< Leviticus 8 >
1 Locutusque est Dominus ad Moysen, dicens:
याहवेहले मोशालाई भन्नुभयो,
2 Tolle Aaron cum filiis suis, vestes eorum, et unctionis oleum, vitulum pro peccato, duos arietes, canistrum cum azymis,
“हारून र त्यसका छोराहरूलाई, तिनीहरूका पोशाकहरू, अभिषेक गर्ने तेल, पाप शुद्धीकरण बलिका निम्ति साँढे, दुई वटा भेडाहरू र खमिर नमिसाइएको रोटी भएका डालो लिएर आइज।
3 et congregabis omnem coetum ad ostium tabernaculi.
अनि सारा समुदायलाई समागम पालको प्रवेशद्वारमा भेला गर्।”
4 Fecit Moyses ut Dominus imperaverat. Congregataque omni turba ante fores tabernaculi,
तब याहवेहले आज्ञा गर्नुभएझैँ मोशाले गरे। अनि समागम पालको प्रवेशद्वारमा समुदाय भेला भयो।
5 ait: Iste est sermo, quem iussit Dominus fieri.
मोशाले समुदायलाई भने, “याहवेहले यसो गर्नू भन्ने आज्ञा दिनुभएको छ।”
6 Statimque obtulit Aaron et filios eius. Cumque lavisset eos,
तब मोशाले हारून र तिनका छोराहरूलाई अगाडि ल्याएर पानीले नुहाइदिए।
7 vestivit pontificem subucula linea, accingens eum balteo, et induens eum tunica hyacinthina, et desuper humerale imposuit,
तिनले हारूनलाई अलखा लगाइदिए। पटुका बाँधिदिए, र तिनलाई लबेदा लगाएर एपोदको पोशाक पहिर्याइदिए। तिनले उनमा कुशल शिल्पकारद्वारा तयार गरिएको पटुकाले एपोद पनि बाँधिदिए। यसरी त्यो तिनमा कसियो।
8 quod astringens cingulo aptavit rationali, in quo erat Doctrina et Veritas.
तिनले उनीमाथि छाती-पाता लगाएर त्यसमा ऊरीम र तुम्मीम लगाइदिए।
9 Cidari quoque texit caput: et super eam, contra frontem, posuit laminam auream consecratam in sanctificatione, sicut praeceperat ei Dominus.
त्यसपछि तिनले हारूनको शिरमा फेटा लगाइदिए। अनि याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले सुनको पाता र पवित्र मुकुट त्यसको सामु लगाइदिए।
10 Tulit et unctionis oleum, quo linivit tabernaculum cum omni supellectili sua.
त्यसपछि मोशाले अभिषेक गर्ने तेल लिएर समागम पाल र त्यसभित्र भएका प्रत्येक चीजलाई अर्पण गरे; र सबै कुराहरूलाई पवित्र गरे।
11 Cumque sanctificans aspersisset altare septem vicibus, unxit illud, et omnia vasa eius, labrumque cum basi sua sanctificavit oleo.
तिनले वेदी र त्यसका सबै भाँडाकुँडा, बाटा र त्यसको खम्बालाई अर्पण गर्नलाई अभिषेक गर्दै केही तेल वेदीमाथि सात चोटि छर्के।
12 Quod fundens super caput Aaron, unxit eum, et consecravit:
तिनले अभिषेक गर्ने तेलबाट केही लिएर हारूनलाई पवित्र गरे, र अभिषेक गर्नका लागि तिनको शिरमाथि खन्याए।
13 filios quoque eius oblatos vestivit tunicis lineis, et cinxit balteis, imposuitque mitras, ut iusserat Dominus.
त्यसपछि तिनले हारूनका छोराहरूलाई अगाडि ल्याएर लबेदा लगाइदिए। पटुका बाँधिदिए, र याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ तिनीहरूको शिरमा फेटा बाँधिदिए।
14 Obtulit et vitulum pro peccato. cumque super caput eius posuisset Aaron, et filii eius manus suas,
त्यसपछि तिनले पाप शुद्धीकरण बलिको बाछा अगाडि ल्याए। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि हात राखे।
15 immolavit eum: hauriens sanguinem, et tincto digito, tetigit cornua altaris per gyrum. quo expiato et sanctificato, fudit reliquum sanguinem ad fundamenta eius.
