< Jeremiæ 6 >
1 Confortamini filii Beniamin in medio Ierusalem, et in Thecua clangite buccina, et super Bethacarem levate vexillum: quia malum visum est ab Aquilone, et contritio magna.
“हे बेन्यामीनीहरू हो, सुरक्षाको निम्ति यरूशलेमबाट भाग! तको सहरमा तुरही फुक! बेथ-हक्केरेममा खतराको सङ्केत देओ! किनकि उत्तर दिशाबाट विपत्ति, डरलाग्दो विनाश आउँदैछ।
2 Speciosae et delicatae assimilavi filiam Sion.
सियोनकी छोरी, जो सुन्दरी र कोमल छे, म त्यसलाई नाश गर्नेछु।
3 Ad eam venient pastores, et greges eorum: fixerunt in ea tentoria in circuitu: pascet unusquisque eos, qui sub manu sua sunt.
गोठालाहरू आ-आफ्ना बगाल लिएर त्यसको विरुद्धमा आउनेछन्; तिनीहरूले यरूशलेमको चारैतिर आफ्ना पालहरू टाँग्नेछन्; हरेकले आफ्नै बगालको हेरचाह गर्नेछन्।”
4 Sanctificate super eam bellum: consurgite, et ascendamus in meridie: vae nobis, quia declinavit dies, quia longiores factae sunt umbrae vesperi.
“यरूशलेमको विरुद्धमा लडाइँको तयारी गर! उठ, हामी मध्यदिनमा आक्रमण गरौँ! तर, हाय! दिन ढल्किँदैछ; अनि बेलुकीको छाया लामो हुँदैछ।
5 Surgite, et ascendamus in nocte, et dissipemus domus eius.
यसकारण उठ, हामी राति त्यसमाथि आक्रमण गरौँ, र यरूशलेमका किल्लाहरू नाश पारिदिऔँ!”
6 Quia haec dicit Dominus exercituum: Caedite lignum eius, et fundite circa Ierusalem aggerem: haec est civitas visitationis, omnis calumnia in medio eius.
सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “रूखहरू काटेर ढालिदेओ, र यरूशलेमको विरुद्धमा घेरा-मचान बनाओ। यो सहरले दण्ड पाउनैपर्छ; यो सहर अत्याचारले भरिएको छ।
7 Sicut frigidam facit cisterna aquam suam, sic frigidam fecit malitiam suam: iniquitas et vastitas audietur in ea, coram me semper infirmitas et plaga.
जसरी इनारबाट पानी निस्कन्छ, त्यसरी नै त्यसले आफ्नो दुष्टता निकाल्छे। त्यसभित्र हिंसा र विनाश गुञ्जिन्छ; त्यसका रोगहरू र चोटहरू सधैँ मेरा सामु छन्।
8 Erudire Ierusalem, ne forte recedat anima mea a te, ne forte ponam te desertam terram inhabitabilem.
हे यरूशलेम यो चेतावनी सुन्, नत्रता म तँदेखि टाढा हुनेछु, र तेरो देशलाई उजाड पारिदिनेछु; अनि त्यहाँ कोही पनि बास गर्नेछैन।”
9 Haec dicit Dominus exercituum: Usque ad racemum colligent quasi in vinea reliquias Israel: converte manum tuam quasi vindemiator ad cartallum.
सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिनीहरूले इस्राएलका बाँकी रहेकाहरूलाई दाखको बोटमा छोडिएका फल नछोडी टिपेझैँ टिपून्; कुनै मानिसले अङ्गुरहरू बटुलेझैँ, आफ्नो हात फेरि ती दाखका हाँगाहरूमा लगा।”
10 Cui loquar? et quem contestabor ut audiat? ecce incircumcisae aures eorum, et audire non possunt: ecce verbum Domini factum est eis in opprobrium: et non suscipient illud.
म कोसँग बोलूँ र कसलाई चेतावनी दिऊँ? मेरो कुरा कसले सुन्ला? तिनीहरूका कान बन्द भएका छन्। त्यसैले तिनीहरू सुन्न सक्दैनन्। याहवेहको वचन तिनीहरूलाई मन पर्दैन; तिनीहरू वचन सुन्नै चाहँदैनन्।
11 Idcirco furore Domini plenus sum, laboravi sustinens: effunde super parvulum foris, et super consilium iuvenum simul: vir enim cum muliere capietur, senex cum pleno dierum.
