< Psalmorum 52 >
1 Psalmus In finem, Intellectus David, Cum venit Doeg Idumaeus, et nunciavit Sauli: Venit David in domum Abimelech. Quid gloriaris in malitia, qui potens es in iniquitate?
सङ्गीत निर्देशकको निम्ति, दावीदको मस्किल—जब एदोमी दोएग शाऊल राजाकहाँ गएर दावीदको बारेमा भनेका थिए: “दावीद अहीमेलेकको घरमा गएका छन्।” हे वीर मानिस, तँ किन आफ्ना दुष्ट काममा गर्व गर्छस्? किन सारा दिन घमण्ड गर्छस्, तँ, जो परमेश्वरको दृष्टिमा घृणित छस्?
2 Tota die iniustitiam cogitavit lingua tua: sicut novacula acuta fecisti dolum.
तँ छली कुरा गर्छस्, तेरा जिब्रोले विनाश पार्ने युक्ति रच्दछ; यो धारिलो छुरीजस्तै छ।
3 Dilexisti malitiam super benignitatem: iniquitatem magis quam loqui aequitatem.
तँ असल कुराभन्दा खराब कुरा मन पराउँछस्; सत्य कुरा बोल्नुभन्दा बरु झूटो कुरा गर्न रुचाउँछस्।
4 Dilexisti omnia verba praecipitationis, lingua dolosa.
ए छली जिब्रो! तँलाई हरेक हानिकारक शब्दहरू मन पर्छ।
5 Propterea Deus destruet te in finem, evellet te, et emigrabit te de tabernaculo tuo: et radicem tuam de terra viventium.
निश्चय नै परमेश्वरले तँलाई अनन्तको विनाशमा फाल्नुहुनेछ: उहाँले तँलाई तानेर तेरो वासस्थानबाट निकाल्नुहुनेछ; उहाँले तँलाई जीवितहरूका देशबाट जरैसमेत उखेल्नुहुनेछ।
6 Videbunt iusti, et timebunt, et super eum ridebunt, et dicent:
धर्मी जनहरू त्यो देखेर भय मान्नेछन्। तिनीहरूले यसो भनी तेरो हाँसो उडाउनेछन्,
7 ecce homo, qui non posuit Deum adiutorem suum: Sed speravit in multitudine divitiarum suarum: et praevaluit in vanitate sua.
“यो त्यही मानिस हो, जसले परमेश्वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो धेरै धनसम्पत्तिमा भरोसा राख्यो, र अरूलाई विनाश गर्दै आफूचाहिँ बलियो भयो!”
8 Ego autem, sicut oliva fructifera in domo Dei, speravi in misericordia Dei in aeternum: et in saeculum saeculi.
तर मचाहिँ परमेश्वरको भवनमा बढेको हरियो जैतुनको रूखजस्तो छु; म परमेश्वरको अचुक प्रेममा सदासर्वदा भरोसा गर्दछु।
9 Confitebor tibi in saeculum quia fecisti: et expectabo nomen tuum, quoniam bonum est in conspectu sanctorum tuorum.
तपाईंले गर्नुभएका कार्यहरूका कारण भक्तजनहरूको उपस्थितिमा सधैँ म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाममा म आशा राख्नेछु; किनकि तपाईंको नाम असल छ।