मोशाले त्यस बाछालाई मारे। अनि केही रगत लिएर वेदीलाई शुद्ध पार्नलाई आफ्ना औँलाले वेदीका सबै सिङहरूमाथि छर्के। तिनले उब्रेको रगत वेदीको फेदमा खन्याइदिए। यसरी तिनले प्रायश्चित गर्नलाई वेदीलाई अर्पण गरे।
16 Adipem vero qui erat super vitalia, et reticulum iecoris, duosque renunculos, cum arvinulis suis adolevit super altare:
मोशाले भित्री भागका चारैतिरका बोसो, कलेजोलाई छोप्ने आवरण, दुवै मिर्गौला र बोसोसमेत लिए। अनि ती सबैलाई वेदीमाथि जलाइदिए।
17 vitulum cum pelle, et carnibus, et fimo, cremans extra castra, sicut praeceperat Dominus.
तर बाछालाई त्यसको छाला, मासु र गोबरसमेत जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो, त्यसरी नै तिनले छाउनीबाहिर जलाइदिए।
18 Obtulit et arietem in holocaustum: super cuius caput cum imposuissent Aaron et filii eius manus suas,
त्यसपछि तिनले होमबलिको निम्ति भेडा प्रस्तुत गरे। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे।
19 immolavit eum, et fudit sanguinem eius per circuitum altaris.
तब मोशाले त्यस भेडालाई मारे; अनि त्यो रगत वेदीको चारैतिर भित्तामा छर्के।
20 Ipsumque arietem in frusta concidens, caput eius, et artus, et adipem adolevit igni,
मोशाले भेडालाई टुक्रा-टुक्रा पारी काटे; अनि टाउको, टुक्राहरू र बोसो जलाए।
21 lotis prius intestinis et pedibus. totumque simul arietem incendit super altare, eo quod esset holocaustum suavissimi odoris Domino, sicut praeceperat ei.
मोशाले भित्री भागहरू र खुट्टाहरू पानीले पखाले; अनि त्यो याहवेहका निम्ति आगोद्वारा चढाइएको मिठो बास्नाको होमबलिस्वरूप तिनले सिङ्गै भेडा वेदीमा जलाए; जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।
22 Obtulit et arietem secundum, in consecratione sacerdotum: posueruntque super caput eius Aaron et filii eius manus suas.
त्यसपछि तिनले अर्को भेडा, अर्थात् अर्पणको भेडालाई प्रस्तुत गरे; अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे।
23 quem cum immolasset Moyses, sumens de sanguine eius, tetigit extremum auriculae dextrae Aaron, et pollicem manus eius dextrae, similiter et pedis.
मोशाले भेडालाई मारे; अनि त्यसको रगतबाट केही लिएर त्यसलाई हारूनको दाहिने कानको लोतीमा, तिनको दाहिने हातको बूढी औँलामा र तिनको दाहिने खुट्टाको बूढी औँलामा लगाइदिए।
24 Obtulit et filios Aaron. cumque de sanguine arietis immolati tetigisset extremum auriculae singulorum dextrae, et pollices manus ac pedis dextri, reliquum fudit super altare per circuitum:
मोशाले हारूनका छोराहरूलाई पनि अगाडि ल्याए। केही रगत लिएर तिनीहरूका दाहिने कानका लोतीहरूमा, तिनीहरूका दाहिने हातका बूढी औँलाहरूमा र तिनीहरूका दाहिने खुट्टाका बूढी औँलाहरूमा लगाइदिए। त्यसपछि तिनले वेदीका चारैतिर रगत छर्किदिए।
25 adipem vero, et caudam, omnemque pinguedinem quae operit intestina, reticulumque iecoris, et duos renes cum adipibus suis, et armo dextro separavit.
