< Leviticus 14 >

1 Locutusque est Dominus ad Moysen, dicens:
याहवेहले मोशालाई भन्‍नुभयो,
2 Hic est ritus leprosi, quando mundandus est: Adducetur ad sacerdotem:
“कुष्‍ठरोग लागेका मानिसलाई विधिपूर्वक शुद्ध गर्ने नियमहरू यिनै हुन्; जब तिनीहरूलाई पुजारीकहाँ ल्याइन्छः
3 qui egressus de castris, cum invenerit lepram esse mundatam,
तिनीहरूलाई जाँच गर्न पुजारी छाउनीबाहिर जाओस्। यदि ती मानिसहरू आफ्ना कुष्‍ठरोगबाट निको भएका छन् भने,
4 praecipiet ei, qui purificatur, ut offerat duos passeres vivos pro se, quibus vesci licitum est, et lignum cedrinum, vermiculumque et hyssopum.
पुजारीले दुई वटा शुद्ध जिउँदा पक्षीहरू, केही देवदारुका दाउरा, सिन्दूरे रङ्गको धागो र हिसप, शुद्ध हुन चाहनेका निम्ति ल्याउने आदेश देऊन्।
5 et unum ex passeribus immolari iubebit in vase fictili super aquas viventes:
त्यसपछि पुजारीले ती दुई पक्षीहरूमध्ये एउटालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आदेश देऊन्।
6 alium autem vivum cum ligno cedrino, et cocco et hyssopo, tinget in sanguine passeris immolati,
त्यसपछि त्यसले जीवित पक्षीलाई लिएर त्यसलाई देवदारुका दाउरा, सिन्दूरे रङ्गको धागो र हिसपसित ताजा पानीमाथि मारिएको पक्षीको रगतमा चोपोस्।
7 quo asperget illum, qui mundandus est, septies, ut iure purgetur: et dimittet passerem vivum, ut in agrum avolet.
त्यसले त्यस कुष्‍ठरोगबाट शुद्ध हुनुपर्ने व्यक्तिलाई सात चोटि छर्केर त्यसलाई शुद्ध भनी घोषित गरोस्। त्यसपछि त्यसले जीवित पक्षीलाई खुला मैदानमा छोडिदेओस्।
8 Cumque laverit homo vestimenta sua, radet omnes pilos corporis, et lavabitur aqua: purificatusque ingredietur castra, ita dumtaxat ut maneat extra tabernaculum suum septem diebus,
“शुद्ध हुनुपर्ने त्यस मानिसले आफ्ना लुगा धोओस्। आफ्ना सबै कपाल खौरोस् र पानीले नुहाओस्। त्यसपछि त्यो शुद्ध हुनेछ। त्यसपछि त्यो छाउनीभित्र पस्‍न सक्छ। तर त्यो सात दिनसम्म आफ्नो पालको बाहिर बस्‍नुपर्छ।
9 et die septimo radet capillos capitis, barbamque et supercilia, ac totius corporis pilos. Et lotis rursum vestibus et corpore,
सातौँ दिनमा त्यसले आफ्नो शिर, आफ्नो दाह्री आफ्ना आँखीभौँहरू, र सबै रौँहरू खौरोस्। त्यसले आफ्नो लुगा धोओस्, र पानीले नुहाओस्। अनि त्यो विधिपूर्वक शुद्ध हुनेछ।
10 die octavo assumet duos agnos immaculatos, et ovem anniculam absque macula, et tres decimas similae in sacrificium, quae conspersa sit oleo, et seorsum olei sextarium.
“आठौँ दिनमा त्यसले भेडाका दुई वटा पाठाहरू र एउटी पाठी, सबै एकवर्षे र निष्खोट अनि अन्‍नबलिका निम्ति मसिनो पिठो जैतुन तेलसँग मिसाएको एपाको दश भागको तीन भाग र एक लोग तेल ल्याओस्।
11 Cumque sacerdos purificans hominem, statuerit eum, et haec omnia coram Domino in ostio tabernaculi testimonii,
त्यसलाई शुद्ध घोषणा गर्ने पुजारीले शुद्ध हुनुपर्ने व्यक्ति र भेटी दुवैलाई याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा प्रस्तुत गरोस्।
12 tollet agnum, et offeret eum pro delicto, oleique sextarium. et oblatis ante Dominum omnibus,
“तब पुजारीले त्यो तेलसमेत भेडाका पाठाहरूमध्ये एउटालाई लिएर दोषबलिस्वरूप चढाओस्। विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहलाई चढाओस्।
13 immolabit agnum, ubi solet immolari hostia pro peccato, et holocaustum, id est, in loco sancto. Sicut enim pro peccato, ita et pro delicto ad sacerdotem pertinet hostia: Sancta sanctorum est.
