< Ii Paralipomenon 4 >
1 fecit quoque altare aeneum viginti cubitorum longitudinis et viginti cubitorum latitudinis et decem cubitorum altitudinis
यसको साथै तिनले काँसाको एउटा वेदी बनाए । जसको लमाइ बीस हात, र चौडाइ बीस हात थियो । यसको उचाइ दश हात थियो ।
2 mare etiam fusile decem cubitis a labio usque ad labium rotundum per circuitum quinque cubitos habebat altitudinis et funiculus triginta cubitorum ambiebat gyrum eius
तिनले ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्कुँलो पनि बनाए । त्यसको बिटको एक किनारदेखि अर्को किनारसम्म दश हात थियो । त्यो पाँच हात अल्गो थियो, र त्यस खड्कुँलोको परिधि तीस हात थियो ।
3 similitudo quoque boum erat subter illud et decem cubitis quaedam extrinsecus celaturae quasi duobus versibus alvum maris circuibant boves autem erant fusiles
खड्कुँलोको चारैतिर बाहिरपट्टि बिटमुनि साँढेहरू, एक हातमा दश वटा त्यसलाई खड्कुँलोसँगै एउटै टुक्रा धातु ढालेर बनाइएको थियो ।
4 et ipsum mare super duodecim boves inpositum erat quorum tres respiciebant aquilonem et alii tres occidentem porro tres alii meridiem et tres qui reliqui erant orientem mare habentes superpositum posteriora autem boum erant intrinsecus sub mari
‘समुद्र’ नाम दिइएको त्यो ठुलो खड्कुँलोलाई बाह्र वटा साँढेमाथि राखिएको थियो, जसमा तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए । त्यो “खड्कुँलो” तिनैमाथि बसालिएको थियो, र तिनीहरूका पछाडिका भागचाहिं भित्रपट्टि फर्केका थिए ।
5 porro vastitas eius habebat mensuram palmi et labium illius erat quasi labium calicis vel repandi lilii capiebatque mensurae tria milia metretas
त्यसको मोटाइ चार अङ्गुल थियो, र त्यसको बिट कचौराको बिटजस्तो फक्रेको लिली फूलजस्तै थियो । त्यो खड्कुँलोमा छयसट्ठी हजार लिटर पानी अटाउँथ्यो ।
6 fecit quoque concas decem et posuit quinque a dextris et quinque a sinistris ut lavarent in eis omnia quae in holocaustum oblaturi erant porro in mari sacerdotes lavabantur
तिनले सामानहरू धुनको निम्ति दश वटा बाटाहरू पनि बनाए । तिनले पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे । होमबलिमा प्रयोग गरिने सबै सामानहरू यिनैमा धोइन्थ्यो । ‘समुद्र’ नामको त्यो खड्कुँलोलाई पुजारीहरूले नुहाउनलाई प्रयोग गर्थे ।
7 fecit autem et candelabra aurea decem secundum speciem qua iussa erant fieri et posuit ea in templo quinque a dextris et quinque a sinistris
दिइएको ढाँचाबमोजिम तिनले दश वटा सुनका सामदान बनाए । ती तिनले मन्दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे ।
8 necnon et mensas decem posuitque eas in templo quinque a dextris et quinque a sinistris fialas quoque aureas centum
तिनले दश वटा टेबल बनाएर मन्दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे । तिनले सुनका एक सय वटा बाटा बनाए ।
9 fecit etiam atrium sacerdotum et basilicam grandem et ostia in basilica quae texit aere
यसको साथै तिनले पुजारीहरूका चोक, र ठूलो चोक र चोकका ढोकाहरू बनाए र तिनका ढोकाहरूमा काँसाका जलप लगाए ।
