< Jeremiæ 11 >

1 Verbum, quod factum est a Domino ad Ieremiam, dicens:
यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:
2 Audite verba pacti huius, et loquimini ad viros Iuda, et ad habitatores Ierusalem,
“यस करारका शर्तहरू सुन्। अनि ती यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भन्।
3 et dices ad eos: Haec dicit Dominus Deus Israel: Maledictus vir, qui non audierit verba pacti huius,
याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ भनी तिनीहरूलाई भन्: ‘यस करारका शर्तहरू पालन नगर्ने मानिस श्रापित होस्,
4 quod praecepi patribus vestris in die, qua eduxi eos de Terra Aegypti, de fornace ferrea, dicens: Audite vocem meam, et facite omnia, quae praecipio vobis, et eritis mihi in populum, et ego ero vobis in Deum:
अर्थात् ती शर्तहरू, जुन मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट, फलाम पगाल्ने भट्टीबाट निकालेर ल्याउँदा तिनीहरूलाई आज्ञा गरेको थिएँ।’ मैले भनेँ, ‘मलाई र मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुराहरू पालन गर्‍यौ भने तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु।
5 ut suscitem iuramentum, quod iuravi patribus vestris daturum me eis terram fluentem lacte, et melle, sicut est dies haec. Et respondi, et dixi: Amen Domine.
तब तिमीहरूका पितापुर्खाहरूलाई दूध र मह बग्ने देश दिनेछु’ भनी मैले तिनीहरूसित शपथ खाएर बाँधेको प्रतिज्ञा पूरा गर्नेछु; त्यही देश, जुन आज तिमीहरूको अधिकारमा छ।” मैले जवाफ दिएर भनेँ, “आमेन, याहवेह।”
6 Et dixit Dominus ad me: Vociferare omnia verba haec in civitatibus Iuda, et foris Ierusalem, dicens: Audite verba pacti huius, et facite illa:
याहवेहले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा यी सबै वचनहरू घोषणा गर्: ‘करारका यी वचनहरू सुन र ती वचनहरू पालन गर।
7 quia contestans contestatus sum patres vestros in die, qua eduxi eos de Terra Aegypti usque ad diem hanc: mane consurgens contestatus sum, et dixi: Audite vocem meam:
“मेरो आज्ञापालन गर,” भनेर मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट ल्याएको समयदेखि आजसम्म मैले तिनीहरूलाई बारम्बार चेतावनी दिँदैआएको छु।
8 et non audierunt, nec inclinaverunt aurem suam: sed abierunt unusquisque in pravitate cordis sui mali: et induxi super eos omnia verba pacti huius, quod praecepi ut facerent, et non fecerunt.
तर तिनीहरूले सुनेनन्, अथवा ध्यानै दिएनन्; बरु तिनीहरू आफ्नै दुष्‍ट हृदयको हठीपनामा लागिरहे। त्यसैले तिनीहरूले पालन नगरेको हुनाले मैले तिनीहरूलाई पालन गर्नलाई दिएको करारका सबै सरापहरू तिनीहरूमाथि ल्याएँ।’”
9 Et dixit Dominus ad me: Inventa est coniuratio in viris Iuda, et in habitatoribus Ierusalem.
तब याहवेहले मलाई भन्‍नुभयो, “यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरूले मेरो विरुद्धमा एउटा षड्यन्त्र रचेका छन्।
10 Reversi sunt ad iniquitates patrum suorum priores, qui noluerunt audire verba mea: et hi ergo abierunt post deos alienos, ut servirent eis: irritum fecerunt domus Israel, et domus Iuda pactum meum, quod pepigi cum patribus eorum.
तिनीहरू आफ्ना पितापुर्खाहरूका पापमा फर्किगएका छन्, जसले मेरो वचन सुन्‍न इन्कार गरेका थिए। तिनीहरू अन्य देवताहरूका पछि लागेका छन् र तिनीहरूको सेवा गरेका छन्। मैले तिनीहरूका पितापुर्खाहरूसित बाँधेको करारलाई इस्राएल र यहूदा दुवैले भङ्ग गरेका छन्।
11 Quam ob rem haec dicit Dominus: Ecce ego inducam super eos mala, de quibus exire non poterunt: et clamabunt ad me, et non exaudiam eos.
यसकारण याहवेह यसो भन्‍नुहुन्छ: ‘म तिनीहरू उम्कनै नसक्ने गरी तिनीहरूमाथि विपत्ति ल्याउनेछु। तिनीहरूले सहायताका निम्ति पुकार गरे तापनि म तिनीहरूको पुकार सुन्‍नेछैनँ।
12 Et ibunt civitates Iuda, et habitatores Ierusalem, et clamabunt ad eos, quibus libant, et non salvabunt eos in tempore afflictionis eorum.
तब यहूदाका र यरूशलेमका मानिसहरू जानेछन् र तिनीहरूले धूप बालेका देवताहरूकहाँ पुकार्नेछन्, तर विपत्ति आइपर्दा ती देवताहरूले कुनै पनि सहायता गर्न सक्दैनन्।
13 Secundum numerum enim civitatum tuarum erant dii tui Iuda: et secundum numerum viarum Ierusalem posuisti aras confusionis, aras ad libandum Baalim.
