< Zaccharias Propheta 12 >

1 Onus verbi Domini super Israel. Dicit Dominus extendens caelum, et fundans terram, et fingens spiritum hominis in eo:
एउटा अगमवाणी: इस्राएलको बारेमा याहवेहको वचन। याहवेह, जसले आकाशलाई फैलाउनुभयो, पृथ्वीको जग बसाल्नुभयो; अनि मानिसभित्र त्यसको आत्मा रच्नुभयो, उहाँ घोषणा गर्नुहुन्छ:
2 Ecce ego ponam Ierusalem superliminare crapulae omnibus populis in circuitu: sed et Iuda erit in obsidione contra Ierusalem.
“म यरूशलेमलाई यस्तो कचौरा बनाइदिनेछु, कि जसबाट पिएर त्यसका चारैतिरका मानिसहरू धरमराउनेछन्। अनि यहूदा र यरूशलेम घेरामा पर्नेछन्।
3 Et erit: In die illa ponam Ierusalem lapidem oneris cunctis populis: omnes, qui levabunt eum, concisione lacerabuntur: et colligentur adversus eam omnia regna terrae.
त्यस दिन जब पृथ्वीका सारा राष्ट्रहरू त्यसको विरुद्धमा भेला हुन्छन्, म यरूशलेमलाई सबै राष्ट्रहरूका निम्ति एउटा नहल्‍लिने चट्टान बनाइदिनेछु। त्यसलाई हटाउन खोज्नेहरू आफैँ घाइते हुनेछन्।
4 In die illa, dicit Dominus, percutiam omnem equum in stuporem, et ascensorem eius in amentiam: et super domum Iuda aperiam oculos meos, et omnem equum populorum percutiam caecitate.
त्यस दिन म प्रत्येक घोडालाई त्रसित पार्नेछु र त्यसमाथि सवार हुनेलाई पागलपनाले प्रहार गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “म यहूदाको घरानामाथि दृष्‍टि लगाइराख्नेछु, तर म राष्ट्रहरूका सबै घोडाहरूलाई अन्धा तुल्याइदिनेछु।
5 Et dicent duces Iuda in corde suo: Confortentur mihi habitatores Ierusalem in Domino exercituum Deo eorum.
तब यहूदाका अगुवाहरूले आफ्ना हृदयमा भन्‍नेछन्, ‘यरूशलेमका मानिसहरू बलिया छन्; किनकि सेनाहरूका याहवेह तिनीहरूका परमेश्‍वर हुनुहुन्छ।’
6 In die illa ponam duces Iuda sicut caminum ignis in lignis, et sicut faciem ignis in foeno: et devorabunt ad dexteram, et ad sinistram omnes populos in circuitu: et habitabitur Ierusalem rursus in loco suo in Ierusalem.
“त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको थुप्रोमा भएको आगोको मकलझैँ र अन्‍नको बिटाहरूको बीचमा दन्केको आगोको राँकोझैँ बनाउनेछु। तिनीहरूले दायाँपट्टि र बायाँपट्टि चारैतिर भएका सबै मानिसहरूलाई भस्म पार्नेछन्, तर यरूशलेमचाहिँ आफ्नो स्थानमा सुरक्षित रहनेछ।
7 Et salvabit Dominus tabernacula Iuda, sicut in principio: ut non magnifice glorietur domus David, et gloria habitantium Ierusalem contra Iuda.
“याहवेहले यहूदाका पालहरूको उद्धार पहिले गर्नुहुनेछ, ताकि दावीदको घरानाको सम्मान र यरूशलेमका मानिसहरूको सम्मान यहूदाका मानिसहरूको सम्मानभन्दा बढी नहोस्।
8 In die illa proteget Dominus habitatores Ierusalem, et erit qui offenderit ex eis in die illa, quasi David: et domus David quasi Dei, sicut angelus Domini in conspectu eorum.
त्यस दिन याहवेह यरूशलेममा बस्‍नेहरूको ढाल हुनुहुनेछ, र तिनीहरूमध्ये अति दुर्बल दावीदझैँ र दावीदको घरानाचाहिँ परमेश्‍वरझैँ, अर्थात् तिनीहरूका अगि-अगि जाने याहवेहका स्वर्गदूतझैँ हुनेछ।
9 Et erit in die illa: quaeram conterere omnes Gentes, quae veniunt contra Ierusalem.
त्यस दिन म यरूशलेमलाई आक्रमण गर्ने सबै राष्ट्रहरूलाई नाश गर्नलाई निस्कनेछु।
10 Et effundam super domum David, et super habitatores Ierusalem spiritum gratiae, et precum: et aspicient ad me, quem confixerunt: et plangent eum planctu quasi super unigenitum, et dolebunt super eum, ut doleri solet in morte primogeniti.
“अनि म दावीदको घराना र यरूशलेमका बासिन्दाहरूमाथि अनुग्रह र प्रार्थनाको आत्मा खन्याइदिनेछु। तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका थिए; अनि कसैले आफ्नो एउटै मात्र बालकको निम्ति बिलौना गरेझैँ, तिनको निम्ति बिलौना गर्नेछन्; अनि कसैले आफ्नो पहिले जन्मेको जेठा छोराको निम्ति अति शोक गरेझैँ तिनीहरूले तिनको निम्ति शोक गर्नेछन्।
11 In die illa magnus erit planctus in Ierusalem, sicut planctus Adadremmon in campo Mageddon.
त्यस दिन यरूशलेममा हुने रुवाबासी मगिद्दोको मैदानमा हदद-रिम्मोनको जस्तै ठूलो हुनेछ।
12 Et planget terra: familiae et familiae seorsum: familiae domus David seorsum, et mulieres eorum seorsum:
देशभरि प्रत्येक घरानाले शोक गर्नेछ। तिनीहरूका पत्नीहरूसहित परिवारले अलग-अलग शोक गर्नेछन्। दावीदका घरानाहरू र तिनीहरूका पत्नीहरू, नातानका घरानाहरू र तिनीहरूका पत्नीहरू,
13 familiae domus Nathan seorsum, et mulieres eorum seorsum: familiae domus Levi seorsum, et mulieres eorum seorsum: familiae Semei seorsum, et mulieres eorum seorsum.
लेवीका घरानाहरू र तिनीहरूका पत्नीहरू, शिमीका घरानाहरू र तिनीहरूका पत्नीहरू,
14 Omnes familiae reliquae, familiae et familiae seorsum, et mulieres eorum seorsum.
अनि बाँकी रहेका सबै घराना र तिनीहरूका पत्नीहरूले अलग-अलग शोक गर्नेछन्।

< Zaccharias Propheta 12 >