< Leviticus 17 >
1 Et locutus est Dominus ad Moysen, dicens:
याहवेहले मोशालाई भन्नुभयो,
2 Loquere Aaron et filiis eius, et cunctis filiis Israel, dicens ad eos: Iste est sermo quem mandavit Dominus, dicens:
“हारून, त्यसका छोराहरू र सारा इस्राएलीहरूसित कुरा गर्, र तिनीहरूलाई भन्: ‘याहवेहले यस्तो आज्ञा दिनुभएको छ:
3 Homo quilibet de domo Israel, si occiderit bovem aut ovem, sive capram in castris vel extra castra,
कुनै इस्राएलीले गोरु, थुमा अथवा बाख्रालाई छाउनीभित्र वा बाहिर बलिदान गर्छ र याहवेहको समागम पाल सामु उहाँलाई दानस्वरूप प्रस्तुत गर्नलाई भेट हुने पालको प्रवेशद्वारमा तिनीहरूलाई ल्याउँदैन,
4 et non obtulerit ad ostium tabernaculi oblationem Domino, sanguinis reus erit: quasi si sanguinem fuderit, sic peribit de medio populi sui.
अनि याहवेहको भेट हुने पाल सामु उहाँलाई बलिस्वरूप चढाउनलाई समागम पालको प्रवेशद्वारमा ल्याउँदैन भने त्यो मानिस रक्तपातको दोषी ठहरिनेछ। त्यसले रगत बगाएकोले त्यो आफ्ना मानिसहरूदेखि अलग गरिनुपर्छ।
5 Ideo sacerdoti offerre debent filii Israel hostias suas, quas occident in agro, ut sanctificentur Domino ante ostium tabernaculi testimonii, et immolent eas hostias pacificas Domino.
यो आज्ञा यस हेतुले दिइएको हो कि इस्राएलीहरूले आफ्ना बलिदान खुल्ला मैदानमा चढाउँछन्, जुन अबदेखि याहवेहका सामु चढाऊन्। तिनीहरूले पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याएर याहवेहकहाँ मेलबलिको रूपमा चढाउनुपर्छ।
6 Fundetque sacerdos sanguinem super altare Domini ad ostium tabernaculi testimonii, et adolebit adipem in odorem suavitatis Domino:
पुजारीले त्यो रगत भेट हुने पालको प्रवेशद्वारमा याहवेहको वेदीमाथि छर्कोस्। अनि बोसोलाई याहवेहलाई मनपर्ने बास्नास्वरूप जलाओस्।
7 et nequaquam ultra immolabunt hostias suas daemonibus, cum quibus fornicati sunt. Legitimum sempiternum erit illis et posteris eorum.
तिनीहरूले अब उसो बाख्रारूपी मूर्तिहरूलाई बलिदान नचढाऊन्, जससँग तिनीहरू व्यभिचार गर्छन्; तिनीहरू र तिनीहरूका पुस्तौँ-पुस्ताका निम्ति यो रहिरहने विधि होस्।’
8 Et ad ipsos dices: Homo de domo Israel, et de advenis, qui peregrinantur apud vos, qui obtulerit holocaustum sive victimam,
“तिनीहरूलाई भन्: ‘कुनै इस्राएली अथवा तिनीहरूसित बस्ने कुनै परदेशी, जसले होमबलि अथवा बलिदान चढाउँछ,
9 et ad ostium tabernaculi testimonii non adduxerit eam, ut offeratur Domino, interibit de populo suo.
अनि त्यसलाई याहवेहका निम्ति बलिदान गर्नलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउँदैन भने त्यो मानिसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।’
10 Homo quilibet de domo Israel, et de advenis qui peregrinantur inter vos, si comederit sanguinem, obfirmabo faciem meam contra animam illius, et disperdam eam de populo suo,
“‘इस्राएलीहरू वा तिनीहरूसित बस्ने कुनै पनि परदेशी, जसले रगत खान्छ, म त्यो रगत खानेको विरोध गर्छु। अनि म त्यसलाई त्यसका मानिसहरूदेखि बहिष्कार गर्नेछु।
11 quia anima carnis in sanguine est: et ego dedi illum vobis, ut super altare in eo expietis pro animabus vestris, et sanguis pro animae piaculo sit.
किनकि शरीरको प्राण त्यसको रगतमा हुन्छ। अनि मैले त्यो वेदीमा तिमीहरू आफ्नै प्रायश्चित गर्नु भनेर तिमीहरूलाई दिएको छु। रगतद्वारा नै कसैको प्राणको निम्ति प्रायश्चित गरिन्छ।
12 Idcirco dixi filiis Israel: Omnis anima ex vobis non comedet sanguinem, nec ex advenis, qui peregrinantur apud vos.
यसकारण म इस्राएलीहरूलाई भन्छु, “तिमीहरू कसैले पनि रगत नखानू, न त तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले नै रगत खाओस्।”
13 Homo quicumque de filiis Israel, et de advenis, qui peregrinantur apud vos, si venatione, atque aucupio ceperit feram vel avem, quibus vesci licitum est, fundat sanguinem eius, et operiat illum terra.
“‘कुनै इस्राएली अथवा तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले खान हुने कुनै पशु वा पक्षीको शिकार गर्यो भने त्यसले रगत निथारेर माटोले पुरोस्।
14 Anima enim omnis carnis in sanguine est: unde dixi filiis Israel: Sanguinem universae carnis non comedetis, quia anima carnis in sanguine est: et quicumque comederit illum, interibit.
किनकि हरेक शरीरको प्राण त्यसको रगत हो। यसकारण मैले इस्राएलीहरूलाई भनेको छु, “तिमीहरूले कुनै प्राणीको पनि रगत नखानू; किनकि शरीरको प्राण त्यसको रगत हो। त्यो खाने सबैलाई बहिष्कार गरिनेछ।”
15 Anima, quae comederit morticinum, vel captum a bestia, tam de indigenis, quam de advenis, lavabit vestimenta sua et semetipsum aqua, et contaminatus erit usque ad vesperum: et hoc ordine mundus fiet.
“‘स्वदेशमा जन्मेको अथवा परदेशमा, जसले आफैँ मरेर भेट्टाएको अथवा जङ्गली पशुहरूद्वारा फहराइएको जेसुकै पनि खान्छ भने त्यसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस्। अनि त्यो साँझसम्म विधिपूर्वक अशुद्ध हुनेछ। त्यसपछि त्यो शुद्ध हुनेछ।
16 Quod si non laverit vestimenta sua et corpus, portabit iniquitatem suam.
तर यदि त्यसले आफ्ना लुगाहरू धोएन र नुहाएन भने त्यसलाई यसको परिणामको जिम्मेवार ठहराइनेछ।’”