< Psalmorum 88 >

1 Psalmus, Canticum psalmi, in finem, filiis Core, pro Maheleth ad respondendum, intellectus Eman Israelitae. Domine Deus salutis meae: in die clamavi, et nocte coram te.
हे परमप्रभु, मेरो उद्धारको परमेश्‍वर, दिनरात म तपाईंको सामु पुकारा गर्छु ।
2 Intret in conspectu tuo oratio mea: inclina aurem tuam ad precem meam:
मेरो प्रार्थना सुन्‍नहोस् । मेरो पुकरामा ध्यान दिनुहोस् ।
3 Quia repleta est malis anima mea: et vita mea inferno appropinquavit. (Sheol h7585)
किनकि म कष्‍टले पूर्ण छु, र मेरो जीवन चिहानमा पुगेको छ । (Sheol h7585)
4 Aestimatus sum cum descendentibus in lacum: factus sum sicut homo sine adiutorio,
मानिसहरूले मलाई तल खाडलमा जानेहरूलाई झैं व्यवहार गर्छन् । म कुनै बल नै नभएको मानिस हुँ ।
5 inter mortuos liber, Sicut vulnerati dormientes in sepulchris, quorum non es memor amplius: et ipsi de manu tua repulsi sunt.
म मृतहरूका माझ त्यागिएको छु । म चिहानमा पल्टेको मृतजस्तै छु, जसको बारेमा तपाईंले कुनै चासो लिनुहुन्‍न, किनभने तिनीहरू तपाईंको शक्तिबाट टाढा हुन्‍छन् ।
6 Posuerunt me in lacu inferiori: in tenebrosis, et in umbra mortis.
तपाईंले मलाई खाडलको तल्लो भागमा, अँध्यारो र गहिरो ठाउँमा राख्‍नुहुन्छ ।
7 Super me confirmatus est furor tuus: et omnes fluctus tuos induxisti super me.
तपाईंको क्रोध मलाई गह्रौं भएको छ र तपाईंका सबै छालहरू ममाथि बजारिन्छन् । सेला
8 Longe fecisti notos meos a me: posuerunt me abominationem sibi. Traditus sum, et non egrediebar:
तपाईंकै कारणले मेरा चिनजानकाहरूले मलाई बेवास्‍ता गर्छन् । तिनीहरूका निम्ति तपाईंले मलाई बिभत्‍स दृश्य बनाउनुभयो । म चारैतिरबाट घेरिएको छु र म उम्किन सक्दिनँ ।
9 oculi mei languerunt prae inopia. Clamavi ad te Domine tota die: expandi ad te manus meas.
मेरा आँखाहरू कष्‍टले कमजोर हुन्छन् । हे परमप्रभु, दिनभरि म तपाईंमा पुकारा गर्छु । म आफ्‍ना हातहरू तपाईंतिर फैलाउँछु ।
10 Numquid mortuis facies mirabilia: aut medici suscitabunt, et confitebuntur tibi?
के तपाईंले मृतहरूका निम्ति चमत्कार गर्नुहुन्छ र? के मरेकाहरू उठनेछन् अनि तपाईंको प्रशंसा गर्नेछन् र? सेला
11 Numquid narrabit aliquis in sepulchro misericordiam tuam, et veritatem tuam in perditione?
के तपाईंको करारको विश्‍वस्‍तता चिहानमा, तपाईंको बफदारिता मृतकहरूका ठाउँमा घोषणा गरिने छ र?
12 Numquid cognoscentur in tenebris mirabilia tua: et iustitia tua in terra oblivionis?
के तपाईंका अचम्‍मका कामहरू अन्‍धकारमा, वा तपाईंको धार्मिकता बिर्सने ठाउँमा थाहा हुनेछ र?
13 Et ego ad te, Domine, clamavi, et mane oratio mea praeveniet te.
तर हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु । बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ ।
14 Ut quid Domine repellis orationem meam: avertis faciem tuam a me?
हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्‍छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ?
15 Pauper sum ego, et in laboribus a iuventute mea: exaltatus autem, humiliatus sum et conturbatus.
मेरो जवान अवस्थादेखि नै म सधैं कष्‍टमा परेको र मृत्युको जोखिममा रहेको छु । तपाईंका त्रासहरूका दुःख मैले भोगेको छु । म निराशमा छु ।
16 In me transierunt irae tuae: et terrores tui conturbaverunt me.
तपाईंका क्रोधपूर्ण कामहरू ममाथि परेका छन् र तपाईंका डरलाग्‍दा कामहरूले मलाई नाश पारेका छन् ।
17 Circumdederunt me sicut aqua tota die: circumdederunt me simul.
तिनीहरूले मलाई दिनभरि पानीले झैं घेर्छन् । तिनीहरू सबैले मलाई घेरेका छन् ।
18 Elongasti a me amicum, et proximum: et notos meos a miseria.
तपाईंले हरेक मित्र र चिनजानकाहरूलाई मबाट हटाउनुभएको छ । मेरो चिनजानको भनेको अन्धकार मात्र हो ।

< Psalmorum 88 >