< I Samuelis 20 >
1 fugit autem David de Nahioth quae erat in Rama veniensque locutus est coram Ionathan quid feci quae est iniquitas mea et quod peccatum meum in patrem tuum quia quaerit animam meam
तब दाऊद रामाको नैयोतबाट भागे र जोनाथनकहाँ आए र भने, “मैले के गरेको छु? मेरो अपराध के हो? तपाईंको बुबाको सामु मैले गरेको पाप हो, जसको कारणले उहाँले मेरो ज्यान लिन खोज्नुहुन्छ?”
2 qui dixit ei absit non morieris neque enim faciet pater meus quicquam grande vel parvum nisi prius indicaverit mihi hunc ergo celavit me pater meus sermonem tantummodo nequaquam erit istud
जोनाथनले दाऊदलाई भने, “यो कुरा दूर होस् । तपाईं मर्नुहुन्न । मेरो बुबाले मलाई नभनी सानो वा ठुलो कुनै पनि कुरा गर्नुहुन्न । मेरो बुबाले यो कुरा किन लुकाउनुहुन्छ? यो यस्तो होइन?”
3 et iuravit rursum David et ille ait scit profecto pater tuus quia inveni gratiam in oculis tuis et dicet nesciat hoc Ionathan ne forte tristetur quinimmo vivit Dominus et vivit anima tua quia uno tantum ut ita dicam gradu ego morsque dividimur
तापनि दाऊदले फेरि शपथ खाए र भने, “मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भनेर तपाईंको बुबाले राम्ररी थाहा पाउनुभएको छ । उहाँले भन्नुभएको छ, 'जोनाथनले यो कुरा थाहा पाउनुहुँदैन नत्र ऊ दुःखित हुनेछ ।' तर जस्तो परमप्रभु जीवित हुनुहुन्छ र तपाईं जीवित हुनुहुन्छ, म र मृत्यु बिच एक कदम मात्र छ ।”
4 et ait Ionathan ad David quodcumque dixerit mihi anima tua faciam tibi
तब जोनाथनले दाऊदलाई भने, “तपाईंले मलाई जे भन्नुहुन्छ, म तपाईंको निम्ति त्यही गर्नेछु ।”
5 dixit autem David ad Ionathan ecce kalendae sunt crastino et ego ex more sedere soleo iuxta regem ad vescendum dimitte ergo me ut abscondar in agro usque ad vesperam diei tertiae
दाऊदले जोनाथनलाई भने, “भोलि औंसी हो, म राजासँग खान बस्नुपर्छ । तर मलाई जान दिनुहोस्, ताकि तेस्रो दिनको साँझसम्म म आफै खेतमा लुक्न सकूँ ।
6 si requisierit me pater tuus respondebis ei rogavit me David ut iret celeriter in Bethleem civitatem suam quia victimae sollemnes ibi sunt universis contribulibus eius
तपाईंका बुबाले म नहुँदा खिन्न महसुस गर्नुभयो भने, यसो भन्नुहोस्, 'दाऊदले आफ्नो सहर बेथलेहेममा जान पाऊँ भनी तिनले मसँग ज्यादै बिन्ती गरेर विदा मागे । किनभने त्यहाँ सबै कुलको वार्षिक बलिदान हुँदैछ ।'
7 si dixerit bene pax erit servo tuo si autem fuerit iratus scito quia conpleta est malitia eius
उहाँले, 'ठिकै छ' भन्नुहुन्छ भने, तपाईंको दासलाई शान्ति हुनेछ । तर उहाँ रिसले चुर हुनुभयो भने, उहाँले कुनै खराब गर्ने अठोट गर्नुभएको छ भनी जान्नुहोस् ।
8 fac ergo misericordiam in servum tuum quia foedus Domini me famulum tuum tecum inire fecisti si autem est in me aliqua iniquitas tu me interfice et ad patrem tuum ne introducas me
यसकारण आफ्नो दासमाथि दायपूर्वक व्यवहार गर्नुहोस् । किनभने तपाईंले आफ्नो दासलाई आफूसँगै परमप्रभुको करारमा ल्याउनुभएको छ । तर ममा कुनै पाप छ भने, मलाई तपाईं आफैले मार्नुहोस् । किनकि मलाई किन तपाईंको बुबाकहाँ ल्याउनुहुन्छ?”
9 et ait Ionathan absit hoc a te neque enim fieri potest ut si certo cognovero conpletam patris mei esse malitiam contra te non adnuntiem tibi
जोनाथनले भने, “यो कुरा तपाईंबाट दूर रहोस्! मेरा बुबाले तपाईंमाथि हानि ल्याउने अठोट गर्नुभएको छ भनी मैले थाहा पाएँ भने, के म तपाईंलाई भन्दिनँ र?”
