< Psalmorum 41 >
1 Psalmus David, in finem. Beatus vir qui intelligit super egenum, et pauperem: in die mala liberabit eum Dominus.
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। धन्य हुन् तिनीहरू, जसले गरिबलाई वास्ता गर्छन्; याहवेहले तिनीहरूलाई सङ्कष्टको दिनमा बचाउनुहुन्छ।
2 Dominus conservet eum, et vivificet eum, et beatum faciat eum in terra: et non tradat eum in animam inimicorum eius.
याहवेहले तिनीहरूको रक्षा गर्नुहुन्छ र जीवित राख्नुहुन्छ। तिनीहरू पृथ्वीका आशिषित मानिसहरूसँग गनिन्छन्। उहाँले तिनीहरूलाई तिनीहरूका वैरीहरूका इच्छामा छोड्नुहुन्न।
3 Dominus opem ferat illi super lectum doloris eius: universum stratum eius versasti in infirmitate eius.
याहवेहले तिनीहरूलाई बिरामी हुँदा सम्हाल्नुहुन्छ, र तिनीहरूलाई तिनीहरूका बिरामीको ओछ्यानबाट स्वस्थ पार्नुहुन्छ।
4 Ego dixi: Domine miserere mei: sana animam meam, quia peccavi tibi.
मैले भनेँ, “हे याहवेह, ममाथि कृपा गर्नुहोस्; मलाई निको पार्नुहोस्; किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।”
5 Inimici mei dixerunt mala mihi: Quando morietur, et peribit nomen eius?
मेरा शत्रुहरूले खराब कुरा बोलेर मलाई यसो भन्छन्, “त्यो कहिले मर्ला र त्यसको नामनिशानै मेटिएला?”
6 Et si ingrediebatur ut videret, vana loquebatur, cor eius congregavit iniquitatem sibi. Egrediebatur foras, et loquebatur
जब तीमध्ये कोही मलाई भेट्न आउँछ, त्यसले झूटो कुरा बोल्छ, र त्यसको हृदयले अधर्मका कुराहरू थुपार्छ; तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैलाउँछ।
7 in idipsum. Adversum me susurrabant omnes inimici mei: adversum me cogitabant mala mihi.
मलाई घृणा गर्नेहरू सबै एकमत भएर मेरो विरुद्धमा कानेखुसी गर्दछन्; तिनीहरू मेरो विरुद्धमा हानि चिताएर यसो भन्छन्,
8 Verbum iniquum constituerunt adversum me: Numquid qui dormit non adiiciet ut resurgat?
“त्यसलाई घातक रोग लागेको छ; त्यो बिरामी भएर जहाँ पस्रेको छ; त्यहाँबाट कहिल्यै उठ्नेछैन।”
9 Etenim homo pacis meae, in quo speravi: qui edebat panes meos, magnificavit super me supplantationem.
मेरो घनिष्ठ मित्रले, जसलाई मैले भरोसा गरेँ, जसले मेरै भोजन खान्थ्यो, त्यसले समेत मेरो विरुद्धमा लात उठाएको छ।
10 Tu autem Domine miserere mei, et resuscita me: et retribuam eis.
तर हे याहवेह, ममाथि कृपा गर्नुहोस्; मलाई खडा गर्नुहोस्, र म तिनीहरूलाई बदला लिन सकूँ!
11 In hoc cognovi quoniam voluisti me: quoniam non gaudebit inimicus meus super me.
म जान्दछु, तपाईं मसँग प्रसन्न हुनुहुन्छ; किनकि मेरा शत्रुहरू ममाथि विजयी हुन पाउँदैनन्।
12 Me autem propter innocentiam suscepisti: et confirmasti me in conspectu tuo in aeternum.
मेरो इमानदारीताको कारण तपाईंले मलाई सम्हाल्नुहुन्छ र मलाई तपाईंको उपस्थितिमा सदासर्वदा राख्नुहुन्छ।
13 Benedictus Dominus Deus Israel a saeculo, et usque in saeculum: fiat, fiat.
याहवेह, इस्राएलका परमेश्वरलाई, सदासर्वदा प्रशंसा होस्!