< Jeremiæ 26 >

1 In principio regni Ioakim filii Iosiae regis Iuda, factum est verbum istud a Domino, dicens:
योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको शासनकालको सुरुका दिनहरूमा याहवेहबाट यो वचन आयो:
2 Haec dicit Dominus: Sta in atrio domus Domini, et loqueris ad omnes civitates Iuda, de quibus veniunt ut adorent in domo Domini, universos sermones, quos ego mandavi tibi ut loquaris ad eos: noli subtrahere verbum,
“याहवेह यसो भन्‍नुहुन्छ: याहवेहको भवनको चोकमा खडा हो, र याहवेहको भवनमा आराधना गर्न आउने यहूदाका सहरहरूका सबै मानिसहरूसित कुरा गर्। मैले तँलाई आज्ञा गरेको हरेक कुरा तिनीहरूलाई एक शब्द पनि नछोडी सुना।
3 si forte audiant et convertantur unusquisque a via sua mala: et poeniteat me mali quod cogito facere eis propter malitiam studiorum eorum.
सायद तिनीहरूले सुन्लान् र तिनीहरू हरेक आफ्ना दुष्‍ट चालहरूबाट फर्कलान्। तब म आफ्नो मन परिवर्तन गर्नेछु र तिनीहरूले गरेका दुष्‍टताको कारण तिनीहरूमाथि विपत्ति ल्याउनेछैनँ।
4 Et dices ad eos: Haec dicit Dominus: Si non audieritis me ut ambuletis in lege mea, quam dedi vobis
तिनीहरूलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ: यदि तिमीहरूले मेरा कुरा सुनेनौ र मैले तिमीहरूको सामु राखिदिएको मेरो व्यवस्था पालन गरेनौ भने,
5 ut audiatis sermones servorum meorum Prophetarum, quos ego misi ad vos de nocte consurgens, et dirigens, et non audistis:
र तिमीहरूले मेरा सेवक अगमवक्ताहरूका वचनहरू सुनेनौ भने जसलाई मैले तिमीहरूकहाँ बारम्बार पठाएको थिएँ, यद्यपि तिमीहरूले सुनेका छैनौ,
6 Dabo domum istam sicut Silo, et urbem hanc dabo in maledictionem cunctis gentibus terrae.
तब म यस भवनलाई शीलोजस्तै र यस सहरलाई पृथ्वीका सबै जातिहरूबीच एक सरापको पात्र तुल्याउनेछु।’”
7 Et audierunt sacerdotes, et prophetae, et omnis populus Ieremiam loquentem verba haec in domo Domini.
पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले याहवेहको भवनमा यर्मियाले भनेका यी वचनहरू सुने।
8 Cumque complesset Ieremias loquens omnia, quae praeceperat ei Dominus ut loqueretur ad universum populum, apprehenderunt eum sacerdotes, et prophetae, et omnis populus, dicens: Morte moriatur.
तर जब याहवेहले यर्मियालाई भन्‍नू भनी आज्ञा दिनुभएका सबै कुराहरू तिनले भनिसके, तब पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले तिनलाई समातेर भने, “तँ अब मर्नैपर्छ!
9 Quare prophetavit in nomine Domini, dicens: Sicut Silo erit domus haec: et urbs ista desolabitur, eo quod non sit habitator? Et congregatus est omnis populus adversus Ieremiam in domo Domini.
यो भवन शीलोजस्तै हुनेछ, र यो सहरचाहिँ उजाड र रुखो हुनेछ भनी किन याहवेहको नाममा अगमवाणी गरिस्?” अनि याहवेहको भवनमा सबै मानिसहरूले यर्मियालाई घेरे।
10 Et audierunt principes Iuda verba haec: et ascenderunt de domo regis in domum Domini, et sederunt in introitu portae domus Domini novae.
जब यहूदाका अधिकारीहरूले यो कुरा सुने, तब तिनीहरू राजमहलबाट याहवेहको भवनमा गए, र याहवेहको नयाँ मूलढोकाको प्रवेशद्वारमा आ-आफ्ना ठाउँमा बसे।
11 Et locuti sunt sacerdotes et prophetae ad principes, et ad omnem populum, dicentes: Iudicium mortis est viro huic: quia prophetavit adversus civitatem istam, sicut audistis auribus vestris.
तब पुजारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिसहरूलाई भने, “यस मानिसलाई मृत्युदण्ड दिनुपर्छ; किनकि यसले यस सहरको विरुद्धमा अगमवाणी गरेको छ। तपाईंहरूले यो कुरा आफ्नै कानले सुन्‍नुभएको छ!”
12 Et ait Ieremias ad omnes principes, et ad universum populum, dicens: Dominus misit me ut prophetarem ad domum istam, et ad civitatem hanc omnia verba quae audistis.
तब यर्मियाले सबै अधिकारीहरू र सबै मानिसहरूलाई भने: “याहवेहले नै मलाई यस भवन र यस सहरको विरुद्धमा तपाईंहरूले सुनेका सबै कुराहरू अगमवाणी गर्नलाई पठाउनुभएको हो।
13 Nunc ergo bonas facite vias vestras, et studia vestra, et audite vocem Domini Dei vestri: et poenitebit Dominum mali, quod locutus est adversum vos.