10 responditque David ad Ionathan quis nuntiabit mihi si quid forte responderit tibi pater tuus dure
तब दाऊदले जोनाथनलाई भने, “तपाईंका बुबाले तपाईंलाई कतै खस्रो किसिमको जवाफ दिनुभयो भने मलाई कसले भनिदिने?”
11 et ait Ionathan ad David veni egrediamur in agrum cumque exissent ambo in agrum
जोनाथनले दाऊदलाई भने, “आउनुहोस्, हामी खेतमा जाऔं ।” त्यसैले तिनीहरू दुवै जना खेतमा गए ।
12 ait Ionathan ad David Domine Deus Israhel si investigavero sententiam patris mei crastino vel perendie et aliquid boni fuerit super David et non statim misero ad te et notum tibi fecero
जोनाथनले दाऊदलाई भने, “परमप्रभुको इस्राएलको परमेश्वर नै साक्षी हुनुभएको होस् । जब भोलि वा पर्सि मैले मेरो बुबालाई प्रश्न गरेपछि, हेर्नुहोस्, दाऊदप्रति शुभेच्छा छ भने, के म तपाईंकहाँ कसैलाई पठाउने र त्यो कुराको जानकारी तपाईंलाई दिनेछैन र?
13 haec faciat Dominus Ionathan et haec augeat si autem perseveraverit patris mei malitia adversum te revelabo aurem tuam et dimittam te ut vadas in pace et sit Dominus tecum sicut fuit cum patre meo
मेरो बुबाले तपाईंलाई हानि गर्ने इच्छा गर्नुभएको रहेछ, र तपाईं शान्तिमा जान सक्नुभएको होस् भनी मैले तपाईंलाई थाहा दिइनँ, र तपाईंलाई पठाइनँ भने, परमप्रभुले जोनाथनलाई यसै र अझ बढी गर्नुभएको होस् । परमप्रभु जसरी मेरो बुबासँग हुनुहुन्छ, त्यसरी नै उहाँ तपाईंसँग रहनुभएको होस् ।
14 et si vixero facies mihi misericordiam Domini si vero mortuus fuero
म जीवित रहें भने के तपाईंले मलाई परमप्रभुको करारको विश्वस्तता देखाउनुहुनेछैन र ताकि म मर्नेछैन?
15 non auferas misericordiam tuam a domo mea usque in sempiternum quando eradicaverit Dominus inimicos David unumquemque de terra
परमप्रभुले दाऊदका शत्रुहरूलाई पृथ्वीको सतहबाट निमिट्यान्न पार्नुहुँदा पनि मेरो घरानाबाट तपाईंको करारको विश्वस्तता नहटाउनुहोला ।”
16 pepigit ergo foedus Ionathan cum domo David et requisivit Dominus de manu inimicorum David
त्यसैले जोनाथनले दाऊदको घरानासँग करार बाँधे र भने, “परमप्रभुले दाऊदका शत्रुहरूबाट लेख लिनुभएको होस् ।”
17 et addidit Ionathan deierare David eo quod diligeret illum sicut animam enim suam ita diligebat eum
जोनाथानले दाऊदप्रतिको तिनको प्रेमले गर्दा फेरि तिनले शपथ खाए, किनभने तिनलाई आफ्नो प्राणलाई झैं उनले प्रेम गरे ।
18 dixitque ad eum Ionathan cras kalendae sunt et requireris
तब जोनाथनले तिनलाई भने, “भोलि औंसी हो । तपाईं नहुँदा खिन्न महसुस हुनेछ, किनभने तपाईंको आसन खाली हुनेछ ।
19 requiretur enim sessio tua usque perendie descendes ergo festinus et venies in locum ubi celandus es in die qua operari licet et sedebis iuxta lapidem cui est nomen Ezel
जब तपाईं तिन दिन लुकेपछि, तुरुन्तै तल जानुहोस् र यो कुरा सुरु भयो भने तपाईं लुक्नुभएकै ठाउँमा आउनुहोस्, अनि एजेल ढुङ्गाको छेउमा बस्नुहोस् ।
20 et ego tres sagittas mittam iuxta eum et iaciam quasi exercens me ad signum
मैले कुनै कुरालाई तारो बनाएर हानेझैं, म यसको छेउमा तिन वटा काँडहरू हान्नेछु ।
21 mittam quoque et puerum dicens ei vade et adfer mihi sagittas
