< Psalmorum 121 >

1 Canticum graduum. Levavi oculos meos in montes, unde veniet auxilium mihi.
पर्वतहरूतिर म आफ्‍ना आँखाहरू उचाल्नेछु । मेरो सहायता कहाँबाट आउनेछ?
2 Auxilium meum a Domino, qui fecit caelum et terram.
मेरो सहायता परमप्रभुबाट आउँछ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
3 Non det in commotionem pedem tuum: neque dormitet qui custodit te.
उहाँले तिम्रो खुट्टा चिप्‍लन दिनुहुनेछैन । तिमीलाई सुरक्षा दिनुहुने, उहाँ उँघ्‍नुहुनेछैन ।
4 Ecce non dormitabit neque dormiet, qui custodit Israel.
हेर, इस्राएलको रक्षक न त उँघ्‍नुहुन्छ न त सुत्‍नुहुन्छ ।
5 Dominus custodit te, Dominus protectio tua, super manum dexteram tuam.
परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ । परमप्रभु तिम्रो दाहिने हातपट्टिको छहारी हुनुहुन्छ ।
6 Per diem sol non uret te: neque luna per noctem.
दिनमा तिमीलाई सूर्यले हानि गर्नेछैन, न त रातमा चन्द्रमाले कुनै हानि गर्नेछ ।
7 Dominus custodit te ab omni malo: custodiat animam tuam Dominus.
पमरप्रभुले तिमीलाई सबै हानिबाट सुरक्षा दिनुहुनेछ र उहाँले तिम्रो जीवनलाई सुरक्षा दिनुहुनेछ ।
8 Dominus custodiat introitum tuum, et exitum tuum: ex hoc nunc, et usque in saeculum.
तिमीले गर्ने सबै कुरामा परमप्रभुले तिमीलाई अहिले र सदासर्वदा रक्षा गर्नुहुनेछ ।

< Psalmorum 121 >