< Hiezechielis Prophetæ 17 >

1 et factum est verbum Domini ad me dicens
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 fili hominis propone enigma et narra parabolam ad domum Israhel
“ए मानिसको छोरो, इस्राएलका घरानालाई एउटा उखान भन् र एउटा दृष्‍टान्‍त प्रस्‍तुत गर् ।
3 et dices haec dicit Dominus Deus aquila grandis magnarum alarum longo membrorum ductu plena plumis et varietate venit ad Libanum et tulit medullam cedri
यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ठुला पखेटा र धैरै रङ्का लामा सुन्‍दर प्‍वाँखहरू भएको एउटा ठुलो चील उडेर लेबनानमा आयो, र देवदारुको टुप्‍पामा बस्‍यो ।
4 summitatem frondium eius avellit et transportavit eam in terram Chanaan in urbem negotiatorum posuit illam
त्‍यसले हाँगाहरूका टुप्‍पाहरू भाँच्‍यो र ती कनान देशमा लिएर गयो । त्‍यसले त्‍यो व्यापारीहरूका एउटा सहरमा रोप्‍यो ।
5 et tulit de semente terrae et posuit illud in terra pro semine ut firmaret radicem super aquas multas in superficie posuit illud
त्‍यसले देशको केही बिउ लग्‍यो र ती मलिलो जमिनमा रोप्‍यो । त्‍यसले बैंसको बोटजस्‍तै प्रशस्‍त पानी भएको ठाउँमा त्‍यो रोप्‍यो ।
6 cumque germinasset crevit in vineam latiorem humili statura respicientibus ramis eius ad eam et radices eius sub illa erunt facta est ergo vinea et fructificavit in palmites et emisit propagines
तब त्‍यो उम्‍य्रो र जमिनमा झुकेर फैलिएको दाखको बोटजस्‍तो भयो । त्‍यसका हाँगाहरू ऊतिर फर्किए र त्‍यसका जराहरूचाहिं भित्रै बढे । यसरी त्‍यो एउटा दाखको बटो भयो र त्‍यसका हाँगाहरू र मुनाहरू पलाए ।
7 et facta est aquila altera grandis magnis alis multisque plumis et ecce vinea ista quasi mittens radices suas ad eam palmites suos extendit ad illam ut inrigaret eam de areolis germinis sui
तर त्यहाँ ठुला पखेटा र धेरै प्‍वाखले भएको अर्को एउटा ठुलो चील थियो । हेर, त्‍यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्‍ना जराहरू त्‍यो चीलतिर फर्कायो र आफ्‍ना हाँगाहरू त्‍यही चीलतिर नै फैलायो, यसरी त्‍यसले पानी पाउन सकोस् ।
8 in terra bona super aquas multas plantata est ut faciat frondes et portet fructum et sit in vineam grandem
प्रशस्‍त पानीको छेउमा एउटा राम्रो जमिनमा त्‍यो लगाइएको थियो, जसले गर्दा एउटा शानदार दाखको बोट हुनलाई त्‍यसमा हाँगाहरू पलाओस्, फलहरू पलोस् ।’
9 dic haec dicit Dominus Deus ergone prosperabitur nonne radices eius evellet et fructum eius distringet et siccabit omnes palmites germinis eius et arescet et non in brachio grandi neque in populo multo ut evelleret eam radicitus
मानिसहरूलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः के त्‍यो सप्रला त? के त्‍यो जरैसमेत उखेलिंदैन र त्‍यसका फलहरू टिपिंदैनन्, र त्‍यो ओइलाउनेछैन र? त्‍यसलाई जरैसमेत उखेल्‍नलाई बलियो हात वा धेरै मानिसहरू आवश्‍यक हुनेछैन्‌ ।
10 ecce plantata est ergone prosperabitur nonne cum tetigerit eam ventus urens siccabitur et in areis germinis sui arescet
यसैले हेर्, त्‍यसलाई रोपेपछि के त्‍यो बढ्छ र? पूर्वीय बतासले त्‍यसलाई हानेपछि के त्‍यो ओइलाउँदैन र? त्‍यो उम्रेकै बगैंचाको जमिनमा त्यो पूर्ण रूपमा सुक्छ' ।”
11 et factum est verbum Domini ad me dicens
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
12 dic ad domum exasperantem nescitis quid ista significent dic ecce venit rex Babylonis Hierusalem et adsumet regem et principes eius et adducet eos ad semet ipsum in Babylonem
“विद्रोही घरानालाई भन्, 'यी कुराको अर्थ के हुन्‍छ भनी तिमीहरू जान्‍दैनौ? बेबिलोनको राजा यरूशलेममा आयो, र त्‍यसका राजा र शासकहरूलाई लियो र तिनीहरूलाई आफूसँग बेबिलोनमा लग्‍यो ।
13 et tollet de semine regni ferietque cum eo foedus et accipiet ab eo iusiurandum sed et fortes terrae tollet
तब त्‍यसले राजकीय वंशमध्‍येको एक जनालाई लियो, ऊसित एउटा करार गर्‍यो र उसलाई शपथले बाँध्यो । उसले देशका शक्तिशाली मानिसहरूलाई लग्‍यो,
14 ut sit regnum humile et non elevetur sed custodiat pactum eius et servet illud
यसरी त्‍यो राज्‍य निर्बल रहोस्‌ र फेरि खडा हुन नसकोस् । उसको करार पालन गरेर देश रहन सकोस्‌ ।
15 qui recedens ab eo misit nuntios ad Aegyptum ut daret sibi equos et populum multum numquid prosperabitur vel consequetur salutem qui fecit haec et qui dissolvit pactum numquid effugiet
तर मिश्रदेशबाट घोडाहरू र फौज झिकाउनलाई यरूशलेमका राजाले उसको विरुद्धमा विद्रोह गरेर मिश्रदेशमा आफ्‍ना राजदूतहरू पठायो । के त्‍यो सफल हुनेछ र? के यस्‍ता कुराहरू गर्ने मानिस उम्‍कन सक्‍छ र? करार भङ्ग गरेपछि पनि के त्‍यो उम्‍कन सक्‍छ र?