तब म आफ्नो जवान केटोलाई यसो भन्नेछु र पठाउनेछु, 'जा र काँडहरू टिपेर ले ।'मैले त्यो जवानलाई, 'हेर्, काँडहरू तेरो यतापट्टि छन्, ति लिएर आइज” तब आउनुहोस् । किनभने परमप्रभु जीवित हुनुभएझैं त्यहाँ तपाईंको निम्ति सुरक्षा हुनेछ, र हानि हुनेछैन ।
22 si dixero puero ecce sagittae intra te sunt tolle eas tu veni ad me quia pax tibi est et nihil est mali vivit Dominus si autem sic locutus fuero puero ecce sagittae ultra te sunt vade quia dimisit te Dominus
“तर मैले त्यो जवानलाई यसो भनें, 'हेर्, काँडहरू तेरो उतापट्टि छन्,' तब तपाईं आफ्नो बाटो लाग्नुहोस्, किनकि परमप्रभुले तपाईंलाई टाढा पठाउनुभएको छ ।”
23 de verbo autem quod locuti fuimus ego et tu sit Dominus inter me et te usque in sempiternum
म र तपाईंले गरेको सहमतिको बारेमा, हेर्नुहोस्, परमप्रभु तपाईं र मेरो बिचमा सदासर्वदा साक्षी हुनुहुन्छ' ।”
24 absconditus est ergo David in agro et venerunt kalendae et sedit rex ad comedendum panem
त्यसैले दाऊदले आफूलाई खेतमा लुकाए । जब औंसी आयो, तब राजा खानलाई बसे ।
25 cumque sedisset rex super cathedram suam secundum consuetudinem quae erat iuxta parietem surrexit Ionathan et sedit Abner ex latere Saul vacuusque apparuit locus David
सदाझैं राजा आफ्नो आसनमा भित्ताको छेउमा बसे । जोनातन खडा भए, र अबनेर शाऊलको छेउमा बसे । तर दाऊदको ठाउँ खाली थियो ।
26 et non est locutus Saul quicquam in die illa cogitabat enim quod forte evenisset ei ut non esset mundus nec purificatus
तापनि शाऊलले त्यस दिन केही पनि भनेनन्, किनभने तिनले सोचे, “तिनलाई केही भएको छ । तिनी शुद्ध छैनन् । निश्चय नै तिनी शुद्ध छैनन् ।”
27 cumque inluxisset dies secunda post kalendas rursum vacuus apparuit locus David dixitque Saul ad Ionathan filium suum cur non venit filius Isai nec heri nec hodie ad vescendum
तर औंसीको भोलि पल्ट दाऊदको ठाउँ खाली थियो । शाऊलले जोनाथनलाई भने, “यिशैका छोरा खानलाई हिजो वा आज किन आएको छैन्?”
28 et respondit Ionathan Sauli rogavit me obnixe ut iret in Bethleem
जोनाथनले शाऊललाई जवाफ दिए, “दाऊदले बेथलेहेम जानलाई मसँग ज्यादै बिन्ती गरेर अनुमती मागे ।
29 et ait dimitte me quoniam sacrificium sollemne est in civitate unus de fratribus meis accersivit me nunc ergo si inveni gratiam in oculis tuis vadam cito et videbo fratres meos ob hanc causam non venit ad mensam regis
तिनले भने, “कृपया मलाई जान दिनुहोस् । किनकि हाम्रो परिवारको सहरमा एउटा बलिदान छ, र म त्यहाँ हुनुपर्छ भनी मेरो दाजुले मलाई आदेश दिएका छन् । मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने, कृपया मलाई जान र आफ्ना दाजुहरूलाई भेट्न दिनुहोस् ।' यसकारण तिनी राजासँग खानलाई टेबलमा आएका छैनन् ।”
30 iratus autem Saul adversus Ionathan dixit ei fili mulieris virum ultro rapientis numquid ignoro quia diligis filium Isai in confusionem tuam et in confusionem ignominiosae matris tuae
तब जोनाथनको विरुद्धमा शाऊल रिस दन्कियो र तिनले उनलाई भने, “तँ पथभ्रष्ट र विद्रोही स्त्री को छोरो! तैंले यिशैका छोरालाई आफ्नै शर्म र आफ्नो आमाको नग्नताको शर्मको निम्ति रोजेको छस् भन्ने के मलाई थाहा छैन?
