< Nehemiæ 12 >
1 Hi sunt autem Sacerdotes et Levitae, qui ascenderunt cum Zorobabel filio Salathiel, et Iosue: Saraia, Ieremias, Esdras,
शालतिएलका छोरा यरुबाबेल र येशूआसित कैदबाट फर्कने पुजारीहरू र लेवीहरू यिनै थिए: सरायाह, यर्मिया, एज्रा,
2 Amaria, Melluch, Hattus,
अमर्याह, मल्लूक, हत्तूश,
3 Sebenias, Rheum, Merimuth,
शकन्याह, रेहूम, मरेमोत,
इद्दो, गिन्नतोन, अबीयाह,
मिय्यामीन, मअद्याह, बिल्गा,
6 Semeia, et Ioiarib, Idaia, Sellum, Amoc, Helcias,
शमायाह, यहोयारीब, यदायाह,
7 Idaia. Isti principes Sacerdotum, et fratres eorum in diebus Iosue.
सल्लू, आमोक, हिल्कियाह र यदायाह।
8 Porro Levitae, Iesua, Bennui, Cedmihel, Sarebia, Iuda, Mathanias, super hymnos ipsi et fratres eorum:
लेवीहरू यिनीहरू नै थिएः येशूआ, बिन्नूई, कदमिएल, शेरेबियाह, यहूदा र मत्तन्याह, जो तिनका सहयोगीहरूसित धन्यवादी गीतहरूका जिम्मेवार थिए।
9 et Becbecia atque Hanni, et fratres eorum unusquisque in officio suo.
तिनीहरूका सहयोगीहरू उन्नी र बक्बुक्याह सङ्गीत सेवाहरूमा तिनीहरूको सामु उभिन्थे।
10 Iosue autem genuit Ioachim, et Ioachim genuit Eliasib, et Eliasib genuit Ioiada,
येशूआ योयाकीमका पिता थिए, योयाकीम एल्यासीबका पिता थिए, एल्यासीब यहोयादाका पिता थिए।
11 et Ioiada genuit Ionathan, et Ionathan genuit Ieddoa.
यहोयादा जोनाथनका पिता थिए, अनि जोनाथन यद्दूआका पिता थिए।
12 In diebus autem Ioachim erant Sacerdotes et principes familiarum: Saraiae, Maraia: Ieremiae, Hanania:
योयाकीमको समयमा यिनै पुजारी परिवारहरूका अगुवाहरू थिए: सरायाहका परिवारका मरायाह; यर्मियाका हनन्याह;
13 Esdrae, Mosollam: Amariae, Iohanan:
एज्राका मशुल्लाम; अमर्याहका येहोहानान;
14 Milicho, Ionathan, Sebeniae, Ioseph:
मल्लूकका जोनाथन; शकन्याहका योसेफ;
15 Haram, Edna: Maraioth, Helci:
हारीमका अदना; मरायोतका हल्कै;
16 Adaiae, Zacharia, Genthon, Mosollam:
इद्दोका जकरिया; गिन्नतोनका मशुल्लाम;
17 Abiae, Zechri, Miamin et Moadiae, Phelti:
अबीयाहका जिक्री; मिन्यामीन र मोअद्याहका पिल्तै;
18 Belgae, Sammua: Semaiae, Ionathan,
बिल्गाका शम्मूआ; शमायाहका यहोनातान;
19 Ioiarib, Mathanai: Iodaiae, Azzi:
यहोयारीबका मत्तनै; यदायाहका उज्जी;
20 Sellai, Celai: Amoc, Heber:
सल्लूका कल्लै; आमोकका एबेर;
21 Helciae, Hasebia: Idaiae, Nathanael.
हिल्कियाहका हशब्याह; यदायाहका नथनिएल।
22 Levitae in diebus Eliasib, et Ioiada, et Iohanan, et Ieddoa scripti principes familiarum, et Sacerdotes in regno Darii Persae.
एल्यासीब, यहोयादा, योहानान र यद्दूआका साथै पुजारीहरूको पनि समयमा लेवीहरूका परिवारका अगुवाहरू परसीयाका राजा दाराको शासनकालमा दर्ता गरिएका थिए।
23 Filii Levi principes familiarum, scripti in Libro verborum dierum, et usque ad dies Ionathan, filii Eliasib.
एल्यासीबका छोरा योहानानको समयसम्मका लेवीका सन्तानहरूका परिवारका अगुवाहरू इतिहासको पुस्तकमा लेखिएका थिए।
24 Et principes Levitarum, Hasebia, Serebia, et Iosue filius Cedmihel: et fratres eorum per vices suas, ut laudarent et confiterentur iuxta praeceptum David viri Dei, et observarent aeque per ordinem.
