< Psalmorum 114 >
1 Alleluia. In exitu Israel de Aegypto, domus Iacob de populo barbaro:
जब इस्राएलीहरू इजिप्टबाट निस्किआए, जब याकोबको घराना विदेशी भाषा बोल्ने मानिसहरूका बीचबाट निस्केर आए,
2 Facta est Iudaea sanctificatio eius, Israel potestas eius.
तब यहूदा परमेश्वरको पवित्रस्थान, अनि इस्राएलचाहिँ उहाँको राज्य भयो।
3 Mare vidit, et fugit: Iordanis conversus est retrorsum.
त्यो देखेर लाल समुद्र भाग्यो; यर्दन नदी पछिल्तिर फर्कियो;
4 Montes exultaverunt ut arietes: et colles sicut agni ovium.
पर्वतहरू भेडाहरूझैँ, डाँडाहरू थुमाहरूझैँ उफ्रन लागे।
5 Quid est tibi mare quod fugisti: et tu Iordanis, quia conversus es retrorsum?
हे समुद्र, तँ किन भागिस्? हे यर्दन, तँ किन पछि फर्किस्?
6 Montes exultastis sicut arietes, et colles sicut agni ovium?
हे पर्वतहरू हो, तिमीहरू भेडाहरूझैँ, हे डाँडाहरू हो, तिमीहरू थुमाहरूझैँ किन उफ्र्यौ?
7 A facie Domini mota est terra, a facie Dei Iacob.
हे पृथ्वी, प्रभुको सामु, याकोबका परमेश्वरको सामु थरथरी काम्;
8 Qui convertit petram in stagna aquarum, et rupem in fontes aquarum.
जसले चट्टानलाई पानीका तलाउमा, कठोर चट्टानलाई पानीका मूलहरूमा परिवर्तन गर्नुभयो।