< Isaiæ 46 >

1 conflatus est Bel contritus est Nabo facta sunt simulacra eorum bestiis et iumentis onera vestra gravi pondere usque ad lassitudinem
बेल झुक्छ, नेबो निहुरिन्छ । तिनीहरूका मूर्तिहरूलाई जनावरहरू र भारी बोक्‍ने पशुहरूले बोक्छन् । तिमीहरूले बोक्‍ने यी मूर्तीहरू थकित पशुहरूका निम्ति गह्रौँ बारी हुन्छन् ।
2 contabuerunt et contrita sunt simul non potuerunt salvare portantem et anima eorum in captivitatem ibit
तिनीहरू एकसाथ झुक्छन् र घुँडा टेक्छन् । तिनीहरूले मुर्तिहरूलाई छुटकारा दिन सक्दैनन् र तिनीहरू आफै कैदमा गएका छन् ।
3 audite me domus Iacob et omne residuum domus Israhel qui portamini a meo utero qui gestamini a mea vulva
ए याकूबको घराना, मेरो कुरा सुन्, ए इस्राएलका सबै बाँकी रहेकाहरू, जसलाई मैले तिमीहरूका जन्म हुनअगिदेखि अर्थात् गर्भदेखि नै बोकेको छु ।
4 usque ad senectam ego ipse et usque ad canos ego portabo ego feci et ego feram et ego portabo et salvabo
तिमीहरूका बुढेसकालमा पनि उही हुँ र तिमीहरूका कपाल फुल्‍ने बेलामा पनि म तिमीहरूलाई बोक्‍नेछु । मैले तँलाई बनाएँ र म नै तँलाई बोक्‍नेछु । म तँलाई बोक्‍नेछु र म तँलाई छुटकारा दिनेछु ।
5 cui adsimilastis me et adaequastis et conparastis me et fecistis similem
मलाई कोसँग तुलना गर्नेर्छस्? म कोजस्तो छु जस्तो लाग्छ ताकि हामीलाई तुलना गर्न सकियोस्?
6 qui confertis aurum de sacculo et argentum statera ponderatis conducentes aurificem ut faciat deum et procidunt et adorant
मानिहरूले झोलाबाट सुन खन्याउँछन् र चाँदीलाई तराजुमा जोख्‍नेछन् । तिनीहरूले सुनारलाई ज्याला लिन्छन् र त्‍यसबाट उसले एउटा देवता बनाउँछ । तिनीहरू त्‍यसको सामु घोप्टो पर्छन् र त्‍यसको पुजा गर्छन् ।
7 portant illud in umeris gestantes et ponentes in loco suo et stabit ac de loco suo non movebitur sed et cum clamaverint ad eum non audiet de tribulatione non salvabit eos
तिनीहरूले त्‍यसलाई आफ्‍नो काँधमा राख्छन् र त्‍यो बोक्छन् । तिनीहरूले त्‍यसलाई एक ठाउँमा राख्छन् र त्‍यो त्‍यहाँ खडा हुन्‍छ र त्‍यो हलचल गर्दैन । तिनीहरू त्‍यससँग पुकारा गर्छन्, तर त्‍यसले जवाफ दिन सक्दैन न कुनै व्‍यक्‍तिको कष्‍टबाट उसलाई छुटकारा दिन नै सक्छ ।
8 mementote istud et fundamini redite praevaricatores ad cor
ए विद्रोहीहरू, यी कुराहरूका बारेमा विचार गर । तिनलाई कदापि बेवास्त नगर ।
9 recordamini prioris saeculi quoniam ego sum Deus et non est ultra Deus nec est similis mei
पहिलेका कुराहरू अर्थात् विगतका समयहरूका बारेमा विचार गर, किनकि म परमेश्‍वर हुँ र त्‍यहाँ अरू कोही छैन । म परमेश्‍वर हुँ र मजस्तो अरू कोही छैन ।
10 adnuntians ab exordio novissimum et ab initio quae necdum facta sunt dicens consilium meum stabit et omnis voluntas mea fiet
सुरुदेखि नै म अन्तको बारेमा, अनि अझसम्‍म नघटेको कुराका बारेमा पहिलेदेखि नै म भन्‍न सक्‍छु । म भन्छु, “मेरो योजना पुरा हुनेछ र मलाई जस्‍तो इच्छा लाग्‍छ त्‍यस्‍तै म गर्नेछु ।”
11 vocans ab oriente avem et de terra longinqua virum voluntatis meae et locutus sum et adducam illud creavi et faciam illud
शिकारी चरालाई म पुर्वबाट बोलाउँछु, मैले रोजेको मानिसलाई म टाढा देशबाट बोलाउँछु । हो, मैले बोलेको छु । मैले यसलाई पुरा पनि गर्नेर्छु । मैले उद्देश्य राखेको छु, म त्‍यो पुरा गर्नेछु ।
12 audite me duro corde qui longe estis a iustitia
ए हठी मानिसहरू, मेरो कुरा सुन, जो ठिक कुरा गर्नबाट टाढै बस्‍छौ ।
13 prope feci iustitiam meam non elongabitur et salus mea non morabitur dabo in Sion salutem et Israheli gloriam meam
म आफ्‍नो धार्मिकता नजिक ल्याउँदैछु । त्‍यो टाढा छैन, र मेरो उद्धारले पर्खंदैन । अनि सियोनलाई मेरो उद्धार र इस्राएललाई मेरो सुन्‍दरता म दिनेछु ।

< Isaiæ 46 >