< Isaiæ 41 >
1 Taceant ad me insulae, et Gentes mutent fortitudinem: accedant, et tunc loquantur, simul ad iudicium propinquemus.
“हे टापुहरू हो, मेरो सामु चुप लागेर बस! राष्ट्रहरूले नयाँ सामर्थ्य प्राप्त गरून्! तिनीहरू अगि आएर बोलून्; हामी न्यायको ठाउँमा भेट गरौँ!
2 Quis suscitavit ab Oriente iustum, vocavit eum ut sequeretur se? dabit in conspectu eius Gentes, et reges obtinebit: dabit quasi pulverem gladio eius, sicut stipulam vento raptam arcui eius.
“कसले पूर्वबाट एक जनालाई उहाँको सेवाको निम्ति धार्मिकतामा बोलाएर सुर्याएको छ? उहाँले त्यसलाई राष्ट्रहरू दिनुहुन्छ, र राजाहरूलाई त्यसको वशमा पार्नुहुन्छ। जसले आफ्नो तरवारले तिनीहरूलाई माटोमा परिणत गरिदिनुहुन्छ, तथा आफ्नो धनुले बतासलाई उडाएको भुसमा परिणत गरिदिनुहुन्छ।
3 Persequetur eos, transibit in pace, semita in pedibus eius non apparebit.
त्यसले तिनीहरूलाई खेद्छ र विनारोकटोक अगि बढ्छ; यस्तो बाटोबाट, जसमा त्यसका खुट्टाले पहिले हिँडेका थिएनन्।
4 Quis haec operatus est, et fecit, vocans generationes ab exordio? Ego Dominus, primus et novissimus ego sum.
पुस्ताहरूलाई सुरुदेखि बोलाएर, यो काम कसले गर्यो र पूरा गर्यो? म याहवेह नै हुँ, जो तिनीहरूका पहिलो र पछिल्लोसित रहन्छु।”
5 Viderunt insulae, et timuerunt, extrema terrae obstupuerunt, appropinquaverunt, et accesserunt.
टापुहरूले त्यो देखे, र डराए; पृथ्वीको पल्लो छेउहरू काँप्छन्। तिनीहरू नजिक आएर अगाडि आउँछन्;
6 Unusquisque proximo suo auxiliabitur, et fratri suo dicet: Confortare.
एक-अर्कालाई सघाउँछन्, र एउटाले अरू दाजुभाइलाई भन्छ, “बलियो होउ!”
7 Confortavit faber aerarius percutiens malleo eum, qui cudebat tunc temporis, dicens: Glutino bonum est: et confortavit eum clavis, ut non moveretur.
कारिगरले सुनारलाई ढाडस दिन्छ, र धातु पिट्न घन प्रहार गर्नेले लिहिमा धातु पिटेर चिल्लो पार्नेलाई प्रोत्साहन दिन्छ। त्यसले लिहिको विषयमा यसो भन्छ, “यो असलै छ।” त्यसले मूर्तिलाई किला ठोकेर बलियो पार्छ।
8 Et tu Israel serve meus, Iacob quem elegi, semen Abraham amici mei:
“तर तँ, हे मेरो सेवक इस्राएल, याकोब, जसलाई मैले चुनेको छु। मेरा मित्र, अब्राहामका सन्तान,
9 In quo apprehendi te ab extremis terrae, et a longinquis eius vocavi te, et dixi tibi: Servus meus es tu, elegi te, et non abieci te.
मैले तँलाई पृथ्वीको पल्लो छेउबाट लिएँ, र त्यसका सुदूर कुनाबाट मैले तँलाई बोलाएँ। अनि मैले भनेँ, ‘तँ मेरो दास होस्’ मैले तँलाई चुनेको छु, र तँलाई इन्कार गरेको छैनँ।
10 Ne timeas, quia ego tecum sum: ne declines, quia ego Deus tuus: confortavi te, et auxiliatus sum tibi, et suscepit te dextera iusti mei.