त्यसले त्यस भेडालाई पवित्रस्थानमा पाप शुद्धीकरण बलि र होमबलि मारिने ठाउँमा मारोस्। पाप शुद्धीकरण बलिझैँ दोषबलि पुजारीको हो; त्यो अति पवित्र छ।
14 Assumensque sacerdos de sanguine hostiae, quae immolata est pro delicto, ponet super extremum auriculae dextrae eius qui mundatur, et super pollices manus dextrae et pedis:
पुजारीले दोषबलिको रगतबाट केही लिएर शुद्ध हुनपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्।
15 et de olei sextario mittet in manum suam sinistram,
त्यसपछि पुजारीले केही तेल लिएर आफ्नै देब्रे हातको हत्केलामा खन्याओस्।
16 tingetque digitum dextrum in eo, et asperget coram Domino septies.
पुजारीले उसको हत्केलामा भएको तेलमा आफ्नो दाहिने हातको औँला चोपोस्। अनि आफ्नो औँलाले त्यसबाट केही याहवेहको सामु सात चोटि छर्कोस्।
17 quod autem reliquum est olei in laeva manu, fundet super extremum auriculae dextrae eius qui mundatur, et super pollices manus ac pedis dextri, et super sanguinem qui effusus est pro delicto,
पुजारीले आफ्नो हत्केलामा उब्रेको तेलबाट केही तेल शुद्ध हुनपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा दोषबलिको रगतको माथिल्‍लोपट्टि छर्किदेओस्।
18 et super caput eius.
पुजारीको हत्केलाको बाँकी तेल उसले शुद्ध हुनपर्नेको शिरमा लगाएर त्यसका निम्ति याहवेहको सामु प्रायश्‍चित गरोस्।
19 Rogabitque pro eo coram Domino, et faciet sacrificium pro peccato. tunc immolabit holocaustum,
“त्यसपछि पुजारीले पाप शुद्धीकरण बलि चढाएर आफ्नो अशुद्धिबाट शुद्ध हुनुपर्नेका निम्ति प्रायश्‍चित गरोस्। त्यसपछि पुजारीले होमबलि चढाइने पशु मारोस्।
20 et ponet illud in altari cum libamentis suis, et homo rite mundabitur.
अनि त्यसलाई पुजारीले अन्‍नबलिसँग वेदीमा चढाओस्, र त्यसका लागि प्रायश्‍चित गरोस्, तब त्यो शुद्ध हुनेछ।
21 Quod si pauper est, et non potest manus eius invenire quae dicta sunt, pro delicto assumet agnum ad oblationem, ut roget pro eo sacerdos, decimamque partem similae conspersae oleo in sacrificium, et olei sextarium,
“तर यदि त्यो गरिब छ, र यी चीजहरू ल्याउन सक्दैन भने त्यसले आफ्ना निम्ति प्रायश्‍चित गर्न विशेष भेटीको रूपमा दोषबलिस्वरूप एउटा भेडाको पाठा, र साथमा अन्‍नबलिका लागि जैतुन तेल मिसाइएको एपाको दश भागको एक भाग मसिनो पिठो र एक लोग तेल ल्याओस्।
22 duosque turtures sive duos pullos columbae, quorum unus sit pro peccato, et alter in holocaustum:
त्यसले ल्याउन सक्छ भने दुई वटा ढुकुर अथवा दुई वटा कलिला परेवा एउटा पाप शुद्धीकरण बलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।
23 offeretque ea die octavo purificationis suae sacerdoti, ad ostium tabernaculi testimonii coram Domino.
