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
9 et misit Dominus manum suam et tetigit os meum et dixit Dominus ad me ecce dedi verba mea in ore tuo
त्यसपछि याहवेहले आफ्नो हात पसारेर मेरो मुख छुनुभयो र मलाई भन्नुभयो, “मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु।
10 ecce constitui te hodie super gentes et super regna ut evellas et destruas et disperdas et dissipes et aedifices et plantes
हेर्, उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्न भनी आज म तँलाई राष्ट्रहरू र राज्यहरूमाथि नियुक्त गर्दछु।”
11 et factum est verbum Domini ad me dicens quid tu vides Hieremia et dixi virgam vigilantem ego video
याहवेहको यो वचन मकहाँ आयो: “यर्मिया तँ के देख्दैछस्?” मैले जवाफ दिएँ, “म हाडे-बदामका रूखको एउटा हाँगा देख्दैछु।”
12 et dixit Dominus ad me bene vidisti quia vigilabo ego super verbo meo ut faciam illud
याहवेहले मलाई भन्नुभयो, “तैँले ठिक देखेको छस्; किनकि म आफ्नो वचन पूरा भएको देख्दैछु।”
13 et factum est verbum Domini secundo ad me dicens quid tu vides et dixi ollam succensam ego video et faciem eius a facie aquilonis
याहवेहको वचन फेरि मकहाँ आयो: “तँ के देख्दैछस्?” तब मैले जवाफ दिएँ, “म एउटा उम्लिरहेको भाँडो देख्दैछु, जुन उत्तर दिशाबाट हामीतिर ढल्किरहेको छ।”
14 et dixit Dominus ad me ab aquilone pandetur malum super omnes habitatores terrae
याहवेहले मलाई भन्नुभयो, “यस देशमा बस्ने सबै मानिसहरूमाथि उत्तर दिशाबाट विपत्ति खन्याइनेछ।
15 quia ecce ego convocabo omnes cognationes regnorum aquilonis ait Dominus et venient et ponent unusquisque solium suum in introitu portarum Hierusalem et super omnes muros eius in circuitu et super universas urbes Iuda
म उत्तरी राज्यहरूका सबै जातिहरूलाई भेला गराउन लागेको छु,” याहवेह घोषणा गर्नुहुन्छ। “तिनीहरूका राजाहरू आउनेछन्, र यरूशलेमका मूलढोकाहरूको मुखमा तिनीहरूले आफ्ना सिंहासनहरू स्थापित गर्नेछन्; तिनीहरू त्यसका चारैतिरका पर्खालहरूको विरुद्धमा र यहूदाका सबै नगरहरूको विरुद्धमा आउनेछन्।
16 et loquar iudicia mea cum eis super omni malitia eorum qui dereliquerunt me et libaverunt diis alienis et adoraverunt opus manuum suarum
म आफ्ना जातिहरूमाथि आफ्नो न्यायको घोषणा गर्नेछु; किनकि तिनीहरूले मलाई त्यागेर दुष्टता गरेका छन्; अनि आफ्नै हातले बनाएका अरू देवी-देवताहरूका अगि धूप बालेर पूजा गरेका छन्।
17 tu ergo accinge lumbos tuos et surge et loquere ad eos omnia quae ego praecipio tibi ne formides a facie eorum nec enim timere te faciam vultum eorum
“यसकारण उठ्, र आफूलाई तयार गर्! मैले तँलाई आज्ञा गरेका सबै कुरा तिनीहरूलाई भन्। तिनीहरूसँग नडरा, नत्रता म तँलाई तिनीहरूको अगि भयभीत बनाउनेछु।
18 ego quippe dedi te hodie in civitatem munitam et in columnam ferream et in murum aereum super omnem terram regibus Iuda principibus eius et sacerdotibus et populo terrae
आज मैले तँलाई सम्पूर्ण देशको विरुद्धमा—यहूदाका राजाहरू, त्यसका हाकिमहरू, त्यसका पुजारीहरू र देशका मानिसहरूको विरुद्धमा खडा हुन फलामको खम्बा, काँसाको पर्खाल र एउटा बलियो किल्ला भएको सुरक्षित सहर बनाएको छु।
19 et bellabunt adversum te et non praevalebunt quia tecum ego sum ait Dominus ut liberem te
तिनीहरू तेरो विरुद्ध लडाइँ गर्नेछन्, तर तँलाई जित्न सक्नेछैनन्; किनकि म तँसित हुनेछु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।