< I Paralipomenon 11 >
1 congregatus est igitur omnis Israhel ad David in Hebron dicens os tuum sumus et caro tua
त्यसपछि सबै इस्राएल हेब्रोनमा दाऊदकहाँ आए र भने, “हेर्नुहोस्, हामीहरू तपाईंकै हाडनाता हौ ।
2 heri quoque et nudius tertius cum adhuc regnaret Saul tu eras qui educebas et introducebas Israhel tibi enim dixit Dominus Deus tuus tu pasces populum meum Israhel et tu eris princeps super eum
हालैमा बितेका समयमा, जब शाऊल हाम्रा राजा थिए, तब तपाईंले नै इस्राएलको सेनाको नेतृत्व गर्नुभयो । परमप्रभु तपाईंका परमेश्वरले तपाईंलाई यसो भन्नुभयो, ‘तैंले नै मेरा मानिस इस्राएलको रेखदेख गर्नेछस्, र तँ नै मेरा मानिस इस्राएलको शासक हुनेछस्’ ।”
3 venerunt ergo omnes maiores natu Israhel ad regem in Hebron et iniit David cum eis foedus coram Domino unxeruntque eum regem super Israhel iuxta sermonem Domini quem locutus est in manu Samuhel
त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, र त्यहीं नै दाऊदले परमप्रभुको सामुन्ने तिनीहरूसित करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । यसरी शमूएलद्वारा घोषणा गरिएको परमप्रभुको वचन पुरा भयो ।
4 abiit quoque David et omnis Israhel in Hierusalem haec est Iebus ubi erant Iebusei habitatores terrae
दाऊद र सारा इस्राएल यरूशलेममा (अर्थात् यबूसमा) गए । यति बेला त्यस देशका बसिन्दा यबूसीहरू त्यहाँ थिए ।
5 dixeruntque qui habitabant in Iebus ad David non ingredieris huc porro David cepit arcem Sion quae est civitas David
यबूसका बसिन्दाहरूले दाऊदलाई भने, “तपाईं यहाँ कहिल्यै आउनुहुनेछैन ।” तर दाऊदले सियोनको किल्ला अर्थात् दाऊदको सहरलाई लिए ।
6 dixitque omnis qui percusserit Iebuseum in primis erit princeps et dux ascendit igitur primus Ioab filius Sarviae et factus est princeps
दाऊदले भनेका थिए, “यबूसीहरूलाई जोसुकैले सबभन्दा पहिले आक्रमण गर्छ त्यो नै मुखिया र कमान्डर हुनेछ ।” यसैले सरूयाहका छोरा योआबले सबभन्दा पहिले आक्रमण गरे, त्यसैले तिनलाई मुखिया बनाइयो ।
7 habitavit autem David in arce et idcirco appellata est civitas David
तब दाऊद त्यही किल्लामा बसोबास गर्न थाले । यसैले तिनीहरूले त्यसलाई दाऊदको सहर नामाकरण गरे ।
8 aedificavitque urbem in circuitu a Mello usque ad gyrum Ioab autem reliqua urbis extruxit
टेवा दिने गाराहरू र पछाडिबाट चारैतिरको पर्खालसम्म किल्लाको वरिपरि तिनले सहर बनाए । योआबले चाहिं बाँकी सहरको पुनर्निर्माण गरे ।
9 proficiebatque David vadens et crescens et Dominus exercituum erat cum eo
दाऊद झन्-झन् शक्तिशाली हुँदै गए किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्थ्यो ।
10 hii principes virorum fortium David qui adiuverunt eum ut rex fieret super omnem Israhel iuxta verbum Domini quod locutus est ad Israhel
इस्राएलको विषयमा परमप्रभुको वचन पालन गर्दै दाऊदको राज्यमा तिनको साथमा तिनलाई राजा बनाउनलाई जम्मै इस्राएलसँगै मिलेर आफूलाई सामर्थ्यवान् देखाउने तिनका अगुवाहरू यी नै थिए
11 et iste numerus robustorum David Iesbaam filius Achamoni princeps inter triginta iste levavit hastam suam super trecentos vulneratos una vice
दाऊदका शक्तिशाली मानिसहरूको सूची यही होः हक्मोनी याशोबाम अधिकारीहरूका कमान्डर थिए । तिनले एकपल्ट तिन सय जनालाई भालाले मारेका थिए ।
12 et post eum Eleazar filius patrui eius Ahoites qui erat inter tres potentes
तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए, जो तीन जना वीर मानिसमध्ये एक थिए ।
13 iste fuit cum David in Aphesdommim quando Philisthim congregati sunt ad locum illum in proelium et erat ager regionis illius plenus hordeo fugeratque populus a facie Philisthinorum
तिनी दाऊदसँग पास-दम्मीममा थिए, जहाँ जौको एउटा खेतमा पलिश्तीहरू युद्धको निम्ति भेला भए र पलिश्तीहरूदेखि सेना भाग्यो ।
14 hic stetit in medio agri et defendit eum cumque percussisset Philistheos dedit Dominus salutem magnam populo suo
तिनीहरू खेतको बिचमा खडा भए । तिनीहरूले त्यसको रक्षा गरे, र पलिश्तीहरूलाई काटे र परमप्रभुले ठूलो विजय दिनुभएर तिनीहरूको उद्धार गर्नुभयो ।
15 descenderunt autem tres de triginta principibus ad petram in qua erat David ad speluncam Odollam quando Philisthim fuerant castrametati in valle Raphaim
तब ती तिस जना मुख्य अगुवामध्ये यी तिन जना अदुल्लामको ओडारमा भएको पहरामा दाऊद भएका ठाउँमा गए । पलिश्तीहरूका सेना रपाईहरूको मैदानमा छाउनी हालेर बसेका थिए ।
16 porro David erat in praesidio et statio Philisthinorum in Bethleem
त्यस बेला दाऊदचाहिं आफ्नो किल्ला अर्थात् एउटा गुफामा थिए, जबकी पलिश्तीहरूले बेथलेहेममा आफ्नो छाउनी हालेका थिए ।
17 desideravit igitur David et dixit o si quis daret mihi aquam de cisterna Bethleem quae est in porta
दाऊदलाई तिर्खा लाकेको थियो र तिनले भने, “कसैले बेथलेहेमको मूल ढोकाको छेउमा भएको इनारबाट पानी ल्याएर पिउन दिए हुन्थ्यो!”
18 tres ergo isti per media castra Philisthinorum perrexerunt et hauserunt aquam de cisterna Bethleem quae erat in porta et adtulerunt ad David ut biberet qui noluit sed magis libavit illam Domino
यसैले ती तीन जना वीर मानिसले पलिश्तीहरूका सेनाको बिचबाट गएर बेथलेहेमको मूल ढोकाको छेउको इनारबाट पानी उघाए । तिनीहरूले त्यो पानी लिए र त्यो दाऊदकहाँ ल्याए, तर तिनले त्यो पिउन इन्कार गरे । बरु, तिनले त्यो परमप्रभुमा खन्याए ।
19 dicens absit ut in conspectu Dei mei hoc faciam et sanguinem virorum istorum bibam quia in periculo animarum suarum adtulerunt mihi aquam et ob hanc causam noluit bibere haec fecerunt tres robustissimi
तब तिनले भने, “मैले यसो कहिले पनि नगर्नुपरोस्! के मैले यि मानिसहरूको रगत पिउनू, जसले आफ्नो जीवनलाई नै खतरामा हालेका छन्?” तिनीहरूले आफ्नो जीवन जोखिममा पारेका हुनाले, दाऊदले त्यो पिउन इन्कार गरे । यी तीन जना वीर मानिसका कामहरू यी नै थिए ।
20 Abisai quoque frater Ioab ipse erat princeps trium et ipse levavit hastam suam contra trecentos vulneratos et ipse erat inter tres nominatissimus
योआबका भाइ अबीशै ती तीन जनाका प्रमुख थिए । एकपल्ट तिनले तिन सय जनाको विरुद्ध भालाको प्रयोग गरे र तिनीहरूलाई मारे । ती तिन जनासँगै तिनको पनि उल्लेख गरिएको छ ।
21 inter tres secundos inclitus et princeps eorum verumtamen usque ad tres primos non pervenerat
तिन जनामध्ये तिनलाई दोब्बर सम्मान दिइयो र तिनीहरूका प्रमुख भए, तापनि तिनी तिमध्येका एक जना भने थिएनन् ।
22 Banaia filius Ioiadae viri robustissimi qui multa opera perpetrarat de Capsehel ipse percussit duos Arihel Moab et ipse descendit et interfecit leonem in media cisterna tempore nivis
यहोयादाका छोरा बनायाह कब्सेलका वीर योद्धा थिए, जसले महान् कामहरू गरे । तिनले मोआबका एरिएलका दुई छोरालाई मारे । तिनी एक दिन एउटा खाडलभित्र गए र हिउँ परिरहेको बेलामा एउटा सिंहलाई मारे ।
