< Psalmorum 12 >

1 Psalmus David in finem, pro octava. Salvum me fac Domine, quoniam defecit sanctus: quoniam diminutae sunt veritates a filiis hominum.
सङ्गीत निर्देशकको निम्ति शिमिनिथ। दावीदको भजन। हे याहवेह, सहायता गर्नुहोस्; किनकि भक्तजन एकै जना पनि रहेनन्; विश्‍वासयोग्यहरू मानिसहरूका बीचबाट मासिसकेका छन्।
2 Vana locuti sunt unusquisque ad proximum suum: labia dolosa, in corde et corde locuti sunt.
हरेकले आफ्ना छिमेकीसँग झूटो बोल्छन्; तिनीहरूका ओठले चापलुसी गर्छन्; तर तिनीहरूका हृदयमा धोकाका कुरा राख्छन्।
3 Disperdat Dominus universa labia dolosa, et linguam magniloquam.
सबै चापलुसी गर्ने ओठहरूलाई र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई याहवेहले काटी फालिदेऊन्—
4 Qui dixerunt: Linguam nostram magnificabimus, labia nostra a nobis sunt, quis noster Dominus est?
तिनीहरू जसले भन्छन्, “हाम्रा जिब्राहरूले नै हामी जित्नेछौँ; हाम्रा ओठहरूले नै हामीलाई बचाउँछन्; हामीमाथि शासन गर्ने शासक को छ र?”
5 Propter miseriam inopum, et gemitum pauperum nunc exurgam, dicit Dominus. Ponam in salutari: fiducialiter agam in eo.
याहवेह भन्‍नुहुन्छ, “दुर्बलहरूमाथि भएको अत्याचार र खाँचोमा हुनेहरूको सुस्केराको कारणले म अब उठ्नेछु, म तिनीहरूलाई तिनीहरूको बदनाम गर्नेहरूबाट सुरक्षा गर्नेछु।”
6 Eloquia Domini, eloquia casta: argentum igne examinatum, probatum terrae purgatum septuplum.
याहवेहका वचनहरू खोटरहित छन्, ती भट्टीमा सात पल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्।
7 Tu Domine servabis nos: et custodies nos a generatione hac in aeternum.
हे याहवेह, तपाईंले खाँचोमा परेकाहरूलाई रक्षा गर्नुहुनेछ, र दुष्‍टहरूबाट हामीलाई सधैँ सुरक्षित राख्नुहुनेछ,
8 In circuitu impii ambulant: secundum altitudinem tuam multiplicasti filios hominum.
जब मानिसहरूका बीचमा दुष्‍टताको सम्मान हुन्छ; दुष्‍टहरू गमक्‍क भई खुल्‍ला रूपमा डुलिहिँड्छन्।

< Psalmorum 12 >