< Hebræos 1 >
1 multifariam et multis modis olim Deus loquens patribus in prophetis
प्राचीन कालमा परमेश्वर विभिन्न समयमा विभिन्न प्रकारले हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा बोल्नुभयो ।
2 novissime diebus istis locutus est nobis in Filio quem constituit heredem universorum per quem fecit et saecula (aiōn )
तर यी अन्तिम दिनहरूमा उहाँ हामीहरूसँग पुत्रद्वारा बोल्नुभएको छ, जो सबै कुराका निम्ति उत्तराधिकारी नियुक्त गरिनुभएको छ । परमेश्वरले उहाँद्वारा नै सबै कुरा पनि बनाउनुभयो । (aiōn )
3 qui cum sit splendor gloriae et figura substantiae eius portansque omnia verbo virtutis suae purgationem peccatorum faciens sedit ad dexteram Maiestatis in excelsis
उहाँ नै परमेश्वरलको स्वभावको सार र महिमाको चमक हुनुहुन्छ । आफ्नो शक्तिको वचनद्वारा उहाँले सबै कुरा सँगै पक्रिराख्नुभएको छ । उहाँले पापको शुद्धेइँ गर्नुपछि उहाँ उच्च सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
4 tanto melior angelis effectus quanto differentius prae illis nomen hereditavit
उहाँ स्वर्गदूतहरूभन्दा महान् हुनुहुन्छ, किनभने जुन नाउँ उहाँले प्राप्त गर्नुभएको छ, त्यो तिनीहरूलाई दिइएको नाउँभन्दा उत्तम छ ।
5 cui enim dixit aliquando angelorum Filius meus es tu ego hodie genui te et rursum ego ero illi in Patrem et ipse erit mihi in Filium
के परमेश्वरले स्वर्गदूतहरूमध्ये कसैलाई कहिल्यै यसो भन्नुभयो र? “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु?” र फेरि, “म उनका लागि पिता हुनेछु, र उनी मेरा लागि पुत्र हुनेछन्?”
6 et cum iterum introducit primogenitum in orbem terrae dicit et adorent eum omnes angeli Dei
फेरि, जब परमेश्वरले पहिले जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ भन्नुहुन्छ, “परमेश्वरका सबै स्वर्गदूतले उहाँलाई आराधना गर्नैपर्छ ।”
7 et ad angelos quidem dicit qui facit angelos suos spiritus et ministros suos flammam ignis
स्वर्गदूतहरूका विषयमा उहाँ यसो भन्नुहुन्छ, “उहाँ जसले आफ्ना दासहरूलाई आगोको ज्वाला र उहाँका स्वर्गदूतहरूलाई आत्माहरू बनाउनुहुन्छ ।”
8 ad Filium autem thronus tuus Deus in saeculum saeculi et virga aequitatis virga regni tui (aiōn )
तर पुत्रको विषयमा उहाँ यसो भन्नुहुन्छ, “हे परमेश्वर, तपाईंको सिंहासन सधैँभरि रहिरहने छ । तपाईंको राजदण्ड नै तपाईंको राज्यको न्यायको राजदण्ड हुनेछ । (aiōn )
9 dilexisti iustitiam et odisti iniquitatem propterea unxit te Deus Deus tuus oleo exultationis prae participibus tuis
तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र अधर्मलाई घृणा गर्नुहुन्छ । त्यसकारण, हे परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई आनन्दको तेलले अभिषेक गर्नुभएको छ र सहयोगी बनाउनुभएको छ ।”
10 et tu in principio Domine terram fundasti et opera manuum tuarum sunt caeli
“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् ।
11 ipsi peribunt tu autem permanebis et omnes ut vestimentum veterescent
तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ । तिनीहरू लगाइने कपडाका टुक्राझैँ झुत्रा हुनेछन् ।
12 et velut amictum involves eos et mutabuntur tu autem idem es et anni tui non deficient
तपाईंले तिनीहरूलाई लबेदाजस्तै बेर्नुहुनेछ, र तिनीहरू कपडाको टुक्राझैँ परिवर्तन हुनेछन् । तर तपाईं सधैँ उस्तै हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुँदैन ।”
13 ad quem autem angelorum dixit aliquando sede a dextris meis quoadusque ponam inimicos tuos scabillum pedum tuorum
तर कुनचाहिँ स्वर्गदूतलाई परमेश्वरले कहिल्यै यस्तो भन्नुभएको छ, “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ?”
14 nonne omnes sunt administratorii spiritus in ministerium missi propter eos qui hereditatem capient salutis
के सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूको वास्ता र सेवा गर्न पठाइएका आत्माहरू होइनन् र?