< Psalmorum 141 >

1 Psalmus David. Domine clamavi ad te, exaudi me: intende voci meae, cum clamavero ad te.
दावीदको भजन। हे याहवेह, म तपाईंलाई पुकार्छु, तपाईं चाँडै मकहाँ आउनुहोस्; जब म तपाईंलाई पुकार्छु, मलाई सुनिदिनुहोस्!
2 Dirigatur oratio mea sicut incensum in conspectu tuo: elevatio manuum mearum sacrificium vespertinum.
मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपजस्तै होस्; र मैले आफ्ना हातहरू उचाल्दा, बेलुकीको त्यस बलिदानजस्तै ठहरिओस्!
3 Pone Domine custodiam ori meo: et ostium circumstantiae labiis meis.
हे याहवेह, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्; मेरा ओठहरूको ढोकामाथि रखवाली गरिदिनुहोस्!
4 Non declines cor meum in verba malitiae, ad excusandas excusationes in peccatis. Cum hominibus operantibus iniquitatem: et non communicabo cum electis eorum.
मेरो हृदय खराब कुरातिर आकर्षित नहोस्; ताकि अधर्मीहरूका दुष्कर्ममा म कुनै भाग नलिऊँ; साथै ती कुकर्मीहरूसित मिलेर मैले तिनीहरूको स्वादिष्‍ठ भोजन खान नपरोस्!
5 Corripiet me iustus in misericordia, et increpabit me: oleum autem peccatoris non impinguet caput meum. Quoniam adhuc et oratio mea in beneplacitis eorum:
धर्मी जनले मलाई हिर्काऊन्, त्यो त मेरो निम्ति दया हुनेछ; तिनले मलाई हप्काऊन्, त्योचाहिँ मेरो शिरको निम्ति तेल हुनेछ। मेरो शिरले त्यसलाई इन्कार गर्नेछैन; किनभने मेरो प्रार्थना सधैँ कुकर्मीहरूका कामको विरुद्ध हुन्छ।
6 absorpti sunt iuncti petrae iudices eorum. Audient verba mea quoniam potuerunt:
तिनीहरूका शासक भिरबाट तल खसालिनेछन्, र दुष्‍टहरूले जान्‍नेछन् कि, मेरा वचनहरू ठिक थिए।
7 sicut crassitudo terrae erupta est super terram. Dissipata sunt ossa nostra secus infernum: (Sheol h7585)
तिनीहरूले भन्‍नेछन्, “जसरी हलो जोत्नेले जमिन जोतेर फुटाउँछ, त्यसरी नै हाम्रा हाडहरू चिहानका मुखमा छरिएका छन्।” (Sheol h7585)
8 quia ad te Domine, Domine oculi mei: in te speravi, non auferas animam meam.
हे याहवेह प्रभु, मेरा आँखा तपाईंतिरै रहन्छन्; म तपाईंमा शरण लिन्छु; मेरो जीवन मृत्युलाई नदिनुहोस्!
9 Custodi me a laqueo, quem statuerunt mihi: et a scandalis operantium iniquitatem.
कुकर्मीहरूले मेरा निम्ति थापेको धरापबाट, तिनीहरूले थापेका पासोबाट मलाई रक्षा गर्नुहोस्!
10 Cadent in retiaculo eius peccatores: singulariter sum ego donec transeam.
म सकुशल उम्कँदा, दुष्‍टहरूचाहिँ तिनीहरूका आफ्नै जालमा फसून्।

< Psalmorum 141 >