यसकारण म याहवेहको क्रोधले भरिएको छु; अनि म यसलाई थामिराख्न सक्दिनँ। “यसलाई सडकमा भएका केटाकेटीहरू र एकसाथ भेला भएका जवान मानिसहरूमाथि; पति र पत्नी दुवै, र वृद्धहरूमाथि खन्याइदेओ।
12 Et transibunt domus eorum ad alteros, agri et uxores pariter: quia extendam manum meam super habitantes terram, dicit Dominus.
जब मेरो हात यस देशमा बाँचेकाहरूका विरुद्धमा बढाउँछु, तब तिनीहरूका घर, खेतबारी र पत्नीहरूसमेत अरू मानिसहरूलाई दिइनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
13 A minore quippe usque ad maiorem omnes avaritiae student: et a propheta usque ad sacerdotem cuncti faciunt dolum.
“सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म हरेक अनुचित धन कमाइको निम्ति लोभी छन्। अगमवक्ता र पुजारीहरू सबै छलका कुरा गर्छन्।
14 Et curabant contritionem filiae populi mei cum ignominia, dicentes: Pax, pax: et non erat pax.
तिनीहरूले मेरा मानिसहरूका घाउहरूमा लापर्बाही तरिकाले मलमपट्टी बाँधिदिन्छन्। शान्ति नहुँदा पनि तिनीहरूले, ‘शान्ति, शान्ति’ भन्दछन्।
15 Confusi sunt, quia abominationem fecerunt: quin potius confusione non sunt confusi, et erubescere nescierunt. quam ob rem cadent inter ruentes: in tempore visitationis suae corruent, dicit Dominus.
के तिनीहरू आफ्ना घृणित आचरणहरूप्रति लज्जित छन् र? अहँ, तिनीहरूलाई अलिकति पनि लाज लाग्दैन। तिनीहरू कसरी लाज मान्ने भन्ने पनि जान्दैनन्। यसकारण तिनीहरू पतन भएकाहरूसँग पतन हुनेछन्; जब म तिनीहरूलाई दण्ड दिन्छु, तब तिनीहरू नष्ट हुनेछन्,” याहवेह भन्नुहुन्छ।
16 Haec dicit Dominus: State super vias, et videte, et interrogate de semitis antiquis, quae sit via bona, et ambulate in ea: et invenietis refrigerium animabus vestris. Et dixerunt: Non ambulabimus.
याहवेह यसो भन्नुहुन्छ: “चौबाटोमा उभिएर हेर, र प्राचीन मार्गको बारेमा सोध; त्यो असल मार्ग कहाँ छ, सोध र त्यसैमा हिँड, तब तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ। तर तिमीहरूले भन्यौ, ‘हामी यस मार्गमा हिँड्नेछैनौँ।’
17 Et constitui super vos speculatores. Audite vocem tubae. Et dixerunt: Non audiemus.
मैले तिमीहरूमाथि पहरेदारहरू नियुक्त गरेर भनेँ, ‘तुरहीको आवाजलाई ध्यानसित सुन!’ तर तिमीहरूले भन्यौ, ‘हामी सुन्नेछैनौँ।’
18 Ideo audite Gentes, et cognosce congregatio, quanta ego faciam eis.
यसकारण हे राष्ट्रहरू हो, सुन; हे साक्षीहरू हो, तिनीहरूलाई के हुँदोरहेछ, सो ध्यानसित हेर।
19 Audi terra: Ecce ego adducam mala super populum istum, fructum cogitationum eius: quia verba mea non audierunt, et legem meam proiecerunt.
हे पृथ्वी, सुन्; तिनीहरूकै योजनाको फलस्वरूप, म यस जातिमाथि विपत्ति ल्याउँदैछु; किनकि तिनीहरूले मेरा वचनहरू सुनेनन्, र मेरा व्यवस्थाहरूलाई इन्कार गरे।
20 Ut quid mihi thus de Saba affertis, et calamum suave olentem de terra longinqua? holocaustomata vestra non sunt accepta, et victimae vestrae non placuerunt mihi.
