< Ii Samuelis 1 >

1 factum est autem postquam mortuus est Saul ut David reverteretur a caede Amalech et maneret in Siceleg dies duos
शाऊलको मृत्युपछि अमालेकीहरूलाई जितेर दावीद फर्के, र तिनी सिक्लगमा दुई दिन बसे।
2 in die autem tertia apparuit homo veniens de castris Saul veste conscissa et pulvere aspersus caput et ut venit ad David cecidit super faciem suam et adoravit
तेस्रो दिन शाऊलको छाउनीबाट फाटेको लुगा लगाएको र टाउकोमा धुलो हालेको एक जना मानिस दावीदकहाँ आयो। जब त्यो दावीदकहाँ आयो, तब दावीदलाई सम्मान दिन भुइँमा घोप्टो परेर त्यसले दण्डवत् गर्‍यो।
3 dixitque ad eum David unde venis qui ait ad eum de castris Israhel fugi
दावीदले त्यसलाई सोधे, “तँ कहाँबाट आएको होस्?” त्यसले भन्यो, “म इस्राएलीहरूको छाउनीबाट उम्केर आएको हुँ।”
4 et dixit ad eum David quod est verbum quod factum est indica mihi qui ait fugit populus e proelio et multi corruentes e populo mortui sunt sed et Saul et Ionathan filius eius interierunt
दावीदले त्यसलाई फेरि सोधे, “त्यहाँ के भयो? मलाई भन्।” त्यसले भन्यो, “सेनाहरू लडाइँबाट भागे, र धेरै जना मारिए। अनि शाऊल र तिनका छोरा जोनाथन पनि मारिएका छन्।”
5 dixitque David ad adulescentem qui nuntiabat unde scis quia mortuus est Saul et Ionathan filius eius
तब तिनीकहाँ खबर ल्याउने त्यस जवान मानिसलाई दावीदले भने, “शाऊल र तिनका छोरा जोनाथन मारिएका छन् भनी तैँले कसरी जान्दछस्?”
6 ait adulescens qui narrabat ei casu veni in montem Gelboe et Saul incumbebat super hastam suam porro currus et equites adpropinquabant ei
त्यस जवान मानिसले भन्यो, “म संयोगवश गिल्बो डाँडामा पुगेको थिएँ। त्यहाँ शाऊल आफ्नो भालामाथि झुकेको मैले देखेँ। रथहरू र घोडसवारहरूले तिनलाई भेट्नै लागेका थिए।
7 et conversus post tergum suum vidensque me vocavit cui cum respondissem adsum
जब तिनले फर्केर हेरे, तब मलाई देखे, र मलाई बोलाए। मैले भनेँ, ‘हजुर, आज्ञा होस्, म केही गर्न सक्छु कि?’
8 dixit mihi quisnam es tu et aio ad eum Amalechites sum
“तिनले मलाई सोधे, ‘तँ को होस्?’ “मैले भनेँ, ‘म एक अमालेकी हुँ।’
9 et locutus est mihi sta super me et interfice me quoniam tenent me angustiae et adhuc tota anima in me est
“तब तिनले मलाई भने, ‘मेरो नजिक आइज, र मलाई मार्! म जीवितै छु, तर पनि मृत्युको मुखैमा पुगिसकेको छु।’
10 stansque super eum occidi illum sciebam enim quod vivere non poterat post ruinam et tuli diadema quod erat in capite eius et armillam de brachio illius et adtuli ad te dominum meum huc
“यसकारण म तिनको नजिकै गएर तिनलाई मारिदिएँ; किनकि तिनी भुइँमा लडेपछि बाँच्दैनन् भन्‍ने कुरा मलाई थाहा थियो। मैले तिनको शिरको मुकुट र तिनको पाखुरामा भएको बाला लिएँ, र ती मैले मेरा मालिककहाँ ल्याएको छु।”
11 adprehendens autem David vestimenta sua scidit omnesque viri qui erant cum eo
तब दावीद र तिनीसित भएका सबै मानिसहरूले तिनीसँगै तिनीहरूका लुगा च्याते।
12 et planxerunt et fleverunt et ieiunaverunt usque ad vesperam super Saul et super Ionathan filium eius et super populum Domini et super domum Israhel quod corruissent gladio
तिनीहरूले शाऊल र तिनका छोरा जोनाथन, र याहवेहका सेना र इस्राएलको घरानाको निम्ति साँझसम्म उपवास बसेर शोक मनाए; किनकि मानिसहरू तरवारद्वारा मारिएका थिए।
13 dixitque David ad iuvenem qui nuntiaverat ei unde es qui respondit filius hominis advenae amalechitae ego sum
दावीदले आफूकहाँ खबर ल्याउने त्यस जवान मानिसलाई भने, “तँ कहाँबाट आएको होस्?” त्यसले जवाफ दियो, “म परदेशीको छोरा, एक अमालेकी हुँ।”
14 et ait ad eum David quare non timuisti mittere manum tuam ut occideres christum Domini
तब दावीदले त्यसलाई सोधे, “याहवेहका अभिषिक्त जनलाई मार्न हात उठाउँदा तँलाई डर लागेन?”
