< Ii Paralipomenon 7 >
1 cumque conplesset Salomon fundens preces ignis descendit de caelo et devoravit holocausta et victimas et maiestas Domini implevit domum
यति बेला जब सोलोमनले प्रार्थना गरेर सकेका थिए, तब स्वर्गबाट आगो तल झर्यो, र होमबलि र बलिदानहरू भस्म गर्यो, अनि परमप्रभुको महिमाले मन्दिर भरियो ।
2 nec poterant sacerdotes ingredi templum Domini eo quod implesset maiestas Domini templum Domini
परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको हुनाले पुजारीहरू मन्दिरभित्र पस्न सकेनन् ।
3 sed et omnes filii Israhel videbant descendentem ignem et gloriam Domini super domum et corruentes proni in terram super pavimentum stratum lapide adoraverunt et laudaverunt Dominum quoniam bonus quoniam in aeternum misericordia eius
आगो तल झरेको र परमप्रभुको महिमा मन्दिरमा भएको जब सबै इस्राएलीले देखे, तब तिनीहरूले आफ्ना अनुहारहरू ढुङ्गाको छपनीमा घोप्टो पारे र आराधना गरे र परमप्रभुलाई धन्यवाद दिए । तिनीहरूले भने, “उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्छ ।”
4 rex autem et omnis populus immolabant victimas coram Domino
यसरी राजा र सबै मानिसले परमप्रभुलाई बलिदानहरू चढाए ।
5 mactavit igitur rex Salomon hostias boum viginti duo milia arietum centum viginti milia et dedicavit domum Dei rex et universus populus
सोलोमन राजाले बाईस हजार साँढे र एक लाख बीस हजार भेडा-बाख्रा बलि चढाए । यसरी राजा र सबै मानिसले परमेश्वरको मन्दिरको समर्पण गरे ।
6 sacerdotes autem stabant in officiis suis et Levitae in organis carminum Domini quae fecit David rex ad laudandum Dominum quoniam in aeternum misericordia eius hymnos David canentes per manus suas porro sacerdotes canebant tubis ante eos cunctusque Israhel stabat
पुजारीहरू प्रत्येक आफूले सेवा गर्ने ठाउँमा उभिएर खडा भएर । लेवीहरू पनि परमप्रभुको संगीतका बाजाहरू लिएर खडा भए, जसलाई दाऊद राजाले गीतद्वारा परमप्रभुलाई धन्यवाद दिनको निम्ति बनाएका थिए, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।” तिनीहरूका सामु सबै पुजारीले आआफ्ना तुरही बजाए, र सबै इस्राएली खडा भए ।
7 sanctificavit quoque Salomon medium atrii ante templum Domini obtulerat enim ibi holocausta et adipes pacificorum quia altare aeneum quod fecerat non poterat sustinere holocausta et sacrificia et adipes
सोलोमनले परमप्रभुका मन्दिरको सामुन्नेको चोकको मध्य भागलाई अलग गरे । त्यहाँ तिनले होमबलिहरू र मेलबलिहरूका बोसोको भाग चढाए, किनभने तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्नबलि र बोसोका भागहरू अटाएनन् ।
8 fecit ergo Salomon sollemnitatem in tempore illo septem diebus et omnis Israhel cum eo ecclesia magna valde ab introitu Emath usque ad torrentem Aegypti
यसरी सोलोमन र तिनीसँग भएका सबै इस्राएली, लेबो-हमातदेखि मिश्रदेशको खोलासम्मको एउटा ठूलो समुदायले त्यस बेला सात दिनसम्म चाड मनाए ।
9 fecitque die octavo collectam eo quod dedicasset altare septem diebus et sollemnitatem celebrasset diebus septem
आठौं दिनमा तिनीहरूले धार्मिक सभा राखे, किनकि तिनीहरूले वेदीका समर्पणको सेवा सात दिनसम्म र चाड सात दिनसम्म मानेका थिए ।
10 igitur in die vicesimo tertio mensis septimi dimisit populos ad tabernacula sua laetantes atque gaudentes super bono quod fecerat Dominus David et Salomoni et Israhel populo suo
परमप्रभुले दाऊद र सोलोमन र आफ्ना मानिस इस्राएललाई दिनुभएका सबै सुदिनको कारणले खुशी र आनन्दित हृदयहरूका साथ सातौं महिनाको तेईसौं दिनमा सोलोमनले मानिसहरूलाई आआफ्ना घर पठाइदिए ।
11 conplevitque Salomon domum Domini et domum regis et omnia quae disposuerat in corde suo ut faceret in domo Domini et in domo sua et prosperatus est
यसरी सोलोमनले परमप्रभुको मन्दिर र तिनको आफ्नै राजमहल बनाइसके । परमप्रभुको मन्दिर र तिनको आफ्नो राजमहल बनाउनको निम्ति तिनको हृदयमा आएका हरेक कुरा तिनले सफलतापूर्वक पूरा गरे ।