“आठौँ दिनमा त्यसले ती कुराहरू आफ्नो शुद्धीकरणका निम्ति पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा याहवेहको सामु ल्याओस्।
24 qui suscipiens agnum pro delicto et sextarium olei, levabit simul:
पुजारीले दोषबलिको निम्ति ल्याइएको भेडा एक लोग तेलसँग लिएर विशेष भेटीको रूपमा उचालिनको लागि याहवेहको सामु अर्पण गरोस्।
25 immolatoque agno, de sanguine eius ponet super extremum auriculae dextrae illius qui mundatur, et super pollices manus eius ac pedis dextri:
त्यसले भेडालाई दोषबलिको निम्ति मारोस्। अनि त्यसको केही रगत लिएर शुद्ध हुनुपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्।
26 olei vero partem mittet in manum suam sinistram,
पुजारीले तेलबाट केही आफ्नो देब्रे हातको हत्केलामा खन्याओस्।
27 in quo tingens digitum dextrae manus asperget septies coram Domino:
अनि आफ्नो दाहिने हातको औँलाले आफ्नो हत्केलाबाट केही तेल याहवेहको सामु सात चोटि छर्कोस्।
28 tangetque extremum dextrae auriculae illius qui mundatur, et pollices manus ac pedis dextri in loco sanguinis qui effusus est pro delicto:
त्यसको हत्केलाको केही तेल त्यसले दोषबलिको रगत लगाएका ठाउँहरूमा लगाओस्, अर्थात् शुद्ध हुनुपर्नेको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्।
29 reliquam autem partem olei, quae est in sinistra manu, mittet super caput purificati, ut placet pro eo Dominum:
पुजारीले आफ्नो हत्केलामा बाँकी रहेको तेल शुद्ध हुनपर्ने व्यक्तिको शिरमा याहवेहको सामु त्यसको प्रायश्‍चित गर्नका निम्ति लगाओस्।
30 et turturem sive pullum columbae offeret,
त्यसपछि त्यसले आफ्नो आर्थिक क्षमताअनुसार ढुकुरहरू अथवा कलिला परेवाहरू बलि चढाओस्।
31 unum pro delicto, et alterum in holocaustum cum libamentis suis.
एउटा पाप शुद्धीकरण बलिस्वरूप र अर्को होमबलिस्वरूप अन्‍नबलिसँग चढाओस्। यस किसिमले पुजारीले त्यस शुद्ध हुनुपर्ने व्यक्तिको पक्षमा याहवेहको सामु प्रायश्‍चित गर्नेछ।”
32 Hoc est sacrificium leprosi, qui habere non potest omnia in emundationem sui.
कुष्‍ठरोगको संक्रमण लागेको मानिस र आफ्नो शुद्धीकरणका निम्ति नियमित भेटीहरू चढाउने आर्थिक रूपमा असक्षम मानिसका निम्ति नियमहरू यिनै हुन्।
33 Locutusque est Dominus ad Moysen et Aaron, dicens:
याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो,
34 Cum ingressi fueritis Terram Chanaan, quam ego dabo vobis in possessionem, si fuerit plaga leprae in aedibus,
“जब मैले तिमीहरूलाई अधिकारको रूपमा दिन लागेको कनान देशमा तिमीहरू प्रवेश गरौला, र त्यस देशको एउटा घरमा मैले फैलिने ढुसी लाग्न दिएँ भने,
35 ibit cuius est domus, nuncians sacerdoti, et dicet: Quasi plaga leprae videtur mihi esse in domo mea.
त्यस घरको मालिकले गएर पुजारीलाई ‘मेरो घरमा ढुसी भएजस्तै केही देखेको छु’ भनोस्।
36 At ille praecipiet ut efferant universa de domo, priusquam ingrediatur eam, et videat utrum leprosa sit, ne immunda fiant omnia quae in domo sunt. Intrabitque postea ut consideret lepram domus:
त्यस घरमा ढुसी जाँच गर्न जानुअगि पुजारीले त्यस घरलाई खाली गर्ने आदेश देओस्; ताकि त्यस घरभित्र भएका कुनै चीज पनि अशुद्ध भनी घोषित नहोस्। त्यसपछि पुजारी त्यो घर जाँच गर्न भित्र जाओस्।
37 et cum viderit in parietibus illius quasi valliculas pallore sive rubore deformes, et humiliores superficie reliqua,
त्यसले भित्तातिर ढुसीलाई जाँचोस्। यदि त्यहाँ हरियो किसिमका अथवा रातो किसिमका दागहरू भित्ताको सतहभन्दा गहिरा देखा पर्छन् भने,
38 egredietur ostium domus, et statim claudet illam septem diebus.
पुजारी त्यस घरको ढोका छेउबाट बाहिर गएर त्यसलाई सात दिनसम्म बन्द गरिदेओस्।
39 Reversusque die septimo, considerabit eam. si invenerit crevisse lepram,
सातौँ दिनमा पुजारी त्यस घरलाई जाँच्नलाई फर्कोस्। यदि ढुसी भित्तामा फैलिएको छ भने,
40 iubebit erui lapides in quibus lepra est, et proiici eos extra civitatem in locum immundum:
त्यसले दूषित भएका ढुङ्गाहरू भित्ताबाट उक्‍काएर नगर बाहिरको अशुद्ध ठाउँमा फ्याँकिदिन आदेश गरोस्।
41 domum autem ipsam radi intrinsecus per circuitum, et spargi pulverem rasurae extra urbem in locum immundum,
त्यसले घरका सबै भित्ताहरू खुर्किन र खुर्किएका सामग्रीहरू नगरबाहिर कुनै अशुद्ध ठाउँमा थुपार्न लगाओस्।
42 lapidesque alios reponi pro his qui ablati fuerint, et luto alio liniri domum.