लेवीहरूका अगुवाहरू यिनीहरू नै थिएः हशब्याह, शेरेबियाह, कदमिएल छोरा येशूआ र तिनीहरूका सहयोगीहरू, परमेश्वरका जन दावीदले तोकिदिएअनुसार तिनीहरू पालैपालो धन्यवाद र प्रशंसा चढाउन एक दल अर्को दलको सामु खडा हुन्थे।
25 Mathania, et Becbecia, Obedia, Mosollam, Telmon, Accub custodes portarum et vestibulorum ante portas.
मत्तन्याह, बक्बुक्याह, ओबदियाह, मशुल्लाम, तल्मोन र अक्कूबचाहिँ द्वारपालहरू थिए, जो मूलढोकाहरूका भण्डार कोठाहरूमा पहरा दिन्थे।
26 Hi in diebus Ioachim filii Iosue, filii Iosedec, et in diebus Nehemiae ducis, et Esdrae sacerdotis scribaeque.
तिनीहरूले येशूआका छोरा, योसादाकका नाति योयाकीमको पालोमा र राज्यपाल नहेम्याह र पुजारी शिक्षक एज्राका पालामा सेवा गरेका थिए।
27 In dedicatione autem muri Ierusalem requisierunt Levitas de omnibus locis suis ut adducerent eos in Ierusalem, et facerent dedicationem et laetitiam in actione gratiarum, et cantico, et in cymbalis, psalteriis, et citharis.
यरूशलेमको पर्खालको समर्पणमा धन्यवादी गीतहरूको साथै झ्याली, वीणा र सारङ्गीको सङ्गीतको साथमा आनन्दसाथ समर्पणको उत्सव मनाउनका लागि लेवीहरूलाई तिनीहरू बसोबास गरेका ठाउँहरूबाट खोजी निकालेर यरूशलेममा ल्याइयो।
28 Congregati sunt autem filii cantorum de campestribus circa Ierusalem, et de villis Nethuphathi,
यरूशलेमका चारैतिरका इलाकाहरूबाट पनि सङ्गीतकारहरूलाई नतोपातीहरूका गाउँहरूबाट ल्याइयो।
29 et de domo Galgal, et de regionibus Geba et Azmaveth: quoniam villas aedificaverunt sibi cantores in circuitu Ierusalem.
बेत-गिलगालबाट, गेबा र अज्मावेतका इलाकाहरूबाट आए; किनकि सङ्गीतकारहरूले आफ्ना निम्ति यरूशलेमका वरिपरि गाउँहरू बसाएका थिए।
30 Et mundati sunt Sacerdotes et Levitae, et mundaverunt populum, et portas, et murum.
पुजारीहरू र लेवीहरूले आफूलाई विधिपूर्वक शुद्ध पारे; साथै तिनीहरूले मानिसहरू, मूलढोकाहरू र पर्खाललाई शुद्ध पारे।
31 Ascendere autem feci principes Iuda super murum, et statui duos magnos choros laudantium. Et ierunt ad dexteram super murum ad portam sterquilinii.
त्यसपछि मैले यहूदाका अगुवाहरूलाई पर्खालमाथि जान लगाएँ। मैले दुई वटा ठूला गायन झुण्डहरूलाई पनि धन्यवाद चढाउने काममा नियुक्त गरेँ। एक दलचाहिँ पर्खालमाथि चढेर दाहिनेपट्टि फोहोर ढोकातिर जानुपर्ने थियो।
32 Et ivit post eos Osaias, et media pars principum Iuda,
होशायाह र यहूदाका आधा भाग अगुवाहरूले तिनीहरूलाई पछ्याए;
33 et Azarias, Esdras, et Mosollam,
अनि अजर्याह, एज्रा, मशुल्लाम,
34 Iudas, et Beniamin, et Semeia, et Ieremias.
यहूदा, बेन्यामीन, शमायाह, यर्मिया,
35 Et de filiis sacerdotum in tubis, Zacharias filius Ionathan, filius Semeiae, filius Mathaniae, filius Michaiae, filius Zechur, filius Asaph,
केही पुजारीहरू तुरही सहित र जकरिया जोनाथनका छोरा, जो शमायाहका छोरा, जो मत्तन्याहका छोरा, जो मीकायाका छोरा, जो जक्कूरका छोरा, जो आसापका छोरा थिए;
36 et fratres eius Semeia, et Azareel, Malalai, Galalai, Maai, Nathanael, et Iudas, et Hanani, in vasis cantici David viri Dei: et Esdras scriba ante eos in porta Fontis.
अनि जकरियाका सहयोगी दाजुभाइहरू शमायाह, अजरेल, मिललै, गिललै, माए, नथनिएल, यहूदा र हनानी—तिनीहरू परमेश्वरका जन दावीदले तोकिदिएका वाद्य-वाजाहरूसित थिए। व्यवस्थाको शिक्षक एज्रालेचाहिँ शोभायात्राको नेतृत्व गरे।
37 Et contra eos ascenderunt in gradibus civitatis David in ascensu muri super domum David, et usque ad portam Aquarum ad Orientem.
