< Hebræos 6 >

1 quapropter intermittentes inchoationis Christi sermonem ad perfectionem feramur non rursum iacientes fundamentum paenitentiae ab operibus mortuis et fidei ad Deum
त्यसकारण, सुरुमा सिकेको ख्रीष्‍टको वचनलाई छोडेर हामी परिपक्‍वतातिर अगाडि बढौँ । परमेश्‍वरमा विश्‍वास र मरेका कामहरूबाट पश्‍चात्तापको जग बसाल्ने काम फेरि नगरौँ,
2 baptismatum doctrinae inpositionis quoque manuum ac resurrectionis mortuorum et iudicii aeterni (aiōnios g166)
न त बप्‍तिस्माबारे शिक्षाको जग, हात राख्‍ने काम, मरेका मानिसहरूको पुनरुत्थान, र अनन्त न्यायको जग बसालौँ । (aiōnios g166)
3 et hoc faciemus siquidem permiserit Deus
यदि परमेश्‍वरले अनुमति दिनुभयो भने हामीले पनि यो गर्नेछौँ ।
4 inpossibile est enim eos qui semel sunt inluminati gustaverunt etiam donum caeleste et participes sunt facti Spiritus Sancti
किनकि जसले एक चोटि ज्योति पाएर स्वर्गको वरदान चाखेका थिए, जो पवित्र आत्मामा सहभागी भएका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो ।
5 gustaverunt nihilominus bonum Dei verbum virtutesque saeculi venturi (aiōn g165)
र जसले परमेश्‍वरको असल वचन र आउने युगको शक्‍तिको स्वाद चाखेका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो । (aiōn g165)
6 et prolapsi sunt renovari rursus ad paenitentiam rursum crucifigentes sibimet ipsis Filium Dei et ostentui habentes
तर जो पतित भएको छ, तिनीहरूलाई फेरि पश्‍चात्तापमा ल्याउन असम्भव छ । किनकि तिनीहरूले फेरि आफ्नै निम्ति परमेश्‍वरका पुत्रलाई क्रुसमा टाँग्दछन्, र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्दछन् ।
7 terra enim saepe venientem super se bibens imbrem et generans herbam oportunam illis a quibus colitur accipit benedictionem a Deo
किनकि जमिनले आफूमाथि बर्सिने जुन पानी पिउँछ, जसमा बारम्बार पानी पर्छ र त्यसले जमिनमा काम गर्नेहरूका लागि उपयुक्त अन्‍न उत्पादन गर्दछ, त्यस जमिनले परमेश्‍वरबाट आशिष् प्राप्‍त गर्दछ ।
8 proferens autem spinas ac tribulos reproba est et maledicto proxima cuius consummatio in conbustionem
तर यदि त्यसले काँडा र सिउँडीहरू फलाउँछ भने, त्यो मूल्यहीन हुन्छ र यो श्रापको नजिक पुग्दछ, र अन्त्यमा त्यसलाई जलाइन्छ ।
9 confidimus autem de vobis dilectissimi meliora et viciniora saluti tametsi ita loquimur
हामीले यस प्रकारले बोले, तापनि प्रिय हो, हामीलाई तिमीहरूका असल थोकहरूले प्रभावित परेका छन्, र त्यो कुरा उद्धारको विषयमा हो ।
10 non enim iniustus Deus ut obliviscatur operis vestri et dilectionis quam ostendistis in nomine ipsius qui ministrastis sanctis et ministratis
किनकि तिमीहरूले उहाँको नाउँका खातिर देखाएको काम र प्रेमलाई बिर्सेने परमेश्‍वर अधर्मी हुनुहुन्‍न, किनभने तिमीहरूले विश्‍वासीहरूको सेवा गरेका थियौ र अझै पनि तिनीहरूको सेवा गर्दै छौ ।
11 cupimus autem unumquemque vestrum eandem ostentare sollicitudinem ad expletionem spei usque in finem
अनि हामी उत्कट इच्छा गर्दछौँ, कि तिमीहरू हरेकले अन्त्यसम्मै आफ्नो भरोसाका निम्ति त्यही पूर्ण निश्‍चयता देखाओ ।
12 ut non segnes efficiamini verum imitatores eorum qui fide et patientia hereditabunt promissiones
त्यसैले, तिमीहरू अल्छे नहोओ, तर विश्‍वास र धैर्यद्वारा प्रतिज्ञाहरूको हकदार हुनेहरूका देखासेखी गर्नेहरू होओ ।
13 Abrahae namque promittens Deus quoniam neminem habuit per quem iuraret maiorem iuravit per semet ipsum
किनकि परमेश्‍वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफैँले शपथ खानुभयो ।
14 dicens nisi benedicens benedicam te et multiplicans multiplicabo te
उहाँले भन्‍नुभयो, “निश्‍चय नै म तँलाई आशिष्‌‌ दिनेछु, र तँलाई ज्यादै वृद्धि गराउनेछु ।”
15 et sic longanimiter ferens adeptus est repromissionem
यसरी, अब्राहामले धैर्यसाथ पर्खे र जे प्रतिज्ञा गरिएको थियो, सो प्राप्‍त गरे ।
16 homines enim per maiorem sui iurant et omnis controversiae eorum finis ad confirmationem est iuramentum
किनकि मानिसहरूले आफूभन्दा ठुलाहरूद्वारा शपथ खान्छन्, र शपथले अन्त्यमा तिनीहरूको वादविवाद मिलाउन निश्‍चयता दिन्छ ।
17 in quo abundantius volens Deus ostendere pollicitationis heredibus inmobilitatem consilii sui interposuit iusiurandum
परमेश्‍वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्‍ट रूपले देखाउन निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै पक्‍का गर्नुभयो ।
18 ut per duas res inmobiles quibus inpossibile est mentiri Deum fortissimum solacium habeamus qui confugimus ad tenendam propositam spem
त्यसैले, यी दुईवटा अपरिवर्तनशील कुराद्वारा उहाँले यसो गर्नुभयो जसद्वारा परमेश्‍वरलाई झुट बोल्न असम्भव छ, ताकि हामी, जो शरणको लागि भाग्‍नेहरूले, हाम्रो अगाडि राखिदिएको निश्‍चयतालाई बलियो गरी समात्‍नलाई दह्रो उत्साह पाउन सकौँ ।
19 quam sicut anchoram habemus animae tutam ac firmam et incedentem usque in interiora velaminis
हामीसित हाम्रो आत्मा सुरक्षित र भरपर्दो निश्‍चयतामा गाडिएको छ, यस्तो निश्‍चयता जुन भित्रको पर्दाभित्र पनि पस्दछ ।
20 ubi praecursor pro nobis introiit Iesus secundum ordinem Melchisedech pontifex factus in aeternum (aiōn g165)
मल्कीसेदेकको दर्जाअनुसार उहाँ सधैँका निम्ति प्रधान पुजारी हुनुभएकाले हाम्रा अग्रदूतको रूपमा येशू हामीभन्दा पहिले त्यस ठाउँमा गएर बसिसक्‍नुभएको छ । (aiōn g165)

< Hebræos 6 >