त्यसपछि तिनीहरूले ती खाली ठाउँहरू भर्नलाई अरू ढुङ्गाहरू लिऊन्, र नयाँ माटो ल्याएर घर लिपून्।
43 Sin autem postquam eruti sunt lapides, et pulvis elatus, et alia terra lita,
“यदि ढुङ्गाहरू उक्‍काइसकेपछि त्यो घर खुर्किएर लिपिसकेपछि पनि ढुसी फेरि देखा पर्‍यो भने,
44 ingressus sacerdos viderit reversam lepram, et parietes respersos maculis, lepra est perseverans, et immunda domus:
पुजारीले गएर त्यसलाई जाँचोस्; अनि त्यस घरमा ढुसी फैलिएको छ भने त्यो एउटा गम्भीर ढुसी हो, र त्यो घर अशुद्ध छ।
45 quam statim destruent, et lapides eius ac ligna, atque universum pulverem proiicient extra oppidum in locum immundum.
त्यो भत्काइनुपर्छ, अर्थात् त्यसका ढुङ्गाहरू, काठहरू र सबै लेपहरू भत्काएर नगरबाहिर कुनै अशुद्ध ठाउँमा लगियोस्।
46 Qui intraverit domum quando clausa est, immundus erit usque ad vesperum:
“त्यो घर बन्द भएको बेला जो त्यसभित्र पस्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ।
47 et qui dormierit in ea, et comederit quippiam, lavabit vestimenta sua.
त्यस घरभित्र सुत्ने अथवा खाना खानेले आफ्नो लुगा धोओस्।
48 Quod si introiens sacerdos viderit lepram non crevisse in domo, postquam denuo lita fuerit, purificabit eam reddita sanitate:
“तर यदि पुजारीले त्यसलाई जाँच्न आउँदा त्यस घरलाई लिपेपछि ढुसी फैलिएको छैन भने त्यसले घरलाई शुद्ध भनी घोषणा गरोस्; किनकि त्यो ढुसी गइसकेको छ।
49 et in purificatione eius sumet duos passeres, lignumque cedrinum, et vermiculum atque hyssopum:
त्यस घरलाई शुद्ध पार्नलाई त्यसले दुई वटा पक्षीहरू, देवदारुका केही काठ, सिन्दूरे रङ्गको धागो र हिसप ल्याओस्।
50 et immolato uno passere in vase fictili super aquas vivas,
त्यसले दुईमध्ये एउटा पक्षीलाई माटोको भाँडामा भएको ताजा पानीमाथि मारोस्।
51 tollet lignum cedrinum, et hyssopum, et coccum et passerem vivum, et tinget omnia in sanguine passeris immolati, atque in aquis viventibus, et asperget domum septies,
त्यसपछि त्यसले देवदारुको काठ, हिसप, सिन्दूरे रङ्गको धागो, जिउँदो पक्षीलाई लिएर तिनीहरूलाई त्यस पक्षीको रगत र ताजा पानीमा चोपलोस्। अनि घरलाई सात चोटि छर्कोस्।
52 purificabitque eam tam in sanguine passeris quam in aquis viventibus, et in passere vivo, lignoque cedrino et hyssopo atque vermiculo.
त्यस घरलाई त्यस पक्षीको रगत, ताजा पानी, जीवित पक्षी, देवदारुका काठ, हिसप र सिन्दूरे रङ्गको धागोले शुद्ध पारोस्।
53 Cumque dimiserit passerem avolare in agrum libere, orabit pro domo, et iure mundabitur.
त्यसपछि त्यसले त्यस जीवित पक्षीलाई नगरबाहिर खुला मैदानमा छोडिदेओस्। यस किसिमले पुजारी त्यस घरका निम्ति प्रायश्‍चित गर्नेछ, र त्यो शुद्ध हुनेछ।”
54 Ista est lex omnis leprae et percussurae,
कुनै पनि प्रकारको कुष्‍ठरोगका लागि, लुतोको लागि,
55 leprae vestium et domorum,
लुगामा अथवा घरमा भएको ढुसीका लागि,
56 cicatricis et erumpentium papularum, lucentis maculae, et in varias species, coloribus immutatis,
अनि सुनिएको, खस्रो र चहकिलो दागका लागि,
57 ut possit sciri quo tempore mundum quid, vel immundum sit.
कुनै कुरालाई अशुद्ध वा शुद्ध ठहराउनका लागि नियमहरू यिनै हुन्। कुष्‍ठरोग संक्रमण र ढुसीका निम्ति नियमहरू यिनै हुन्।

< Leviticus 14 >