< Iosue 10 >

1 Quae cum audisset Adonisedec rex Ierusalem, quod scilicet cepisset Iosue Hai, et subvertisset eam (sicut enim fecerat Iericho et regi eius, sic fecit Hai, et regi illius) et quod transfugissent Gabaonitae ad Israel, et essent foederati eorum,
अब यरूशलेमका राजा अदोनी-सेदेकले यहोशूले ऐ सहर कब्जा गरेको, त्यसका राजालाई पनि यरीहो सहर र त्यहाँका राजालाई जस्तै पूर्ण रूपले नष्‍ट गरेको कुरा तिनले सुने। अनि गिबोनका मानिसहरूले इस्राएलसँग शान्ति-सन्धि गरेर तिनीहरूकै नजिक बस्‍न थालेका छन् भन्‍ने कुरा पनि तिनले सुने।
2 timuit valde. Urbs enim magna erat Gabaon, et una civitatum regalium, et maior oppido Hai, omnesque bellatores eius fortissimi.
यो कुराले तिनी र तिनका मानिसहरू भयभीत भए; किनकि गिबोन राजकीय सहरहरूजस्तै एउटा ठूलो सहर थियो। गिबोन ऐ सहरभन्दा ठूलो थियो। अनि त्यसका सबै मानिसहरू असल लडाकुहरू थिए।
3 Misit ergo Adonisedec rex Ierusalem ad Oham regem Hebron, et ad Pharam regem Ierimoth, ad Iaphia quoque regem Lachis, et ad Dabir regem Eglon, dicens:
यसकारण यरूशलेमका राजा अदोनी-सेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा याफिया र एग्लोनका राजा दबीरकहाँ खबर पठाए।
4 Ad me ascendite, et ferte praesidium, ut expugnemus Gabaon, quare transfugerit ad Iosue, et ad filios Israel.
तिनले भने, “आउनुहोस्, र मलाई गिबोनमा आक्रमण गर्न सघाउनुहोस्! किनकि त्यसले यहोशू र इस्राएलीहरूसँग मिलाप गरेको छ।”
5 Congregati igitur ascenderunt quinque reges Amorrhaeorum: rex Ierusalem, rex Hebron, rex Ierimoth, rex Lachis, rex Eglon, simul cum exercitibus suis, et castrametati sunt circa Gabaon, oppugnantes eam.
तब पाँच जना एमोरी राजाहरू, अर्थात् यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरूले एकसाथ मोर्चा बाँधे। तिनीहरूले आफ्ना सबै फौजहरू लिएर गिबोनको विरुद्धमा लडाइँका निम्ति तयार भए; अनि त्यसमाथि आक्रमण गरे।
6 Habitatores autem Gabaon urbis obsessae miserunt ad Iosue, qui tunc morabatur in castris apud Galgalam, et dixerunt ei: Ne retrahas manus tuas ab auxilio servorum tuorum: ascende cito, et libera nos, ferque praesidium: convenerunt enim adversum nos omnes reges Amorrhaeorum, qui habitant in montanis.
तब गिबोनीहरूले गिलगालको छाउनीमा यहोशूकहाँ यसो भनी खबर पठाए: “तपाईंका सेवकहरूलाई नत्याग्नुहोस्। हामीकहाँ चाँडो आएर हामीलाई बचाउनुहोस्! हामीलाई सहायता गर्नुहोस्; किनकि पहाडी मुलुकबाट सबै एमोरी राजाहरूले हाम्रो विरुद्धमा मोर्चा बाँधेका छन्।”
7 Ascenditque Iosue de Galgalis, et omnis exercitus bellatorum cum eo, viri fortissimi.
यसकारण यहोशूले आफ्ना सबैभन्दा असल लडाकुहरू लगायत सम्पूर्ण फौज लिएर युद्ध गर्न गिलगालबाट हिँडे।
