< Zaccharias Propheta 2 >

1 Et levavi oculos meos, et vidi: et ecce vir, et in manu eius funiculus mensorum.
त्यसपछि मैले माथि हेरेँ, र त्यहाँ मेरो अगाडि आफ्नो हातमा एउटा नाप्‍ने डोरी लिएका एक जना मानिस थिए!
2 Et dixi: Quo tu vadis? Et dixit ad me: Ut metiar Ierusalem, et videam quanta sit latitudo eius, et quanta longitudo eius.
मैले सोधेँ, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?” तिनले जवाफ दिए, “यरूशलेमलाई नाप्‍न, त्यसको लम्बाइ र चौडाइ कति रहेछ, सो हेर्न जाँदैछु।”
3 Et ecce angelus, qui loquebatur in me, egrediebatur, et angelus alius egrediebatur in occursum eius.
जब मसँग कुरा गरिरहेका स्वर्गदूत जाँदैथिए, र अर्को स्वर्गदूत तिनलाई भेट्न आए,
4 Et dixit ad eum: Curre, loquere ad puerum istum, dicens: Absque muro habitabitur Ierusalem prae multitudine hominum, et iumentorum in medio eius.
अनि तिनलाई भने: “कुदेर जा, र त्यस जवान मानिसलाई भन्, ‘धेरैको संख्यामा मानिसहरू र गाईबस्तुहरू भएको कारण यरूशलेम पर्खाल नभएको सहर हुनेछ।
5 Et ego ero ei, ait Dominus, murus ignis in circuitu: et in gloria ero in medio eius.
अनि म आफैँ नै त्यस सहरको चारैतिर आगोको पर्खाल हुनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म त्यस भित्रको महिमा हुनेछु।’
6 O, o fugite de terra Aquilonis, dicit Dominus: quoniam in quattuor ventos caeli dispersi vos, dicit Dominus.
“आओ! आओ! उत्तरको देशबाट भागिहाल,” याहवेह घोषणा गर्नुहुन्छ, “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासतिर तितरबितर पारिदिएको छु,” याहवेह घोषणा गर्नुहुन्छ।
7 O Sion, fuge quae habitas apud filiam Babylonis:
“हे सियोन, आइज! तँ जो बेबिलोनकी छोरीकहाँ बस्छेस्, भाग्!”
8 quia haec dicit Dominus exercituum: Post gloriam misit me ad gentes, quae spoliaverunt vos: qui enim tetigerit vos, tangit pupillam oculi mei:
किनकि सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “त्यसपछि महिमित एक जनाले मलाई तिमीहरूलाई लुटपाट गर्ने राष्ट्रको विरुद्धमा पठाउनुभयो—किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले उहाँको आँखाको नानीलाई छुन्छ—
9 quia ecce ego levo manum meam super eos, et erunt praedae his, qui serviebant sibi: et cognoscetis quia Dominus exercituum misit me.
म निश्‍चय नै आफ्नो हात तिनीहरूको विरुद्धमा उठाउनेछु, ताकि तिनीहरूका दासहरूले तिनीहरूलाई लुटपाट गरून्। त्यसपछि तिमीहरूले जान्‍नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई पठाउनुभएको हो।
10 Lauda, et laetare filia Sion: quia ecce ego venio, et habitabo in medio tui, ait Dominus.
“हे सियोनकी छोरी, चर्कोगरी करा र आनन्दित हो; किनकि म आउँदैछु, र म तिमीहरूको बीचमा बसोबास गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
11 Et applicabuntur Gentes multae ad Dominum in die illa, et erunt mihi in populum, et habitabo in medio tui: et scies quia Dominus exercituum misit me ad te.
“त्यस दिन धेरै राष्ट्रहरू याहवेहसँग मिल्न आउनेछन् र मेरा मानिसहरू हुनेछन्। म तिमीहरूका बीचमा रहनेछु र तिमीहरूले जान्‍नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।
12 Et possidebit Dominus Iuda partem suam in terra sanctificata: et eliget adhuc Ierusalem.
याहवेहले यहूदालाई पवित्र देशमा आफ्नो भागझैँ उत्तराधिकार बनाउनुहुनेछ, र यरूशलेमलाई फेरि चुन्‍नुहुनेछ।
13 Sileat omnis caro a facie Domini: quia consurrexit de habitaculo sancto suo.
हे सबै मानव-जाति हो, याहवेहको सामु चुपचाप रहो; किनकि उहाँ आफ्नो पवित्र वासस्थानबाट आउँदैहुनुहुन्छ।”

< Zaccharias Propheta 2 >