< Psalmorum 111 >

1 Alleluia. Confitebor tibi Domine in toto corde meo: in consilio iustorum, et congregatione.
याहवेहको प्रशंसा गर! म मेरो सारा हृदयले, धर्मी मानिसहरूको सभामा र समुदायमा म याहवेहलाई उच्‍च पार्नेछु।
2 Magna opera Domini: exquisita in omnes voluntates eius.
याहवेहका कार्यहरू महान् छन्; ती कार्यहरूमा प्रसन्‍न हुनेहरू सबैले तीमाथि मनन गर्छन्।
3 Confessio et magnificentia opus eius: et iustitia eius manet in saeculum saeculi.
उहाँका कार्य महिमामय र ऐश्‍वर्यपूर्ण छन्; र उहाँको धार्मिकता सदासर्वदा रहिरहन्छ।
4 Memoriam fecit mirabilium suorum, misericors et miserator Dominus:
उहाँले आफ्ना अद्‌भुत कार्यहरूको स्मरण गराउनुभएको छ; याहवेह अनुग्रही र दयालु हुनुहुन्छ।
5 escam dedit timentibus se. Memor erit in saeculum testamenti sui:
उहाँको भय मान्‍नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्छ; र उहाँ आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ।
6 virtutem operum suorum annunciabit populo suo:
अन्य राष्ट्रहरूको भूमि आफ्ना प्रजालाई दिएर, उहाँले तिनीहरूलाई आफ्ना कार्यको शक्ति प्रकट गर्नुभएको छ,
7 Ut det illis hereditatem gentium: opera manuum eius veritas, et iudicium.
उहाँका हातका कार्य विश्‍वासयोग्य र न्यायपूर्ण छन्; उहाँका सबै विधिहरू भरपर्दा छन्।
8 Fidelia omnia mandata eius: confirmata in saeculum saeculi, facta in veritate et aequitate.
ती सदासर्वदाको लागि अटल छन्, ती धार्मिकता र विश्‍वासयोग्यतामा लागू गरिएका छन्।
9 Redemptionem misit populo suo: mandavit in aeternum testamentum suum. Sanctum, et terribile nomen eius:
उहाँले आफ्ना प्रजाको निम्ति छुटकारा उपलब्ध गराउनुभयो; उहाँले आफ्नो करार सदाकालको निम्ति स्थिर होस् भनी आज्ञा दिनुभयो— उहाँको नाम पवित्र र भययोग्य छ।
10 initium sapientiae timor Domini. Intellectus bonus omnibus facientibus eum: laudatio eius manet in saeculum saeculi.
याहवेहको भय नै बुद्धिको सुरुवात हो; उहाँका विधिहरू पालन गर्नेहरू सबैले ठिक समझशक्ति पाउँछन्। उहाँको प्रशंसा अनन्तसम्म भइरहनेछ।

< Psalmorum 111 >