16 vivo ego dicit Dominus Deus quoniam in loco regis qui constituit eum regem cuius fecit irritum iuramentum et solvit pactum quod habebat cum eo in medio Babylonis morietur
जस्‍तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— उसलाई राजा बनाउने राजाको देशमा नै ऊ मर्नेछ, जुन राजाको शपथलाई उसले तुच्‍छ ठान्‍यो र जसको करारलाई उसले भङ्ग गर्‍यो । बेबिलोनको बिचमा ऊ मर्नेछ ।
17 et non in exercitu grandi neque in populo multo faciet contra eum Pharao proelium in iactu aggeris et in extructione vallorum ut interficiat animas multas
फारोले आफ्ना शक्तिशाली फौज र ठुलो दलको साथमा लडाइँमा उसलाई सहायता गर्नेछैन । त्‍यति बेला धेरै जना मानिसलाई नाश गर्न ठुला घेरा-मचान तयार गरिन्‍छन्‌ र घेरा हाल्‍नलाई पर्खालहरू बनाइन्‍छन्‌ ।
18 spreverat enim iuramentum ut solveret foedus et ecce dedit manum suam et cum omnia haec fecerit non effugiet
किनकि त्‍यो राजाले करार भङ्ग गरेर उसको शपथलाई अपमान गर्‍यो । हेर, उसले प्रतिज्ञा गर्नको निम्ति आफ्‍नो हात पसार्‍यो तापनि उसले यी कामहरू गर्‍यो । ऊ उम्कनेछैन ।
19 propterea haec dicit Dominus Deus vivo ego quoniam iuramentum quod sprevit et foedus quod praevaricatus est ponam in caput eius
यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जस्‍तो म जीवित छु, मेरो शपथलाई उसले अपमान गरेको र मेरो करारलाई उसले भङ्ग गरेको होइन र? त्यसैले उसको दण्ड म उसकै शिरमा खन्‍याइदिनेछु ।
20 et expandam super eum rete meum et conprehendetur sagena mea et adducam eum in Babylonem et iudicabo illum ibi in praevaricatione qua despexit me
म आफ्‍नो जाल त्‍यसमाथि फिंजाउनेछु र मेरो शिकारी जालमा ऊ पर्नेछ । तब म उसलाई बेबिलोनमा लानेछु, र उसले मलाई धोका दिंदा उसले मप्रति गरेको विद्रोहको निम्‍ति म उसको न्‍याय गर्नेछु ।
21 et omnes profugi eius cum universo agmine gladio cadent residui autem in omnem ventum dispergentur et scietis quia ego Dominus locutus sum
उसका शरणार्थी फौज सबै तरवारले मारिनेछन्, र बाँचेकाहरू चारैतिर तितरबितर हुनेछन्‌ । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् । यो हुनेछ भनी मैले घोषणा गरेको हुँ ।
22 haec dicit Dominus Deus et sumam ego de medulla cedri sublimis et ponam de vertice ramorum eius tenerum distringam et plantabo super montem excelsum et eminentem
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'यसैले त्‍यो देवदारुको सबैभन्‍दा टुप्‍पाको भाग म नै लिएर जानेछु, र म त्यसलाई त्यसका कोमल हाँगादेखि टाढा रोप्‍नेछु । त्यसलाई म भाँच्नेछु र त्यसलाई एउटा उच्‍च पर्वतमा रोप्‍नेछु ।
23 in monte sublimi Israhel plantabo illud et erumpet in germen et faciet fructum et erit in cedrum magnam et habitabunt sub eo omnes volucres universum volatile sub umbra frondium eius nidificabit
त्यसलाई इस्राएलको पर्वतहरूमा रोप्‍नेछु, ताकि त्‍यसमा हाँगाहरू पलाउनेछन् र फल फलाउनेछ, र त्‍यो एउटा सुन्‍दर देवदारु होस् ताकि पखेटा भएका हरेक चरा त्योमुनि बस्‍न सकोस् । त्यसका हाँगाहरूका छायामा तिनीहरूले गुँड लागाउन सकून् ।
24 et scient omnia ligna regionis quia ego Dominus humiliavi lignum sublime et exaltavi lignum humile et siccavi lignum viride et frondere feci lignum aridum ego Dominus locutus sum et feci
तब मैदानका सबै रूखले म नै परमप्रभु हुँ भनी जान्‍नेछन् । म अग्‍लो रूखलाई होचो बनाउनेछु, र होचो रूखलाई अल्‍गो बनाउनेछु । पानी पाएको रूखलाई म सुकाइदिन्छु र सुकेको रूखलाई म हरियो बनाउँछु । म परमप्रभु हुँ । मैले नै यो कुरा हुनेछ भनी घोषणा गरेको छु । अनि मैले यो गरेको छु ।

< Hiezechielis Prophetæ 17 >