31 omnibus enim diebus quibus filius Isai vixerit super terram non stabilieris tu neque regnum tuum itaque iam nunc mitte et adduc eum ad me quia filius mortis est
किनकि यिशैका छोरा पृथ्वीमा रहेसम्म, न तँ रहेनेछस् न त तेरो राज्य नै रहनेछ । अब कसैलाई पठा र त्यसलाई मकहाँ लिएर आइज, किनकि त्यो मरिनैपर्छ ।”
32 respondens autem Ionathan Sauli patri suo ait quare moritur quid fecit
जोनाथनले आफ्नो बुबा शाऊललाई जवाफ दिए, “के कराणले तिनलाई मारिनुपर्ने? तिनले के गरेका छन्?”
33 et arripuit Saul lanceam ut percuteret eum et intellexit Ionathan quod definitum esset patri suo ut interficeret David
तब शाऊलले तिनलाई मार्न आफ्नो भालाले हाने । यसरी आफ्नो बुबाले दाऊदलाई मार्न अठोट गरेका कुरा जोनाथनलाई पक्का थाहा भयो ।
34 surrexit ergo Ionathan a mensa in ira furoris et non comedit in die kalendarum secunda panem contristatus est enim super David eo quod confudisset eum pater suus
जोनाथन रिसले आगो भएर टेबलबाट उठे र महिनाको दोस्रो दिन कुनै खाने कुरा खाएनन्, किनकि दाऊदको निम्ति तिनी शोकित भए, किनकि तिनका बुबाले उनको अनादर गरेका थिए ।
35 cumque inluxisset mane venit Ionathan in agrum iuxta placitum David et puer parvulus cum eo
भोलिपल्ट बिहान दाऊदलाई भनेको समयमा भेट गर्न जोनाथन खेतमा गए र एक जना जवान मानिस तिनीसँगै थियो ।
36 et ait ad puerum suum vade et adfer mihi sagittas quas ego iacio cumque puer cucurrisset iecit aliam sagittam trans puerum
तिनले आफ्नो जवान मानिसलाई भने, “दौडी र मैले हानेका काँडहरू खोजेर ले ।” त्यो जवान मानिस जाँदैगर्दा तिनले उसको पछिल्तिर काँड हाने।
37 venit itaque puer ad locum iaculi quod miserat Ionathan et clamavit Ionathan post tergum pueri et ait ecce ibi est sagitta porro ultra te
जब जोनाथने हानेका काँडहरू भएको ठाउँमा जवान मानिस पुग्यो, तब जोनातनले त्यो जवान मानिसलाई बोलाए र भने, “के काँड तेरो पछिल्तिर छैनन् र?”
38 clamavitque Ionathan post tergum pueri festina velociter ne steteris collegit autem puer Ionathae sagittas et adtulit ad dominum suum
तब जोनाथनले त्यो जवान मानिसलाई भने, “छिटो गर्, छिटो गर्, नबस् । त्यसैले जोनाथनको जवान केटाले काँडहरू जम्मा गर्यो र आफ्नो मालिककहाँ आयो ।
39 et quid ageretur penitus ignorabat tantummodo enim Ionathan et David rem noverant
तर त्यो जवान मानिसलाई अरू कुनै कुरा थाहा थिएन । जोनाथन र दाऊदले मात्र सो कुरा जान्दथे ।
40 dedit igitur Ionathan arma sua puero et dixit ei vade defer in civitatem
जोनाथनले आफ्ना हतियारहरू आफ्नो जवान मानिस दिए र त्यसलाई भने, “जा, ति सहरमा लैजा ।”
41 cumque abisset puer surrexit David de loco qui vergebat ad austrum et cadens pronus in terram adoravit tertio et osculantes alterutrum fleverunt pariter David autem amplius
त्यो जवान मानिस जानेबित्तिकै, दाऊद ढिस्कोको पछाडिबाट उठे, जमिनमा घोप्टो परे र शिर झुकाएर तिन पटक दण्डवत गरे । तिनीहरूले एकआपसमा चुम्बन गरे र सँगसँगै रोए, अनि दाऊद झन् धेरै रोए ।
42 dixit ergo Ionathan ad David vade in pace quaecumque iuravimus ambo in nomine Domini dicentes Dominus sit inter me et te et inter semen meum et semen tuum usque in sempiternum et surrexit et abiit sed et Ionathan ingressus est civitatem
जोनाथनले दाऊदलाई भने, “शान्तिसँग जानुहोस्, किनभने, 'तपाईं र म, तपाईंका सन्तान र मेरा सन्तान बिचमा परमप्रभु सदाको निम्ति हुनुभएको होस्' भनी परमप्रभुको नाउँमा हामी दुवैले शपथ खाएका छौं ।” तब दाऊद उठे, र गए र जोनाथन सहरमा फर्के ।