8 Dixitque Dominus ad Iosue: Ne timeas eos: in manus enim tuas tradidi illos: nullus ex eis tibi resistere poterit.
अनि याहवेहले यहोशूलाई भन्‍नुभयो, “तिनीहरूसँग नडरा। मैले तिनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। तिनीहरूमध्ये कोही पनि तेरो सामु टिक्न सक्नेछैन।”
9 Irruit itaque Iosue super eos repente, tota nocte ascendens de Galgalis:
गिलगालबाट रातभरिको हिँडाइपछि यहोशू अचानक तिनीहरूमाथि जाइलागे।
10 Et conturbavit eos Dominus a facie Israel: contrivitque plaga magna in Gabaon, ac persecutus est eos per viam ascensus Beth horon, et percussit usque Azeca et Maceda.
याहवेहले तिनीहरूलाई इस्राएलको सामु भयभीत पारिदिनुभयो। यसरी इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा पूर्ण रूपले परास्त गरे। इस्राएलीहरूले तिनीहरूलाई बेथ-होरोन जाने बाटोभरि खेदे। अनि तिनीहरूलाई अजेका र मक्‍केदासम्म लखेटेर मार्दै गए।
11 Cumque fugerent filios Israel, et essent in descensu Beth horon, Dominus misit super eos lapides magnos de caelo usque ad Azeca: et mortui sunt multo plures lapidibus grandinis, quam quos gladio percusserant filii Israel.
तिनीहरू इस्राएलीहरूको सामुबाट बेथ-होरोनदेखि अजेकासम्म बाटोमा भाग्दैगर्दा याहवेहले तिनीहरूमाथि आकाशबाट ठूला-ठूला असिनाहरू ओइर्‍याइदिनुभयो। अनि इस्राएलीहरूका तरवारले मारेकाभन्दा असिनाले धेरै जना मरे।
12 Tunc locutus est Iosue Domino in die, qua tradidit Amorrhaeum in conspectu filiorum Israel, dixitque coram eis: Sol contra Gabaon ne movearis, et Luna contra vallem Aialon.
याहवेहले एमोरीहरूलाई इस्राएलको हातमा दिनुभएको त्यस दिन यहोशूले इस्राएलको उपस्थितिमा याहवेहलाई भने: “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्रमा, तँ अय्यालोनको बेँसीमाथि अडेर बस्।”
13 Steteruntque Sol et Luna, donec ulcisceretur se gens de inimicis suis. Nonne scriptum est hoc in libro iustorum? Stetit itaque Sol in medio caeli, et non festinavit occumbere spatio unius diei.
यसकारण इस्राएलले आफ्ना शत्रुहरूमाथि बदला नलिएसम्म सूर्य अडिरह्‍यो। अनि चन्द्रमा थामियो। यो कुरा याशारको पुस्तकमा लेखिएको छ। आकाशको बीचमा सूर्य अडिरह्‍यो। अनि सूर्य अस्ताउनलाई लगभग एक दिन नै ढिलो गर्‍यो।
14 Non fuit antea nec postea tam longa dies, obediente Domino voci hominis, et pugnante pro Israel.
याहवेहले यसरी मानिसको प्रार्थना सुन्‍नुभएको घटना न त पहिले, न त पछि कहिल्यै कुनै दिन नै भयो। निश्‍चय नै याहवेह इस्राएलको पक्षमा लडिरहनुभएको थियो!
15 Reversusque est Iosue cum omni Israel in castra Galgalae.
त्यसपछि यहोशू सारा इस्राएलीसँग गिलगालको छाउनीमा फर्के।
16 Fugerant enim quinque reges, et se absconderant in spelunca urbis Maceda.
अब ती पाँच जना एमोरी राजाहरू भागे, र मक्‍केदामा भएको गुफामा लुकेर बसे।
17 Nunciatumque est Iosue quod inventi essent quinque reges latentes in spelunca urbis Maceda.
जब ती पाँच जना राजाहरू मक्‍केदामा भएको गुफामा लुकिरहेका कुरा यहोशूलाई बताइयो,
18 Qui praecepit sociis, et ait: Volvite saxa ingentia ad os speluncae, et ponite viros industrios, qui clausos custodiant:
तब यहोशूले भने, “त्यस गुफाको मुखमा ठूला पत्थरहरू गुड्याइदेओ। अनि त्यसलाई कुर्नलाई केही मानिसहरूलाई खटाओ।
19 vos autem nolite stare, sed persequimini hostes, et extremos quosque fugientium caedite: nec dimittatis eos urbium suarum intrare praesidia, quos tradidit Dominus Deus in manus vestras.
