< Nahum Propheta 3 >

1 Vae civitas sanguinum, universa mendacii dilaceratione plena: non recedet a te rapina.
रक्तपातले भरिएको सहरलाई धिक्‍कार! जो झूटले भरिएको छ, र लुटपाटका धनले भरिएको छ। जो पीडितबाट कहिल्यै मुक्त छैन!
2 Vox flagelli, et vox impetus rotae, et equi frementis, et quadrigae ferventis, et equitis ascendentis:
कोर्राहरूको आवाज, चक्‍काहरूको गडगडाहट, घोडाहरूको दौड र रथहरू थर्केका आवाज!
3 et micantis gladii, et fulgurantis hastae, et multitudinis interfectae, et gravis ruinae: nec est finis cadaverum, et corruent in corporibus suis.
युद्धका घोडचढीहरूको हमला, चम्किला तरवारहरू र टल्किने भालाहरू! मारिएका धेरै-धेरै छन्; लासहरूका रासमाथि रास, अनगन्ती मृत शरीरहरू, मानिसहरू लासहरूमा ठेस खाँदै हिँड्छन्—
4 Propter multitudinem fornicationum meretricis speciosae, et gratae, et habentis maleficia, quae vendidit gentes in fornicationibus suis, et familias in maleficiis suis:
यी सबै त्यस वेश्याको कामुकताको कारणले गर्दा हो; त्यो टुनामुनाद्वारा लोभ्याउने मालिक्नी हो, जसले आफ्नो वेश्यावृत्तिद्वारा राष्ट्रहरूलाई र आफ्नो तन्त्रमन्त्रले जातिहरूलाई दास बनाउँथी।
5 Ecce ego ad te, dicit Dominus exercituum, et revelabo pudenda tua in facie tua, et ostendam Gentibus nuditatem tuam, et regnis ignominiam tuam.
“म तेरो विरुद्धमा छु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “मुखैसम्म म तेरा फरिया उचाल्नेछु। म तेरो नाङ्गोपना राष्ट्रहरूलाई र तेरो लाज राज्यहरूलाई देखाउनेछु।
6 Et proiiciam super te abominationes, et contumeliis te afficiam, et ponam te in exemplum.
म तँलाई घिनलाग्दो फोहोरले ढाक्नेछु, म तँलाई घृणित व्यवहार गर्नेछु, र तँलाई मानिसहरूका सामु तमाशा ठहराउनेछु।
7 Et erit: omnis, qui viderit te, resiliet a te, et dicet: Vastata est Ninive: quis commovebit super te caput? unde quaeram consolatorem tibi?
तँलाई देख्नेहरू सबै तँबाट तर्केर भाग्नेछन्, र भन्‍नेछन्, ‘निनवे ध्वस्त भएको छ। त्यसका निम्ति कसले विलौना गर्ला?’ तँलाई सान्त्वना दिने व्यक्ति मैले कहाँ भेट्टाउँला?”
8 Numquid melior es Alexandria populorum, quae habitat in fluminibus? aquae in circuitu eius: cuius divitiae, mare: aquae muri eius.
के तँ नील नदीका किनारामा अवस्थित चारैपट्टि पानीले घेरिएको इजिप्टको राजधानी थेबेसभन्दा असल छस्? त्यसको सुरक्षा नील नदी थियो; अनि पानी सहरको पर्खालजस्तै थियो।
9 Aethiopia fortitudo eius, et Aegyptus, et non est finis: Aphrica, et Libyes fuerunt in auxilio tuo.
कूश र इजिप्ट त्यसको असीम शक्ति थिए; पूत र लिबिया त्यसका मित्र राष्ट्रहरू थिए।
10 Sed et ipsa in transmigrationem ducta est in captivitatem: parvuli eius elisi sunt in capite omnium viarum, et super inclytos eius miserunt sortem, et omnes optimates eius confixi sunt in compedibus.