12 apparuit autem ei Dominus nocte et ait audivi orationem tuam et elegi locum istum mihi in domum sacrificii
परमप्रभु राती सोलोमोनकहाँ देखा परेर तिनलाई भन्नुभयोः “मैले तेरो प्रार्थना सुनेको छु, र बलिदानको मन्दिरको रूपमा यो स्थानलाई मैले आफ्नो बासस्थानको निम्ति चुनेको छु ।
13 si clausero caelum et pluvia non fluxerit et mandavero et praecepero lucustae ut devoret terram et misero pestilentiam in populum meum
मैले आकाशलाई बन्द गरें र पानी परेन भने, वा देशलाई नष्ट गर्न भनी सलहहरूलाई मैले आज्ञा दिएँ भने, वा मेरो मानिसमाथि मैले विपत्ति पठाएँ भने,
14 conversus autem populus meus super quos invocatum est nomen meum deprecatus me fuerit et exquisierit faciem meam et egerit paenitentiam a viis suis pessimis et ego exaudiam de caelo et propitius ero peccatis eorum et sanabo terram eorum
तब मेरो आफ्नै नाउँ दिइएको मेरा मानिसहरूले आफैलाई नम्र पार्छन्, प्रार्थना गर्छन्, मेरो मुहारको खोजी गर्छन् र आफ्ना दुष्ट चालहरूबाट फर्किन्छ्न् भने, म स्वर्गबाट सुन्नेछु, तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूका देशलाई निको पार्नेछु ।
15 oculi quoque mei erunt aperti et aures meae erectae ad orationem eius qui in loco isto oraverit
यस ठाउँमा गरिएका प्रार्थनातिर अब मेरा आँखा खुला हुनेछन् र मेरा कानले सुन्नेछन् ।
16 elegi enim et sanctificavi locum istum ut sit nomen meum ibi in sempiternum et permaneant oculi mei et cor meum ibi cunctis diebus
किनकि अब मैले यस मन्दिरलाई चुनेको छु र त्यसलाई अलग गरेको छु ताकि त्यहाँ सदासर्वदा मेरो नाउँ रहोस् । मेरो दृष्टि र मेरो हृदय हरेक दिन त्यहाँ रहनेछ ।
17 tu quoque si ambulaveris coram me sicut ambulavit David pater tuus et feceris iuxta omnia quae praecepi tibi et iustitias meas iudiciaque servaveris
तेरो बारेमाचाहिं, मैले तँलाई दिएका सबै आज्ञा पालन गरेर र मेरा विधिहरू र आदेशहरू पालन गरेर तेरा बुबा दाऊद मेरो दृष्टिमा हिंडेझैं हिंडिस् भने,
18 suscitabo thronum regni tui sicut pollicitus sum David patri tuo dicens non auferetur de stirpe tua vir qui sit princeps in Israhel
तब तेरो राज्यको सिंहासन म स्थापित गर्नेछु, जसरी मैले तेरा बुबा दाऊदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ, ‘इस्राएलमाथि राज्य गर्न तेरा सन्तानहरूको अभाव हुनेछैन’ ।’
19 si autem aversi fueritis et dereliqueritis iustitias meas et praecepta mea quae proposui vobis et abeuntes servieritis diis alienis et adoraveritis eos
तर मैले तँलाई दिएका मेरा विधिहरू र आज्ञाहरू पालन गरिनस् र ती त्यागिस् र तँ गएर अरू देवताहरूको पुजा गरिस् र तिनीहरूका सामु दण्डवत् गरिस् भने,
20 evellam vos de terra mea quam dedi vobis et domum hanc quam sanctificavi nomini meo proiciam a facie mea et tradam eam in parabolam et in exemplum cunctis populis
तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट म तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु । मेरो नाउँ रहनलाई मैले अलग गरेको यस मन्दिरलाई म त्याग्नेछु, र सबै मानिसका बिचमा म त्यसलाई एउटा उखान र गिल्लाको पात्र बनाउनेछु ।
21 et domus ista erit in proverbium universis transeuntibus et dicent stupentes quare fecit Dominus sic terrae huic et domui huic
अहिले यो मन्दिर ज्यादै गौरवशाली भए तापनि, यसलाई देखेर आउनेजाने हरेक मानिस अवाक् भएर सुस्केरा निकाल्नेछ । तिनीहरूले सोध्नेछन्, ‘परमप्रभुले किन यस देश र यस मन्दिरसित यस्तो गर्नुभयो?’
22 respondebuntque quia dereliquerunt Dominum Deum patrum suorum qui eduxit eos de terra Aegypti et adprehenderunt deos alienos et adoraverunt eos atque coluerunt idcirco venerunt super eos universa haec mala
अरूले यस्तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरलाई त्यागे जसले तिनीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्याउनुभयो । अनि तिनीहरूले अरू देवताहरू स्थापना गरे र तिनीहरूको सामु दण्डवत गरे र तिनीहरूको पुजा गरे । यसैकारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो ।’”