तर तिमीहरू भने त्यहाँ नरोकिनू। तिमीहरूले शत्रुहरूलाई खेदेर पछिल्तिरबाट आक्रमण गर्नू र तिनीहरूलाई तिनीहरूका सहरमा पुग्न नदिनू। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुभएको छ।”
20 Caesis ergo adversariis plaga magna, et usque ad internecionem pene consumptis, hi, qui Israel effugere potuerunt, ingressi sunt civitates munitas.
यसरी यहोशू र इस्राएलीहरूले तिनीहरूलाई सम्पूर्ण रूपले नष्‍ट गरे। तर बाँचेका केही मानिसहरू भने तिनीहरूका सुरक्षित सहरहरूमा पुग्न सफल भए।
21 Reversusque est omnis exercitus ad Iosue in Maceda, ubi tunc erant castra, sani et integro numero: nullusque contra filios Israel mutire ausus est.
त्यसपछि सारा सेना मक्‍केदामा भएको छाउनीमा सुरक्षितसाथ यहोशूकहाँ फर्के। अनि इस्राएलीहरूको विरुद्धमा कसैले पनि एउटा शब्द पनि बोलेनन्।
22 Praecepitque Iosue, dicens: Aperite os speluncae, et adducite ad me quinque reges, qui in ea latitant.
यहोशूले भने, “गुफाको मुखबाट ढुङ्गा हटाओ, र ती पाँच राजाहरूलाई बाहिर निकालेर मकहाँ ल्याओ।”
23 Feceruntque ministri ut sibi fuerat imperatum: et eduxerunt ad eum quinque reges de spelunca, regem Ierusalem, regem Hebron, regem Ierimoth, regem Lachis, regem Eglon.
यसकारण तिनीहरूले ती पाँच राजाहरू, जो यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरू थिए, तिनीहरूलाई गुफाबाट बाहिर निकालेर ल्याए।
24 Cumque adducti essent ad eum, vocavit omnes viros Israel, et ait ad principes exercitus qui secum erant: Ite, et ponite pedes super colla regum istorum. Qui cum perrexissent, et subiectorum colla pedibus calcarent,
जब तिनीहरूले ती पाँच राजाहरूलाई यहोशूकहाँ ल्याए, तब तिनले इस्राएलका सबै मानिसहरूलाई बोलाए। अनि तिनीसँग आएका सेनाका सेनापतिहरूलाई भने, “यहाँ आओ, र तिमीहरूका आ-आफ्ना खुट्टा यी राजाहरूका गर्दनमाथि राख।” यसकारण तिनीहरू नजिक आएर आ-आफ्ना खुट्टाहरू तिनीहरूका गर्दनमाथि राखे।
25 rursum ait ad eos: Nolite timere, nec paveatis, confortamini et estote robusti: sic enim faciet Dominus cunctis hostibus vestris, adversum quos dimicatis.
यहोशूले तिनीहरूलाई भने, “नडराओ, र निरुत्साहित नहोओ। बलियो र साहसी होओ। तिमीहरूले लडाइँ गर्न जाने सबै शत्रुहरूलाई याहवेहले यसै गर्नुहुनेछ।”
26 Percussitque Iosue, et interfecit eos, atque suspendit super quinque stipites: fueruntque suspensi usque ad vesperum.
तब यहोशूले ती सबै राजाहरूलाई मारे। अनि तिनीहरूलाई पाँच वटा खम्बाहरूमा झुण्ड्याइदिए। तिनीहरूलाई साँझसम्मै खम्बाहरूमा झुण्डाएर राखियो।
27 Cumque occumberet sol, praecepit sociis ut deponerent eos de patibulis. Qui depositos proiecerunt in speluncam, in qua latuerant, et posuerunt super os eius saxa ingentia, quae permanent usque in praesens.