23 et ipse percussit virum aegyptium cuius statura erat quinque cubitorum et habebat lanceam ut liciatorium texentium descendit ergo ad eum cum virga et rapuit hastam quam tenebat manu et interfecit eum hasta sua
तिनले पाँच हात अल्गो एक जना मिश्रीलाई पनि मारे । त्यस मिश्रीको भाला कपडा बुन्ने जुलाहाको डन्डा जत्रो थियो, तर यिनी एउटा लौरो मात्र लिएर त्योसँग लड्न गए । तिनले त्यो मिश्रीको हातबाट उसकै भाला खोसे र उसको आफ्नै बालाले उसलाई मारे ।
24 haec fecit Banaia filius Ioiada qui erat inter tres robustos nominatissimus
यहोयादाका छोरा बनायाहले यस्ता वीरताका काम गरे, र ती तिन जनासँग तिनको नाउँ उल्लेख गरियो ।
25 inter triginta primus verumtamen ad tres usque non pervenerat posuit autem eum David ad auriculam suam
तिस जना सामान्य सेनाभन्दा बढी सम्मान तिनलाई दिइयो, तर ती तीन जना वीर मानिसजत्तिकै सम्मान भने तिनलाई दिइएनन् । तापनि दाऊदले तिनलाई आफ्ना अङ्गरक्षकका निरीक्षक तुल्याए ।
26 porro fortissimi in exercitu Asahel frater Ioab et Eleanan filius patrui eius de Bethleem
वीर मानिसहरूमा योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्हानान,
27 Semmoth Arorites Helles Phallonites
हारोरी शम्मोत, पेलोनी हेलेस,
28 Iras filius Acces Thecuites Abiezer Anathothites
तकोका इक्केशका छोरा ईरा, अनातोतका अबीएजेर,
29 Sobbochai Asothites Ilai Ahoites
हूशाती सिब्बकै, अहोही ईलै,
30 Marai Netophathites Heled filius Baana Netophathites
नतोपाती महरै, नतोपाती बानका छोरा हेलेद,
31 Ethai filius Ribai de Gabaath filiorum Beniamin Banaia Pharathonites
बेन्यामीनको गिबाका रीबैको छोरा ईथै, पिरातोनी बनायाह,
32 Uri de torrente Gaas Abial Arabathites Azmoth Bauramites Eliaba Salabonites
गाश उपत्यकाका हूरै, अर्बाती अबीएल,
33 filii Asom Gezonites Ionathan filius Sega Ararites
बहूरीमी अज्मावेत, शाल्बोनी एल्याहबा,
34 Ahiam filius Sachar Ararites
गीजोनी हाशेमका छोराहरू, हरारी शागेका छोरा जोनाथन,
हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल,
36 Apher Mechurathites Ahia Phellonites
मकेराती हेपेर, पेलोनी अहियाह,
37 Asrai Carmelites Noorai filius Azbi
कर्मेलका हेस्रो, एज्बैका छोरा नारै,
38 Iohel frater Nathan Mabar filius Agarai
नातानका भाइ योएल, हग्रीका छोरा मिभार,
39 Sellec Ammonites Noorai Berothites armiger Ioab filii Sarviae
अम्मोनी सेलेक, बेरोती नहरै (सरूयाहका छोरा योआबका हतियार बोक्ने व्यक्ति),
40 Iras Iethreus Gareb Iethreus
यित्री ईरा, यित्री गारेब,
41 Urias Ettheus Zabad filius Ooli
हित्ती उरियाह, अहलैका छोरा जाबाद,
42 Adina filius Seza Rubenites princeps Rubenitarum et cum eo triginta
रूबेनी शीजाका छोरा अदीना (रूबेनीहरूका प्रधान) र तिनीसँग भएका तिस जना,
43 Hanan filius Maacha et Iosaphat Mathanites
माकाका छोरा हानान, मित्नी योशापात,
44 Ozias Astharothites Semma et Iaihel filii Hotam Aroerites
अस्तेराती उज्जीया, अरोएरका होतामका छोराहरू शमा र यीएल,
45 Iedihel filius Samri et Ioha frater eius Thosaites
शिम्रीका छोरा येदीएल, तिजी योहा (तिनका भाइ),
46 Elihel Maumites et Ieribai et Iosaia filii Elnaem
महाबी एलीएल, एल्नामका छोराहरू यरीबै र योशब्याह, मोआबी यित्मा,
47 et Iethma Moabites Elihel et Obed et Iasihel de Masobia
एलीएल, ओबेद र मेजोबी यासीएल थिए ।