फोहरा मूलढोकामा तिनीहरूले दावीदको सहरका खुड्किलाहरूमा सोझै माथि उक्लँदै अगि बढे, र पर्खालमाथि चढे। त्यसपछि तिनीहरू दावीदको घरमाथिबाट पार भएर पूर्वतिरको पानी मूलढोकामा गए।
38 Et chorus secundus gratias referentium ibat ex adverso, et ego post eum, et media pars populi super murum et super turrim furnorum, et usque ad murum latissimum,
गायन-झुण्डको दोस्रो दलचाहिँ विपरीत दिशातिर बढे। म आधा मानिसहरूसँगै पर्खालको माथिसम्म तिनीहरूका पछि-पछि गएँ र भट्टीको धरहरा पार गरेर चौडा पर्खालसम्म गएँ।
39 et super portam Ephraim, et super portam antiquam, et super portam piscium et turrim Hananeel, et turrim Emath, et usque ad portam gregis: et steterunt in porta custodiae,
एफ्राइम मूलढोकामाथि, येशना ढोका, माछा ढोका, हननेलको धरहरा र सयको धरहराहुँदै भेडा ढोकासम्म गएँ। अनि तिनीहरू पहरेदार ढोकामा रोकिए।
40 steteruntque duo chori laudantium in domo Dei, et ego, et dimidia pars magistratuum mecum.
धन्यवाद चढाइसकेपछि दुई वटा गायन झुण्डहरू परमेश्वरको भवनमा तिनीहरूका ठाउँमा बसे; अनि मैले पनि तिनीहरूसित त्यसै गरेँ, अर्थात् अधिकृतहरूको आधा भागहरूसँग बसेँ।
41 Et Sacerdotes, Eliachim, Maasia, Miamin, Michea, Elioenai, Zacharia, Hanania in tubis,
साथै पुजारीहरू एल्याकीम, मासेयाह, मिन्यामीन, मीकाया, एल्योएनै, जकरिया र हनन्याहसँगै तिनीहरूका तुरही बजाउँदै हिँडे।
42 et Maasia, et Semeia, et Eleazar, et Azzi, et Iohanan, et Melchia, et Aelam, et Ezer. Et clare cecinerunt cantores, et Iezraia praepositus:
साथै मासेयाह, शमायाह, एलाजार, उज्जी, येहोहानान, मल्कियाह, एलाम र एजेर थिए। गायन झुण्डले यिज्रयाहको निर्देशनमा गीत गाए।
43 et immolaverunt in die illa victimas magnas, et laetati sunt: Deus enim laetificaverat eos laetitia magna: sed et uxores eorum et liberi gavisi sunt, et audita est laetitia Ierusalem procul.
परमेश्वरले तिनीहरूलाई ठूलो आनन्द दिनुभएकोमा त्यस दिन तिनीहरूले आनन्दसाथ ठूलो बलिदानहरू चढाए। स्त्रीहरू र केटाकेटीहरूले पनि आनन्द मनाए। यरूशलेममा हर्ष मनाइएको आवाज धेरै टाढासम्म पनि सुन्न सकिन्थ्यो।
44 Recensuerunt quoque in die illa viros super gazophylacia thesauri ad libamina, et ad primitias, et ad decimas, ut introferrent per eos principes civitatis in decore gratiarum actionis, Sacerdotes et Levitas: quia laetificatus est Iuda in Sacerdotibus et Levitis astantibus.
त्यस बेला भेटीहरू, अगौटे फलहरू र दशांशहरूका भण्डार कोठाहरूको जिम्मावाल हुनलाई मानिसहरू नियुक्त गरियो। तिनीहरूले सहरहरूका वरिपरिका खेतहरूबाट व्यवस्थाअनुसार पुजारीहरू र लेवीहरूका निम्ति तोकिएका भागहरू भण्डार कोठाहरूमा जम्मा गर्नुपर्थ्यो, किनकि सेवा गर्ने पुजारीहरू र लेवीहरूसित सारा यहूदाबासीहरू खुशी थिए।
45 Et custodierunt observationem Dei sui, et observationem expiationis, et cantores, et ianitores iuxta praeceptum David, et Salomonis filii eius,
तिनीहरूले आफ्ना परमेश्वरको सेवा र शुद्धीकरणको सेवा गर्थे। सङ्गीतकारहरू र द्वारपालहरूले पनि दावीद र तिनका छोरा सोलोमनका आदेशअनुसार सेवा गर्थे।
46 quia in diebus David et Asaph ab exordio erant principes constituti cantorum in carmine laudantium, et confitentium Deo.
किनकि धेरै समयअगि दावीद र आसापका समयमा सङ्गीतकारहरूका निम्ति र परमेश्वरलाई प्रशंसा र धन्यवादका गीतहरू गाउनेहरूका निम्ति निर्देशकहरू हुन्थे।
47 Et omnis Israel, in diebus Zorobabel, et in diebus Nehemiae dabant partes cantoribus et ianitoribus per dies singulos, et sanctificabant Levitas, et Levitae sanctificabant filios Aaron.
यसकारण यरुबाबेल र नहेम्याहका दिनहरूमा सारा इस्राएलले सङ्गीतकारहरू र द्वारपालहरूका निम्ति दैनिक भागहरू दिए। तब तिनीहरूले अरू लेवीहरूका निम्ति पनि भाग छुट्याएर राख्थे; अनि लेवीहरूले चाहिँ हारूनका सन्तानको भाग छुट्ट्याए।