त्यसपछि बोसो, बोसे पुच्छर, भित्री भागका वरिपरि भएका बोसो, चारैतिरका बोसो, कलेजोको आवरण, बोसोसमेतका दुवै मिर्गौला र दाहिने फिला लिए।
26 Tollens autem de canistro azymorum, quod erat coram Domino, panem absque fermento, et collyridam conspersam oleo, laganumque posuit super adipes, et armum dextrum,
त्यसपछि तिनले याहवेहको सामु राखिएको खमिर नमिसाइएको रोटीको टोकरीबाट एउटा बाक्लो रोटी र जैतुन तेल मिसाएर बनाएको एउटा बाक्लो रोटी र एउटा पातलो रोटी लिएर तिनले ती बोसोको भाग र दाहिने फिलामा हाले।
27 tradens simul omnia Aaron et filiis eius. Qui postquam levaverunt ea coram Domino,
तिनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे; अनि उनीहरूले यसलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे।
28 rursum suscepta de manibus eorum, adolevit super altare holocausti, eo quod consecrationis esset oblatio, in odorem suavitatis, sacrificii Domini.
त्यसपछि मोशाले ती कुराहरू तिनीहरूका हातबाट लिएर वेदीमाथि भएको होमबलिको टुप्पोमा अर्पणबलिको भेटीस्वरूप याहवेहका निम्ति आगोद्वारा चढाइएको मनपर्ने बास्नाझैँ उहाँलाई चढाए।
29 Tulitque pectusculum elevans illud coram Domino, de ariete consecrationis in partem suam, sicut praeceperat ei Dominus.
मोशाले ह्याकुला लिए, जुनचाहिँ अर्पण गरिएको भेडाबाट उनको भाग थियो। अनि यसलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे; जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।
30 Assumensque unguentum, et sanguinem qui erat in altari, aspersit super Aaron et vestimenta eius, et super filios illius ac vestes eorum.
त्यसपछि मोशाले अभिषेक गर्ने तेलबाट केही तेल र वेदीबाट केही रगत लिए, र ती हारून र तिनका पोशाकहरूमाथि अनि तिनका छोराहरू र तिनीहरूका पोशाकहरूमाथि छर्के। यसरी तिनले हारूनलाई उनका पोशाकहरू, उनका छोराहरू र उनीहरूका पोशाकहरूसमेत पवित्र गरे।
31 Cumque sanctificasset eos in vestitu suo, praecepit eis, dicens: Coquite carnes ante fores tabernaculi, et ibi comedite eas. panes quoque consecrationis edite, qui positi sunt in canistro, sicut praecepit mihi Dominus, dicens: Aaron et filii eius comedent eos:
त्यसपछि मोशाले हारून र उनका छोराहरूलाई भने, “समागम पालको प्रवेशद्वारमा मासु पकाएर तिमीहरूले यो खानू। मैले आज्ञा दिएझैँ तिमीहरूले त्यहाँ अर्पणबलिको डालोको रोटीसित खानू।
32 quidquid autem reliquum fuerit de carne et panibus, ignis absumet.
त्यसपछि उब्रेका मासु र रोटी त्यसलाई जलाइदिनू।
33 De ostio quoque tabernaculi non exibitis septem diebus, usque ad diem quo complebitur tempus consecrationis vestrae. septem enim diebus finitur consecratio:
तिमीहरूको अर्पण सात दिनसम्म हुने हुनाले तिमीहरूको अर्पण समाप्त नहोउन्जेल समागम पालको प्रवेशद्वारलाई सात दिनसम्म नछोड्नू।
34 sicut et impraesentiarum factum est, ut ritus sacrificii compleretur.
आज जे गरिएको छ, त्यो तिमीहरूको प्रायश्चित गर्नका लागि याहवेहले आज्ञा गर्नुभएको थियो।
35 Die ac nocte manebitis in tabernaculo observantes custodias Domini, ne moriamini: sic enim mihi praeceptum est.
तिमीहरू समागम पालको प्रवेशद्वारमा सात दिनसम्म दिउँसो र राति बस्नू। याहवेहले चाहेझैँ गर्नू; अनि तिमीहरू मर्नेछैनौ। किनकि मलाई यही आज्ञा भएको छ।”
36 Feceruntque Aaron et filii eius cuncta quae locutus est Dominus per manum Moysi.
यसकारण हारून र तिनका छोराहरूले याहवेहले मोशाद्वारा आज्ञा गर्नुभएझैँ सबै कार्य गरे।