तापनि त्यसलाई कैदमा लगियो, र त्यो निर्वासनमा गयो। त्यसका स-साना बालबच्‍चाहरू सडकका कुना-कुनामा पछारी-पछारी मारिए। त्यसका अगुवाहरूमाथि चिट्ठा हालियो, र त्यसका सबै अगुवाहरूलाई साङ्लाहरूले बाँधिए।
11 Et tu ergo inebriaberis, et eris despecta: et tu quaeres auxilium ab inimico.
तँ निनवे पनि मात्तिनेछेस्; तँ लुकेर भाग्नेछस्, र शत्रुहरूबाट बच्न शरण खोजी गर्नेछस्।
12 Omnes munitiones tuae sicut ficus cum grossis suis: si concussae fuerint, cadent in os comedentis.
तेरा सबै बलिया किल्‍लाहरू नेभाराका रूखहरूजस्तै, पाकेका पहिलो फलले भरिएका छन्; जब ती बोटहरूलाई हल्‍लाइन्छ, तब ती नेभाराहरू खानेहरूका मुखैमा झर्दछन्।
13 Ecce populus tuus mulieres in medio tui: inimicis tuis adapertione pandentur portae terrae tuae, devorabit ignis vectes tuos.
तेरा सेनाका दलहरूलाई हेर्, ती सबै बेसहारा स्त्रीहरूजस्ता मात्र छन्! तेरा देशका मूलढोकाहरू तेरा शत्रुहरूका निम्ति उदाङ्गै खोलिएका छन्; तिनका गजबारहरू आगोले भस्म पारेको छ।
14 Aquam propter obsidionem hauri tibi, extrue munitiones tuas: intra in lutum, et calca, subigens tene laterem.
शत्रुको घेराबन्दीमा पर्नुअगि आफ्ना निम्ति पानी भरेर राख्; आफ्ना प्रतिरक्षालाई बलियो पार्! माटो मुछेर तयार गर्; हिलो माटोलाई कुल्चीमिल्ची पार्, र इँटाको साँचाहरू मर्मत गर्!
15 Ibi comedet te ignis: peribis gladio, devorabit te ut bruchus: congregare ergo ut bruchus: multiplicare ut locusta.
त्यहाँ तँलाई आगोले जलाएर भस्म पार्नेछ; तरवारले तँलाई टुक्रा-टुक्रा पार्नेछ; तिनीहरूले तँलाई सलहले जस्तै स्वाहा पार्नेछन्। फट्याङ्ग्राले जस्तो आफ्नो संख्या बढा; सलहले जस्तै आफ्नो अनगन्ती संख्या बढा!
16 Plures fecisti negotiationes tuas quam stellae sint caeli: bruchus expansus est, et avolavit.
तैँले आफ्ना व्यापारीहरूको संख्या आकाशका अनगन्ती ताराहरू जत्तिकै बढाएको छस्; तर सलहले झैँ तिनीहरूले देशलाई नाङ्गो पार्छन्, र त्यसपछि तिनीहरू उडेर जान्छन्।
17 Custodes tui quasi locustae: et parvuli tui quasi locustae locustarum, quae considunt in sepibus in die frigoris: sol ortus est, et avolaverunt, et non est cognitus locus earum ubi fuerint.
तेरा पहरेदारहरू सलहहरूजस्ता छन्, तेरा अधिकारीहरू सलहहरूका बथानजस्ता छन्, जो जाडोमा भित्ताहरूमा टाँसिएर बस्छन्; तर जब घाम उदाउँछ, तिनीहरू उडेर टाढा जान्छन्, र ती कहाँ जान्छन्, सो कसैले जान्दैन।
18 Dormitaverunt pastores tui, rex Assur: sepelientur principes tui: latitavit populus tuus in montibus, et non est qui congreget.
हे अश्शूरको राजा, तेरा गोठालाहरू निदाउँछन्; तेरा भारदारहरू आराम गर्नलाई ढल्किन्छन्। तेरा मानिसहरू पर्वतहरूहुँदो छरपस्ट छन्। तिनीहरूलाई एकसाथ जम्मा गर्ने कोही पनि छैन।
19 Non est obscura contritio tua, pessima est plaga tua: omnes qui audierunt auditionem tuam, compresserunt manum super te: quia super quem non transiit malitia tua semper?
कुनै पनि कुराले तँलाई निको पार्न सक्दैन; तेरो चोट प्राणघातक छ। जसले तेरो बारेमा सुन्छन्, तेरो पतनमा आफ्नो हातले ताली बजाउँछन्; किनकि तेरो कहिल्यै अन्त्य नहुने क्रूरता कसले भोगेको छैन र?

< Nahum Propheta 3 >