< Proverbiorum 5 >
1 Fili mi, attende ad sapientiam meam, et prudentiae meae inclina aurem tuam,
हे मेरो छोरो, मेरो बुद्धिमा ध्यान लगा । मेरो समझशक्तिमा कान थाप ।
2 ut custodias cogitationes, et disciplinam labia tua conservent. Ne attendas fallaciae mulieris.
यसरी तैँले विवेकको विषयमा सिक्ने छस्, र तेरो ओठले ज्ञानको रक्षा गर्न सक्ने छ ।
3 favus enim distillans labia meretricis, et nitidius oleo guttur eius.
किनकि व्यभिचारी स्त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ ।
4 novissima autem illius amara quasi absinthium, et acuta quasi gladius biceps.
तर अन्त्यमा त्यो ऐरेलु जत्तिकै तितो हुन्छ, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ ।
5 Pedes eius descendunt in mortem, et ad inferos gressus illius penetrant. (Sheol )
त्यसको खुट्टा मृत्युतिर ओह्रालो लाग्छ । त्यसका कदमहरू पातालको मार्गमा जान्छन् । (Sheol )
6 Per semitam vitae non ambulant, vagi sunt gressus eius, et investigabiles.
त्यसले जीवनको मार्गको बारेमा सोच्दैन । त्यसका चालहरू भौँतारिन्छन् । कहाँ जाँदै छे भनी त्यसलाई थाहै हुँदैन ।
7 Nunc ergo fili mi audi me, et ne recedas a verbis oris mei.
अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरो मुखका वचनहरू सुन्नदेखि नतर्क ।
8 Longe fac ab ea viam tuam, et ne appropinques foribus domus eius.
तिमीहरूको मार्ग त्यसबाट परै राख, र त्यसको घरको ढोका नजिक नआओ ।
9 Ne des alienis honorem tuum, et annos tuos crudeli.
यसरी तिमीहरूले आफ्नो इज्जत अरूलाई दिने छैनौ वा तिमीहरूको उमेर क्रुर व्यक्तिलाई दिने सुम्पने छैनौ ।
10 ne forte implentur extranei viribus tuis, et labores tui sint in domo aliena,
परदेशीहरूले तिमीहरूको धन-सम्पत्तिमा भोज लगाउने छैनन् । तिमीहरूले जेको लागि काम गरेका छौ, त्यो परदेशीहरूको घरमा जाने छैन ।
11 et gemas in novissimis, quando consumpseris carnes tuas et corpus tuum, et dicas:
तिमीहरूका मासु र छाला गलिसक्दा तिमीहरूको जीवनको अन्त्यमा तिमीहरूले विलाप गर्ने छौ ।
12 Cur detestatus sum disciplinam, et increpationibus non acquievit cor meum,
तिमीहरूले भन्ने छौ, “हाय, मैले निर्देशनलाई कसरी घृणा गरेँ, र मेरो हृदयले सुधारलाई तुच्छ ठान्यो!
13 nec audivi vocem docentium me, et magistris non inclinavi aurem meam?
मैले मेरा शिक्षकहरूको आज्ञा मानिनँ वा मेरा प्रशिक्षकहरूका कुरा सुन्न कान थापिनँ ।
14 Pene fui in omni malo, in medio ecclesiae et synagogae.
सभाको बिचमा, मानिसहरूको जमघटमा म झण्डै पूर्ण रूपमा विनाश भएँ ।”
15 Bibe aquam de cisterna tua, et fluenta putei tui:
आफ्नै कुण्डको पानी पिउनू, र आफ्नै कुवाबाट बगेको पानी पिउनू ।
16 Deriventur fontes tui foras, et in plateis aquas tuas divide.
के तेरो कुवाको पानी जताततै र तेरो खोलाको पानी सार्वजनिक चोकहरूमा बग्न दिने?
17 Habeto eas solus, nec sint alieni participes tui.
ती तेरा लागि मात्र होऊन्, र तँसित भएका परदेशीहरूका लागि नहोऊन् ।
18 Sit vena tua benedicta, et laetare cum muliere adolescentiae tuae:
तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित भएको होस् ।
19 cerva charissima, et gratissimus hinnulus. ubera eius inebrient te in omni tempore, in amore eius delectare iugiter.
किनकि त्यो मायालु मृग र अनुग्रहमय हरिणझैँ छे । त्यसका स्तनहरूले तँलाई सधैँभरि सन्तुष्ट पारून् । त्यसको प्रेमद्वारा तँ निरन्तर रूपमा मोहित तुल्याइएको होस् ।
20 Quare seduceris fili mi ab aliena, et foveris in sinu alterius?
हे मेरो छोरो, तँ किन व्यभिचारी स्त्रीद्वारा फसाइने? तैँले किन अनैतिक स्त्रीलाई अङ्गालो हाल्ने?
21 Respicit Dominus vias hominis, et omnes gressus eius considerat.
मानिसले गर्ने हरेक कुरो परमप्रभुले देख्नुहुन्छ, र त्यसका सबै मार्गलाई उहाँले निगरानी गर्नुहुन्छ ।
22 Iniquitates suas capiunt impium, et funibus peccatorum suorum constringitur.
दुष्ट व्यक्ति आफ्नै अधर्मद्वारा पासोमा पर्ने छ । त्यसको पापका डोरीहरूले त्यसलाई कसेर बाँध्ने छ ।
23 Ipse morietur, quia non habuit disciplinam, et in multitudine stultitiae suae decipietur.
निर्देशनको कमीले त्यो मर्ने छ । त्यसको असीम मूर्खताद्वारा त्यसले बाटो बिराउँछ ।