15 vocansque David unum de pueris ait accedens inrue in eum qui percussit illum et mortuus est
तब दावीदले आफ्ना एक जना मानिसलाई बोलाएर भने, “जाऊ, गएर त्यसलाई मारिदेऊ!” यसकारण त्यस मानिसले त्यसलाई तरवारले हान्यो र मर्‍यो।
16 et ait ad eum David sanguis tuus super caput tuum os enim tuum locutum est adversum te dicens ego interfeci christum Domini
किनकि दावीदले त्यसलाई भनेका थिए, “तेरो मृत्युको जिम्मेवार तँ आफैँ होस्, किनकि तैँले आफ्नै मुखले तेरो विरुद्धमा साक्षी दिइस् र तैँले भनिस्, ‘मैले याहवेहको अभिषिक्त जनलाई मारेँ।’”
17 planxit autem David planctum huiuscemodi super Saul et super Ionathan filium eius
दावीदले शाऊल र तिनका छोरा जोनाथनका निम्ति यसरी विलाप गरे,
18 et praecepit ut docerent filios Iuda arcum sicut scriptum est in libro Iustorum
अनि यहूदाका सबै मानिसहरूलाई यो विलापको गीत सिकाउने आदेश दिए (यो गीत याशारको पुस्तकमा लेखिएको छ):
19 incliti Israhel super montes tuos interfecti sunt quomodo ceciderunt fortes
हे इस्राएल, तेरो महिमा, तेरो उच्‍च स्थानमा ढालिएको छ। कसरी वीरहरू ढलेका छन्!
20 nolite adnuntiare in Geth neque adnuntietis in conpetis Ascalonis ne forte laetentur filiae Philisthim ne exultent filiae incircumcisorum
गातको सहरमा यो कुरा नभन्‍नू, न त अश्कलोनका गल्‍लीहरूमा घोषणा गर्नू, नत्रता पलिश्तीका छोरीहरू खुशी होलान्, त्यसरी नै खतना नभएका छोरीहरू आनन्दित होलान्।
21 montes Gelboe nec ros nec pluviae veniant super vos neque sint agri primitiarum quia ibi abiectus est clypeus fortium clypeus Saul quasi non esset unctus oleo
“हे गिल्बोका डाँडाहरू हो, तिमीहरूमाथि शीत नपरोस्, न त वृष्‍टि होस्, न त तिमीहरूका खेतमा अन्‍न दिने पानी परोस्; किनकि त्यहाँ वीर मानिसको ढाल अशुद्ध पारियो, शाऊलको ढाल—अब उसो तेल लगाइनेछैन।”
22 a sanguine interfectorum ab adipe fortium sagitta Ionathan numquam rediit retrorsum et gladius Saul non est reversus inanis
मारिएकाहरूको रगतबाट, वीर मानिसको शरीरबाट, जोनाथनको धनु कहिल्यै फर्केर आएको थिएन। शाऊलको तरवार म्यानमा कहिल्यै रित्तै फर्केर आएको थिएन।
23 Saul et Ionathan amabiles et decori in vita sua in morte quoque non sunt divisi aquilis velociores leonibus fortiores
“शाऊल र जोनाथन तिनीहरू जीवित हुँदा प्यारा र मनोहर थिए; अनि तिनीहरूलाई मृत्युले पनि छुटाउन सकेन। तिनीहरू गरुडभन्दा फूर्तिला थिए, तिनीहरू सिंहहरूभन्दा पनि बलिया थिए।
24 filiae Israhel super Saul flete qui vestiebat vos coccino in deliciis qui praebebat ornamenta aurea cultui vestro
“हे इस्राएलका छोरीहरू हो, शाऊलका निम्ति रोओ, जसले तिमीहरूलाई रातो र मिहिन वस्त्र पहिर्‍याए, जसले तिमीहरूका वस्त्रहरूलाई सुनका गहनाले सिँगारिदिए।”
25 quomodo ceciderunt fortes in proelio Ionathan in excelsis tuis occisus est
वीर सेनाहरू कसरी लडाइँमा ढलेका छन्! जोनाथन तिम्रा पहाडहरूमा मारिएर ढालिएका छन्।
26 doleo super te frater mi Ionathan decore nimis et amabilis super amorem mulierum
मेरा भाइ, जोनाथन म तिम्रा निम्ति शोक गर्छु; तिमी मेरा निम्ति अति प्रिय थियौ। मप्रति तिम्रो प्रेम अचम्मको थियो, स्त्रीहरूको प्रेमभन्दा पनि अझ उत्तम थियो।
27 quomodo ceciderunt robusti et perierunt arma bellica
“वीर मानिसहरू कसरी ढलेका छन्! लडाइँका हतियारहरू कसरी नष्‍ट भएका छन्!”

< Ii Samuelis 1 >