शेबादेखि ल्याएको धूप अथवा टाढा देशबाट ल्याएको बोझो मलाई के मतलब छ र? तिमीहरूका होमबलिहरू ग्रहणयोग्य छैनन्; तिमीहरूका बलिदानहरू मेरा निम्ति मनपर्दा छैनन्।”
21 Propterea haec dicit Dominus: Ecce ego dabo in populum istum ruinas, et ruent in eis patres et filii simul, vicinus, et proximus peribunt.
यसकारण याहवेह यसो भन्नुहुन्छ: “म यस जातिको सामु ठेस लाग्ने कुराहरू राखिदिनेछु। बुबा र छोराछोरीहरू एकसाथ ती कुरामा ठेस खानेछन्; छिमेकीहरू र मित्रहरू नष्ट हुनेछन्।”
22 Haec dicit Dominus: Ecce populus venit de terra Aquilonis, et gens magna consurget a finibus terrae.
याहवेह यसो भन्नुहुन्छ: “हेर, उत्तर देशबाट एक दल सेना आउँदैछ। पृथ्वीको अन्तिम सिमानाबाट एउटा ठूलो राष्ट्रलाई सुर्याइरहेको छ।
23 Sagittam et scutum arripiet: crudelis est, et non miserebitur. vox eius quasi mare sonabit: et super equos ascendent, praeparati quasi vir ad praelium, adversum te filia Sion.
तिनीहरू धनु र भालाले सुसज्जित भएका छन्; तिनीहरू निर्दयी छन् र दया देखाउँदैनन्। तिनीहरू आफ्ना घोडाहरूमाथि सवार हुँदा तिनीहरूको आवाज समुद्रको गर्जनजस्तै सुनिन्छ; हे यरूशलेमकी छोरी, तँलाई आक्रमण गर्नका लागि तिनीहरू युद्धको पङ्क्ति बाँधेर आइरहेका छन्।”
24 Audivimus famam eius, dissolutae sunt manus nostrae: tribulatio apprehendit nos, dolores ut parturientem.
हामीले तिनीहरूको बारेमा खबर सुन्यौँ, र हाम्रा हातहरू लल्याकलुलुक भए। प्रसुती वेदनामा परेकी स्त्रीझैँ हामी छटपटिएका छौँ।
25 Nolite exire ad agros, et in via ne ambuletis: quoniam gladius inimici pavor in circuitu.
खेततिर काम गर्न नजाओ, न त सडकतिर हिँड्डुल गर; किनकि शत्रुसित तरवार छ, र चारैतिर डरैडर देखिँदैछ।
26 Filia populi mei accingere cilicio, et conspergere cinere: luctum unigeniti fac tibi, planctum amarum, quia repente veniet vastator super vos.
हे मेरा मानिसहरू हो, भाङ्ग्रा लगाओ; अनि खरानीमा लडीबुडी गर। एक मात्र छोराका निम्ति विलाप गरेझैँ शोक गर; किनकि विनाशकारी हामीमाथि अचानक आइलाग्नेछ।
27 Probatorem dedi te in populo meo robustum: et scies, et probabis viam eorum.
“मैले तँलाई धातु जाँच्ने वस्तु र मानिसहरूलाई कच्चा धातु बनाएको छु, ताकि तैँले तिनीहरूलाई ध्यानसित हेर्न र तिनीहरूका मार्गहरू जाँच गर्न सक्।
28 Omnes isti principes declinantes, ambulantes fraudulenter, aes et ferrum: universi corrupti sunt.
तिनीहरू सबै निन्दा गर्दै, यताउति डुलिहिँड्ने कठोर विद्रोहीहरू हुन्। तिनीहरू काँसा र फलाम हुन्; तिनीहरू सबै भ्रष्ट चालहरूमा चल्दछन्।
29 Defecit sufflatorium, in igne consumptum est plumbum, frustra conflavit conflator: malitiae enim eorum non sunt consumptae.
आरनमा सिसा जलाउनका लागि खूब जोडसित आगो फुकिन्छ, तर खार्ने काम व्यर्थै जान्छ; त्यसरी नै मेरा मानिसहरू यति दुष्ट छन्, कि तिनीहरूबाट दुष्ट्याइँ हटाउन सकिँदैन।
30 Argentum reprobum vocate eos, quia Dominus proiecit illos.
तिनीहरूलाई खोट लागेको चाँदी भनिन्छ; किनकि याहवेहले तिनीहरूलाई त्याग्नुभएको छ।”