< Psalmorum 25 >

1 Psalmus David, in finem. Ad te Domine levavi animam meam:
दावीदको भजन। हे याहवेह, मेरा परमेश्‍वर, म मेरो भरोसा तपाईंमा राख्दछु।
2 Deus meus in te confido, non erubescam:
म तपाईंमा भरोसा गर्दछु; मलाई शर्ममा पर्न नदिनुहोस्, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्।
3 Neque irrideant me inimici mei: etenim universi, qui sustinent te, non confundentur.
तपाईंमा आशा राख्ने कोही पनि कहिल्यै शर्ममा पर्नेछैन, तर कारणविना विश्‍वासघात गर्नेहरू भने शर्ममा पर्नेछन्।
4 Confundantur omnes iniqua agentes supervacue. Vias tuas Domine demonstra mihi: et semitas tuas edoce me.
हे याहवेह, मलाई तपाईंका मार्गहरू देखाउनुहोस्; मलाई तपाईंका मार्गहरूका शिक्षा दिनुहोस्,
5 Dirige me in veritate tua, et doce me: quia tu es Deus salvator meus, et te sustinui tota die.
मलाई तपाईंको सत्यतामा अगुवाइ गर्नुहोस् र मलाई सिकाउनुहोस्; किनकि तपाईं मेरा मुक्तिदाता परमेश्‍वर हुनुहुन्छ, अनि मेरो आशा दिनभरि नै तपाईंमा राख्दछु।
6 Reminiscere miserationum tuarum Domine, et misericordiarum tuarum, quae a saeculo sunt.
हे याहवेह, तपाईंका महान् करुणा र प्रेमको स्मरण गर्नुहोस्, किनकि ती प्राचीनकालदेखि नै भएका छन्।
7 Delicta iuventutis meae, et ignorantias meas ne memineris. Secundum misericordiam tuam memento mei tu: propter bonitatem tuam Domine.
मेरा जवानीका पापहरू र मेरा अपराधहरू स्मरण नगर्नुहोस्। हे याहवेह, तपाईंको अचुक प्रेमअनुसार मेरो सम्झना गर्नुहोस्, किनकि तपाईं भलो हुनुहुन्छ।
8 Dulcis et rectus Dominus: propter hoc legem dabit delinquentibus in via.
याहवेह भलो र धर्मी हुनुहुन्छ। यसैकारण उहाँले पापीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ।
9 Diriget mansuetos in iudicio: docebit mites vias suas.
उहाँले नम्रहरूलाई ठिक कुरामा अगुवाइ गर्नुहुन्छ, र तिनीहरूलाई उहाँका मार्गहरू सिकाउनुहुन्छ।
10 Universae viae Domini, misericordia et veritas, requirentibus testamentum eius et testimonia eius.
याहवेहका करारका शर्तहरू पालन गर्नेहरूप्रति उहाँका सबै मार्गहरू प्रेमिलो र विश्‍वासयोग्य हुन्छन्।
11 Propter nomen tuum Domine propitiaberis peccato meo: multum est enim.
हे याहवेह, तपाईंको नामको खातिर, मेरो अपराध क्षमा गरिदिनुहोस्, किनकि मेरो यो अपराध अति ठूलो छ।
12 Quis est homo qui timet Dominum? legem statuit ei in via, quam elegit.
तब याहवेहको भय कसले मान्दछ? उहाँले तिनीहरूलाई कुन मार्गको छनौट गर्ने भन्‍ने शिक्षा दिनुहुनेछ।
13 Anima eius in bonis demorabitur: et semen eius hereditabit terram.
तिनीहरूले आफ्ना जीवन समृद्धिमा बिताउनेछन्, र तिनीहरूका सन्ततिले देशमा अधिकार गर्नेछन्।
14 Firmamentum est Dominus timentibus eum: et testamentum ipsius ut manifestetur illis.
उहाँको भय मान्‍नेहरूसँग याहवेहले मित्रता राख्नुहुन्छ, उहाँले तिनीहरूलाई आफ्नो करार बताउनुहुन्छ।
15 Oculi mei semper ad Dominum: quoniam ipse evellet de laqueo pedes meos.
मेरा आँखाहरू सधैँ याहवेहमा रहन्छन्, किनकि उहाँले मात्र मेरा खुट्टाहरू पासोबाट छुटाउनुहुनेछ।
16 Respice in me, et miserere mei: quia unicus et pauper sum ego.
हे याहवेह, मतिर फर्कनुहोस् र ममाथि कृपालु हुनुहोस्, किनकि म एकलो र पीडित छु।
17 Tribulationes cordis mei multiplicatae sunt: de necessitatibus meis erue me.
मेरा हृदयका कष्‍टहरू ज्यादै बढेका छन्; मेरा पीडाहरूबाट मलाई छुटकारा दिनुहोस्।
18 Vide humilitatem meam, et laborem meum: et dimitte universa delicta mea.
मेरा दुःख र मेरा पीडाहरूलाई हेर्नुहोस्, र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्।
19 Respice inimicos meos quoniam multiplicati sunt, et odio iniquo oderunt me.
हेर्नुहोस्, मेरा शत्रुहरू कति धेरै भएका छन्, र कति भयानक रीतिले मलाई तिनीहरू घृणा गर्दछन्।
20 Custodi animam meam, et erue me: non erubescam, quoniam speravi in te.
मेरो प्राणलाई रक्षा गर्नुहोस् र मेरो उद्धार गर्नुहोस्; मलाई शर्ममा नपार्नुहोस्, किनकि म तपाईंमा शरण पर्छु।
21 Innocentes et recti adhaeserunt mihi: quia sustinui te.
इमानदारीता र धार्मिकताले मेरो रक्षा गरून्, किनकि मेरो आशा याहवेह तपाईंमा छ।
22 Libera Deus Israel ex omnibus tribulationibus suis.
हे परमेश्‍वर, इस्राएललाई तिनीहरूका सबै कष्‍टहरूबाट मुक्त गरिदिनुहोस्!

< Psalmorum 25 >