< Isaiæ 53 >

1 quis credidit auditui nostro et brachium Domini cui revelatum est
हामीबाट तिनीहरूले सुनेका कुरा कसले विश्‍वास गरेको छ, र कसलाई परमप्रभुको बाहुली प्रकट गरिएको छ?
2 et ascendet sicut virgultum coram eo et sicut radix de terra sitienti non est species ei neque decor et vidimus eum et non erat aspectus et desideravimus eum
किनकि कलिलो बिरूवाजस्तै र सुख्‍खा जमिनबाट उम्रेको टुसाजस्तै ऊ परमप्रभुको सामु बढ्यो । उसमा हेर्नलायक आकर्षण वा ऐश्‍वर्य थिएन । हामीले उसलाई हेर्दा, हामीलाई आकर्षण गर्ने कुनै सुन्दरता थिएन ।
3 despectum et novissimum virorum virum dolorum et scientem infirmitatem et quasi absconditus vultus eius et despectus unde nec reputavimus eum
मानिसहरूद्वारा उसलाई घृणा र तिरस्‍कार गरियो । दुखको मानिस र कष्‍टसँग परिचित । त्‍यस्‍तो जसबाट मानिसहरूले आफ्‍ना अनुहार लुकाउँछन्, उसलाई घृणा गरियो । अनि हामीले उसलाई तुच्‍छ ठान्यौं ।
4 vere languores nostros ipse tulit et dolores nostros ipse portavit et nos putavimus eum quasi leprosum et percussum a Deo et humiliatum
तर निश्‍चय नै उसले हाम्रा रोगहरू बोकेको र हाम्रा कष्‍टहरू उठाएको छ । तापनि हामीले उसलाई परमेश्‍वरद्वारा दण्ड दिइएको, परमेश्‍वरद्वारा हिर्काइएको र कष्‍टमा परेको ठान्यौं ।
5 ipse autem vulneratus est propter iniquitates nostras adtritus est propter scelera nostra disciplina pacis nostrae super eum et livore eius sanati sumus
तर हाम्रा विद्रोहपूर्ण कामहरूका कारणले उसलाई घोचिएको थियो । हाम्रा पापहरूका कारणले उसलाई पेलिएको थियो । हाम्रो शान्तिको निम्ति उसमाथि दण्ड पर्‍यो र उसका घाउहरूले हामी निको भएका छौं ।
6 omnes nos quasi oves erravimus unusquisque in viam suam declinavit et Dominus posuit in eo iniquitatem omnium nostrum
हामी सबै बह्रालिएका भेडाहरूजस्ता छौं । हामी प्रत्‍येक आ-आफ्नै मार्गतिर लागेका छौं र परमप्रभुले हामी सबैको अधर्म उसमाथि राख्‍नुभएको छ ।
7 oblatus est quia ipse voluit et non aperuit os suum sicut ovis ad occisionem ducetur et quasi agnus coram tondente obmutescet et non aperiet os suum
उसलाई अत्याचार गरियो । तापनि उसले आफूलाई होच्याउँदा, उसले आफ्नो मुख खोलेन । जसरी मार्नलाई लगिएको थुमा र ऊन कत्रनेहरूका सामु भेडा चुपचाप बस्‍छ, त्‍यसरी उसले आफ्नो मुख खोलेन ।
8 de angustia et de iudicio sublatus est generationem eius quis enarrabit quia abscisus est de terra viventium propter scelus populi mei percussit eum
जबर्जस्ती र इन्साफद्वारा उसलाई दोषी ठहर गरियो । त्यस पुस्ताबाट कसले उसको बारेमा विचार गर्‍यो र? तर उसलाई जीविहरूको देशबाट अलग गरियो । मेरा मानिसहरूले अपराधहरू गरेका कारणले उसलाई दण्‍ड दिइयो ।
9 et dabit impios pro sepultura et divitem pro morte sua eo quod iniquitatem non fecerit neque dolus fuerit in ore eius
उसले कुनै हिंसा गरेका थिएन, न त उसको मुखमा कुनै छल नै थियो, तापनि अपराधीहरूसँगै तिनीहरूले उसको चिहान बनाए । उसको मृत्युमा एक जना धनी मानिस थियो ।
10 et Dominus voluit conterere eum in infirmitate si posuerit pro peccato animam suam videbit semen longevum et voluntas Domini in manu eius dirigetur
तापनि उसलाई धुलो पार्ने र उसलाई बिरामी पार्ने परमप्रभुकै इच्छा थियो । जब उसले आफ्नो जीवनलाई पापको निम्ति बलिदान बनाउँछन्, उसले आफ्ना सन्तानहरू देख्‍नेछ, उसले आफ्‍नो समय बढाउनेछ र उसैद्वारा परमप्रभुको उद्देश्य पुरा हुनेछ ।
11 pro eo quod laboravit anima eius videbit et saturabitur in scientia sua iustificabit ipse iustus servus meus multos et iniquitates eorum ipse portabit
उसको जीवनको कष्‍टपछि उसले ज्योति देख्‍नेछ र आफ्‍नो ज्ञानद्वारा सन्तुष्‍ट हुनेछ । मेरो धर्मिक सेवकले धेरै जनालाई निर्दोष ठहराउनेछ । उसले तिनीहरूको अधर्म बोक्‍नेछ ।
12 ideo dispertiam ei plurimos et fortium dividet spolia pro eo quod tradidit in morte animam suam et cum sceleratis reputatus est et ipse peccatum multorum tulit et pro transgressoribus rogavit
यसकारण म भीडहरूका माझमा उसको भाग उसैलाई दिनेछु, उसले धेरै जनासित लूटको माल बाँड्नेछ, किनभने उसले आफूलाई मृत्युमा हाल्यो र अपराधीहरूसँगै गनियो । उसले धेरै जनाको पाप बोक्यो र अपराधीहरूका निम्ति मध्‍यस्‍थ-बिन्ती गर्‍यो ।

< Isaiæ 53 >