अब तपाईंहरूले आ-आफ्ना चाल र कामहरू सुधार्नुहोस्! अनि याहवेह तपाईंहरूका परमेश्‍वरको आज्ञापालन गर्नुहोस्। तब याहवेहले आफ्नो मन बदल्नुहुनेछ र उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्ति ल्याउनुहुनेछैन।
14 Ego autem ecce in manibus vestris sum: facite mihi quod bonum et rectum est in oculis vestris:
मेरो बारेमा भन्‍नुपर्दा, म त तपाईंहरूकै हातमा छु; तपाईंहरूलाई जे असल र उचित लाग्छ, त्यही मसित गर्नुहोस्।
15 Verumtamen scitote et cognoscite quod si occideritis me, sanguinem innocentem tradetis contra vosmetipsos, et contra civitatem istam, et habitatores eius. in veritate enim misit me Dominus ad vos, ut loquerer in auribus vestris omnia verba haec.
तर यो कुरा जान्‍नुहोस्, कि तपाईंहरूले मलाई मार्नुभयो भने निश्‍चय तपाईंहरूले निर्दोष मानिसको रगतको दोष आफूमाथि, यस सहरमाथि र यस सहरमा बस्‍ने मानिसहरूमाथि पनि ल्याउनुहुनेछ; किनकि याहवेहले मलाई तपाईंहरूले सुन्‍ने गरी यी सबै वचनहरू तपाईंहरूलाई चेतावनी दिन पठाउनुभएको कुरा सत्य हो।”
16 Et dixerunt principes, et omnis populus ad sacerdotes et ad prophetas: Non est viro huic iudicium mortis: quia in nomine Domini Dei nostri locutus est ad nos.
तब ती अधिकारीहरू र मानिसहरूले पुजारीहरू र अगमवक्ताहरूलाई भने, “यो मानिस मृत्युदण्ड पाउन योग्य छैन! किनकि यसले याहवेह हाम्रा परमेश्‍वरको नाममा, उहाँको तर्फबाट हामीसित बोलेको छ।”
17 Surrexerunt ergo viri de senioribus terrae: et dixerunt ad omnem coetum populi, loquentes:
प्रधानहरूमध्ये केही मानिसहरू उठेर भेला भएका सम्पूर्ण समुदायलाई भने,
18 Michaeas de Morasthi fuit propheta in diebus Ezechiae regis Iuda, et ait ad omnem populum Iuda, dicens: Haec dicit Dominus exercituum: Sion quasi ager arabitur: et Ierusalem in acervum lapidum erit: et mons domus in excelsa silvarum.
“मोरेशेतका मीकाले यहूदाका राजा हिजकियाहको समयमा अगमवाणी गरे। तिनले यहूदाका सबै मानिसहरूलाई भने, ‘सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “‘सियोन खेतजस्तै जोतिनेछ; यरूशलेम भग्नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ झाडीले भरिएको ढिस्कोझैँ हुनेछ।’
19 Numquid morte condemnavit eum Ezechias rex Iuda, et omnis Iuda? numquid non timuerunt Dominum, et deprecati sunt faciem Domini: et poenituit Dominum mali, quod locutus fuerat adversum eos? Itaque nos facimus malum grande contra animas nostras.
“के यहूदाका राजा हिजकियाह अथवा यहूदाका अरू कसैले मीकालाई मारे? के हिजकियाहले याहवेहसित डराएर उहाँको कृपा खोजेनन्? अनि के याहवेहले आफ्नो मन बदलेर उहाँले तिनीहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्तिदेखि आफ्नो मन बदल्नुभएन र? तर हामीले आफूमाथि एक डरलाग्दो विपत्ति ल्याउन लाग्दैछौँ!”
20 Fuit quoque vir prophetans in nomine Domini, Urias filius Semei de Cariathiarim: et prophetavit adversus civitatem istam, et adversus terram hanc iuxta omnia verba Ieremiae.
(किर्यत-यारीमबाट शमायाहका छोरा उरियाह नाम गरेका अर्का मानिस थिए, जसले याहवेहको नाममा अगमवाणी गरेका थिए; उरियाहले पनि यस सहर र यस देशको विरुद्धमा यर्मियाले झैँ अगमवाणी गरे।
21 Et audivit rex Ioakim, et omnes potentes, et principes eius verba haec: et quaesivit rex interficere eum. Et audivit Urias, et timuit, fugitque et ingressus est Aegyptum.
जब राजा यहोयाकीम र तिनका सबै अधिकारीहरू र अधिकृतहरूले तिनका वचनहरू सुने, तब राजाले तिनलाई मार्न खोजेका थिए। तर जब उरियाहले यो कुरा सुने, तब तिनी डरले इजिप्टतिर भागे।
22 Et misit rex Ioakim viros in Aegyptum, Elnathan filium Achobor, et viros cum eo in Aegyptum.
अनि राजा यहोयाकीमले उरियाहलाई पक्रन अक्बोरको छोरा एल्नातानलाई अरू केही मानिसहरूसहित इजिप्टमा पठाए।
23 Et eduxerunt Uriam de Aegypto: et adduxerunt eum ad regem Ioakim, et percussit eum gladio: et proiecit cadaver eius in sepulchris vulgi ignobilis.
तिनीहरूले उरियाहलाई इजिप्टबाट लिएर आए, र राजा यहोयाकीमकहाँ लगे, जसले तिनलाई तरवारले प्रहार गरेर मारे। अनि तिनको शरीरलाई सर्वसाधारण मानिसहरू गाडिने ठाउँमा फ्याँक्न लगाए)।
24 Igitur manus Ahicam filii Saphan fuit cum Ieremia, ut non traderetur in manus populi, et interficerent eum.
तर शापानका छोरा अहीकामले यर्मियालाई समर्थन गरे। त्यसैकारण तिनीहरूले यर्मियालाई पक्रेर मारिनका निम्ति मानिसहरूका हातमा दिएनन्।

< Jeremiæ 26 >