हे यहूदा, तँसित जति सहरहरू छन्, त्यति नै देवताहरू छन्; अनि तैँले त्यस लाजमर्दो बाल-देवताको निम्ति धूप बाल्न खडा गरेका वेदीहरू त्यति नै छन्, जति यरूशलेमका सडकहरू छन्।’
14 Tu ergo noli orare pro populo hoc, et ne assumas pro eis laudem et orationem: quia non exaudiam in tempore clamoris eorum ad me, in tempore afflictionis eorum.
“यी मानिसहरूका निम्ति प्रार्थना नगर्, न त कुनै विलौना अथवा बिन्ती नै गर्; किनकि तिनीहरूको विपत्तिको समयमा तिनीहरूले सहायताका निम्ति मेरो पुकार गर्दा म सुन्‍नेछैनँ।
15 Quid est, quod dilectus meus in domo mea fecit scelera multa? numquid carnes sanctae auferent a te malitias tuas, in quibus gloriata es?
“मेरो मन्दिरमा मेरी प्रिय के गर्दैछे, जबकि त्यसले धेरैजनासँग कुकर्म गरिसकेकी छे? के अर्पण गरिएको मासुले तेरो दण्ड पन्साउन सक्छ र? जब तँ आफ्ना दुष्‍ट कर्महरूमा लाग्छेस्, तब तँ खुशी हुन्छेस्।”
16 Olivam uberem, pulchram, fructiferam, speciosam vocavit Dominus nomen tuum: ad vocem loquelae, grandis exarsit ignis in ea, et combusta sunt fruteta eius.
याहवेहले तँलाई मौलाएको असल फलहरूको जैतुनको रूख भन्‍नुभयो। तर शक्तिशाली आँधीबेहरीको गर्जनले उहाँले त्यसलाई आगो लगाइदिनुहुनेछ; अनि त्यसका हाँगाहरू पूर्ण रूपमा भाँचिनेछन्।
17 Et Dominus exercituum qui plantavit te, locutus est super te malum: pro malis domus Israel et domus Iuda, quae fecerunt sibi ad irritandum me, libantes Baalim.
सेनाहरूका याहवेह, जसले तँलाई रोप्नुभयो, उहाँले तेरो विरुद्धमा विपत्तिको आदेश दिनुभएको छ; किनकि इस्राएल र यहूदाका मानिसहरूले बाल-देवतालाई धूपहरू बालेर दुष्‍ट काम गरेका छन् र मलाई रिस उठाएका छन्।
18 Tu autem Domine demonstrasti mihi, et cognovi: tu ostendisti mihi studia eorum.
किनभने याहवेहले मलाई तिनीहरूको षड्यन्त्र प्रकट गरिदिनुभयो; अनि मैले त्यो थाहा पाएँ; किनकि त्यस बेला तिनीहरूले जे गरिरहेका थिए, उहाँले मलाई देखाउनुभयो।
19 Et ego quasi agnus mansuetus, qui portatur ad victimam: et non cognovi quia cogitaverunt super me consilia, dicentes: Mittamus lignum in panem eius, et eradamus eum de terra viventium, et nomen eius non memoretur amplius.
तर म त मारिनलाई लगिएको एउटा सुधो थुमाजस्तो थिएँ; तिनीहरूले मलाई यसो भन्दै षड्यन्त्र रचेको मलाई थाहै थिएन, “हामी यस रूख र यसको फललाई नाश गरिदिऔँ; यसलाई जीवितहरूको देशबाट काटेर ढालिदिऔँ, ताकि यस रूखको नामको सम्झनाधरि नरहोस्।”
20 Tu autem Domine Sabaoth, qui iudicas iuste, et probas renes et corda, videam ultionem tuam ex eis: tibi enim revelavi causam meam.
तर तपाईं सेनाहरूका याहवेह, जसले धार्मिकतासाथ न्याय गर्नुहुन्छ; अनि हृदय र मनलाई जाँच गर्नुहुन्छ; तिनीहरूमाथि तपाईंको बदला म देख्न पाऊँ; किनकि मैले मेरो मुद्दा तपाईंलाई सुम्पिदिएको छु।
21 Propterea haec dicit Dominus ad viros Anathoth, qui quaerunt animam tuam, et dicunt: Non prophetabis in nomine Domini, et non morieris in manibus nostris.
यसकारण “याहवेहको नाममा अगमवाणी नगर्, नत्रता तँ हाम्रो हातबाट मर्नेछस्,” भन्दै तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको बारेमा याहवेह यसो भन्‍नुहुन्छ:
22 Propterea haec dicit Dominus exercituum: Ecce ego visitabo super eos: iuvenes morientur in gladio, filii eorum, et filiae eorum morientur in fame.
यसकारण सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूका जवान मानिसहरू तरवारले र तिनीहरूका छोरीहरूचाहिँ अनिकालले मर्नेछन्।
23 Et reliquiae non erunt ex eis: inducam enim malum super viros Anathoth, annum visitationis eorum.
अनातोतका मानिसहरू कोही पनि बाँकी रहनेछैनन्; किनकि तिनीहरूलाई दण्ड दिने वर्षमा म अनातोतका मानिसहरूमाथि सर्वनाश ल्याउनेछु।”

< Jeremiæ 11 >