सूर्यास्तको समयमा यहोशूले आदेश दिए, र तिनीहरूले उनीहरूलाई खम्बाबाट झारे। अनि तिनीहरू लुकेर बसेका गुफामा फ्याँकिदिए। तिनीहरूले गुफाको मुखमा ठूला चट्टानहरू राखिदिए, जुन आजको दिनसम्म छँदैछ।
28 Eodem quoque die Macedam cepit Iosue, et percussit eam in ore gladii, regemque illius interfecit, et omnes habitatores eius: non dimisit in ea saltem parvas reliquias. Fecitque regi Maceda, sicut fecerat regi Iericho.
त्यस दिन यहोशूले मक्‍केदा कब्जा गरे। तिनले सहर र त्यस देशका राजालाई तरवारद्वारा परास्त गरे। अनि त्यहाँ भएका हरेक मानिसहरूलाई पूर्ण रूपले नष्‍ट गरे। तिनले एक जनालाई पनि जीवित छोडेनन्। अनि तिनले यरीहोको राजालाई गरेजस्तै, मक्‍केदाको राजालाई पनि त्यस्तै गरे।
29 Transivit autem cum omni Israel de Maceda in Lebna, et pugnabat contra eam:
तब यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू मक्‍केदाबाट अगि बढेर लिब्नामा गए, र त्यसलाई आक्रमण गरे।
30 quam tradidit Dominus cum rege suo in manus Israel: percusseruntque urbem in ore gladii, et omnes habitatores eius. non dimiserunt in ea ullas reliquias. Feceruntque regi Lebna, sicut fecerant regi Iericho.
याहवेहले त्यो सहर र त्यस देशका राजालाई पनि इस्राएलको हातमा सुम्पिदिनुभयो। यहोशूले त्यो सहर र त्यसमा भएका सबैलाई तरवारले नाश गरे। तिनले त्यहाँ कसैलाई पनि जीवित छोडेनन्। तिनले त्यहाँका राजालाई पनि यरीहोको राजालाई जस्तै गरे।
31 De Lebna transivit in Lachis cum omni Israel: et exercitu per gyrum disposito oppugnabat eam.
त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू लिब्नाबाट लाकीशतर्फ अगि बढे। तिनले त्यसको विरुद्धमा लड्न तयार भए, र त्यसलाई आक्रमण गरे।
32 Tradiditque Dominus Lachis in manus Israel, et cepit eam die altero, atque percussit in ore gladii, omnemque animam quae fuerat in ea, sicut fecerat Lebna.
याहवेहले लाकीशलाई इस्राएलको हातमा सुम्पिदिनुभयो। अनि यहोशूले यस सहरलाई दोस्रो दिनमा कब्जा गरे। तिनले लिब्नालाई गरेजस्तै, त्यो सहर र त्यसमा भएका हरेकलाई तरवारले नष्‍ट गरे।
33 Eo tempore ascendit Horam rex Gazer, ut auxiliaretur Lachis: quem percussit Iosue cum omni populo eius usque ad internecionem.
त्यस बेला गेजेरका राजा होराम लाकीशलाई सहायता गर्न आएका थिए। तर यहोशूले तिनलाई र तिनका सेनाहरू एउटैलाई पनि जीवित नराखी परास्त गरे।
34 Transivitque de Lachis in Eglon, et circumdedit,
त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू लाकीशबाट एग्लोन तर्फ अगि बढे। तिनीहरू एग्लोनको विरुद्धमा लड्न तयार भए, र त्यसमाथि आक्रमण गरे।
35 atque expugnavit eam eadem die: percussitque in ore gladii omnes animas, quae erant in ea iuxta omnia quae fecerat Lachis.