10 porro mare posuit in latere dextro contra orientem ad meridiem
‘समुद्र’ नामक त्यो विशाल खड्कुँलोलाइ तिनले मन्दिरको पूर्वपट्टि दक्षिणतर्फ फर्काएर राखे ।
11 fecit autem Hiram lebetas quoque et creagras et fialas et conplevit omne opus regis in domo Dei
हुरामले भाँडा, बेल्चा र छर्कने बाटाहरू बनाए । यसरी हुरामले परमेश्वरको मन्दिरमा सोलोमन राजाको निम्ति आफूले जिम्मा लिएको काम सिद्ध्याएः
12 hoc est columnas duas et epistylia et capita et quasi quaedam retiacula quae capita tegerent super epistylia
दुई वटा स्तम्भ, ती स्तम्भका टुप्पामा कचौराको आकारका दुई स्तम्भ-शिर थिए । तिनले स्तम्भमाथि स्तम्भ-शिर सजाउने दुई वटा बुट्टादार र जालीहरू बनाए ।
13 malagranata quoque quadringenta et retiacula duo ita ut bini ordines malagranatorum singulis retiaculis iungerentur quae protegerent epistylia et capita columnarum
दुई जालीहरूका निम्ति चार सय दारिम तिनले बनाएः स्तम्भहरूका कचौराको आकार भएका स्तम्भ-शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति तिनले दुई लहर दारिमहरू पनि बनाए ।
14 bases etiam fecit et concas quas superposuit basibus
तिनले गुड्ने आधारहरू र तिनमा राख्नलाई बाटाहरू पनि बनाए ।
15 mare unum bovesque duodecim sub mari
एउटा विशाल खँड्कुलो र यसको मुन्तिर बाह्र वटा साँढे,
16 et lebetas et creagras et fialas omnia vasa fecit Salomoni Hiram pater eius in domo Domini ex aere mundissimo
साथै भाँडाहरू, बेल्चाहरू, मासु उठाउने काँटाहरू र अरू सम्बन्धित सामानहरू पनि बनाए, र हुराम-अब्बीले परमेश्वरका मन्दिरको निम्ति सोलोमनका लागि बनाएका यी सबै थोक टल्काइएका काँसाका थिए ।
17 in regione Iordanis fudit ea rex in argillosa terra inter Socchoth et Saredatha
राजाले ती यर्दनको मैदानमा सुक्कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेका थिए ।
18 erat autem multitudo vasorum innumerabilis ita ut ignoraretur pondus aeris
यसरी सोलोमनले यी सबै भाँडा धेरै संख्यामा बनाए । वास्तवमा काँसाका तौल कति थियो भन्ने थाहै भएन ।
19 fecitque Salomon omnia vasa domus Dei et altare aureum et mensas et super eas panes propositionis
सोलोमनले परमेश्वरको मन्दिरका सबै सजाउने सामग्रीहरू समेत, सुनको वेदी पनि, र उपस्थितिको रोटी राखिने टेबलहरू बनाए ।
20 candelabra quoque cum lucernis suis ut lucerent ante oraculum iuxta ritum ex auro purissimo
सामदानहरू तिनमा बत्तीसहितका, जसलाई भित्री पवित्रस्थानमा बाल्नलाई निखुर सुनले बनाइएका थिए ।
21 et florentia quaedam et lucernas et forcipes aureos omnia de auro mundissimo facta sunt
र फूलहरू, बत्तीहरू र असल सुनका चिम्टाहरू पनि निखुर सुनले बनाइएका थिए ।
22 thymiamateria quoque et turibula et fialas et mortariola ex auro purissimo et ostia celavit templi interioris id est in sancto sanctorum et ostia templi forinsecus aurea sicque conpletum est omne opus quod fecit Salomon in domo Domini
सलेदाका चिम्टाहरू, बाटाहरू, चम्चाहरू र धुपौराहरू पनि निखुर सुनले बनाइएका थिए । मन्दिरका सुनका ढोकाहरू र महा-पवित्रस्थानमा पस्ने भित्रका ढोकाहरू र मन्दिरको मुख्य ढोकाहरू सुनले बनाइएका थिए ।