तिनीहरूले त्यसलाई त्यही दिन कब्जा गरे। अनि तिनीहरूले लाकीशलाई गरेजस्तै, त्यस सहरमा भएका हरेकलाई तरवारले नष्‍ट गरे।
36 Ascendit quoque cum omni Israel de Eglon in Hebron, et pugnavit contra eam:
त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएली एग्लोनबाट हेब्रोनतर्फ अगि बढे, र त्यसलाई आक्रमण गरे।
37 cepit eam, et percussit in ore gladii, regem quoque eius, et omnia oppida regionis illius, universasque animas, quae in ea fuerant commoratae: non reliquit in ea ullas reliquias: sicut fecerat Eglon, sic fecit et Hebron, cuncta quae in ea reperit consumens gladio.
तिनीहरूले त्यस सहरलाई कब्जामा लिए। अनि त्यसका राजालाई समेत त्यसका गाउँहरू, र त्यसमा भएका हरेकलाई तरवारले नष्‍ट गरे। तिनीहरूले एउटैलाई पनि जीवित छोडेनन्। एग्लोनलाई गरेजस्तै, तिनीहरूले त्यसलाई र त्यसमा भएका हरेकलाई नष्‍ट गरे।
38 Inde reversus in Dabir,
त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू दबीरतर्फ फर्के, र त्यसलाई आक्रमण गरे।
39 cepit eam atque vastavit: regem quoque eius atque omnia per circuitum oppida percussit in ore gladii: non dimisit in ea ullas reliquias: sicut fecerat Hebron et Lebna et regibus earum, sic fecit Dabir et regi illius.
तिनीहरूले त्यस सहरलाई त्यसका राजालाई र त्यसका गाउँहरूलाई कब्जामा लिए। अनि तिनीहरूलाई पूर्ण रूपमा तरवारले नष्‍ट गरे। तिनीहरूले एउटैलाई पनि जीवित छोडेनन्। तिनीहरूले हेब्रोन र लिब्ना तथा त्यहाँका राजाहरूलाई गरेजस्तै, दबीर र त्यसका राजालाई पनि त्यस्तै गरे।
40 Percussit itaque Iosue omnem Terram montanam et meridianam atque campestrem, et Asedoth cum regibus suis: non dimisit in ea ullas reliquias, sed omne quod spirare poterat interfecit, sicut praeceperat ei Dominus Deus Israel,
यसरी यहोशूले पहाडी मुलुक, दक्षिणी भाग, पश्‍चिमी फेदी, पर्वतीय पाखाहरू र त्यहाँका सबै राजाहरू लगायत सम्पूर्ण इलाकालाई अधीनमा पारे। तिनले एउटैलाई पनि जीवित छोडेनन्। याहवेह इस्राएलका परमेश्‍वरले आज्ञा गर्नुभएझैँ, तिनले सास हुने सबैलाई पूर्ण रूपमा नाश गरे।
41 a Cadesbarne usque Gazam. Omnem Terram Gessen usque Gabaon,
यहोशूले तिनीहरूलाई कादेश-बर्नेदेखि गाजासम्म र गोशेनको सम्पूर्ण इलाकादेखि गिबोनसम्मै अधीनमा पारे।
42 universosque reges, et regiones eorum uno impetu cepit atque vastavit: Dominus enim Deus Israel pugnavit pro eo.
यी सबै राजाहरू र तिनीहरूका देशहरूलाई यहोशूले एकै पटकमा जिते। किनकि याहवेह इस्राएलका परमेश्‍वरले नै इस्राएलको निम्ति युद्ध गर्नुभयो।
43 reversusque est cum omni Israel ad locum castrorum in Galgala.
त्यसपछि यहोशू र सारा इस्राएलीहरू गिलगालमा भएको छाउनीमा फर्के।

< Iosue 10 >