यसकारण नडरा; किनकि म तँसित छु; निराश नहो, किनकि म तेरो परमेश्वर हुँ। म तँलाई सामर्थी बनाउनेछु, र सहायता दिनेछु; म तँलाई आफ्ना धार्मिकताको दाहिने हातले सम्हाल्नेछु।
11 Ecce confundentur et erubescent omnes, qui pugnant adversum te: erunt quasi non sint, et peribunt viri, qui contradicunt tibi.
“तेरो विरुद्ध रिस गर्ने सबै लाजमा पर्नेछन्, र अपमानित हुनेछन्; तेरो विरोध गर्नेहरू नाश भएर मेटिनेछन्।
12 Quaeres eos, et non invenies, viros rebelles tuos: erunt quasi non sint: et veluti consumptio homines bellantes adversum te.
तैँले तेरा शत्रुहरूलाई खोजे तापनि तिनीहरूलाई भेट्टाउनेछैनस्। तेरो विरुद्धमा लडाइँ गर्नेहरू नाश भएर मेटिनेछन्।
13 Quia ego Dominus Deus tuus apprehendens manum tuam, dicensque tibi: Ne timeas, ego adiuvi te.
किनकि म याहवेह नै तेरा परमेश्वर हुँ, जसले तेरो दाहिने हात समातेर तँलाई भन्दछु, नडरा; म तँलाई सहायता गर्नेछु।
14 Noli timere vermis Iacob, qui mortui estis ex Israel: ego auxiliatus sum tibi, dicit Dominus: et redemptor tuus sanctus Israel.
हे किरासमान याकोब, हे सानो इस्राएल, नडरा; किनकि म आफैँ तँलाई सहायता गर्नेछु” तेरो उद्धारक, इस्राएलका पवित्र परमेश्वर, याहवेह घोषणा गर्नुहुन्छ,
15 Ego posui te quasi plaustrum triturans novum, habens rostra serrantia: triturabis montes, et comminues: et colles quasi pulverem pones.
“हेर, म तँलाई दाँदेजस्तै हतियार बनाउनेछु; नयाँ र तीखा धेरै दाँतहरू भएको धारिलो दाँदेजस्तै बनाउनेछु। तैँले पर्वतहरूलाई दाइँ गर्नेछस् र तिनीहरूलाई पेल्नेछस्; अनि पर्वतहरूलाई घटाएर भुस बनाउनेछस्।
16 Ventilabis eos, et ventus tollet, et turbo disperget eos: et tu exultabis in Domino, in sancto Israel laetaberis.
तैँले तिनीहरूलाई नाङ्लोले निफन्नेछस्, र हावाले तिनीहरूलाई उडाइलैजानेछ, र आँधीले तिनीहरूलाई छरपस्ट पारिदिनेछ। तर तँचाहिँ याहवेहमा आनन्दित हुनेछस्, र तैँले इस्राएलका पवित्र परमेश्वरलाई प्रशंसा गर्नेछस्।
17 Egeni, et pauperes quaerunt aquas, et non sunt: lingua eorum siti aruit. Ego Dominus exaudiam eos, Deus Israel non derelinquam eos.
“गरिब र खाँचोमा परेकाहरूले पानी खोज्छन्, तर पानी कतै छैन; तिनीहरूका जिब्रा प्यासले सुकेका छन्। तर म याहवेहले नै तिनीहरूलाई जवाफ दिनेछु; म इस्राएलका परमेश्वर भएको कारण तिनीहरूलाई त्याग्नेछैनँ।
18 Aperiam in excelsis collibus flumina, et in medio camporum fontes: ponam desertum in stagna aquarum, et terram inviam in rivos aquarum.
म बाँझो अग्ला ठाउँहरूमा नदीहरू बग्न लगाउनेछु; अनि बेँसीमा खोलाहरू बग्न लगाउनेछु। म मरुभूमिलाई पानीको पोखरीमा र डढेको जमिनलाई खोलाहरूमा परिणत गर्नेछु।
19 Dabo in solitudinem cedrum, et spinam, et myrtum, et lignum olivae: ponam in deserto abietem, ulmum, et buxum simul:
म मरुभूमिमा देवदारु र बबुल, मेहदी र जैतुन लगाउनेछु। म बाँझो जमिनमा सल्ला, धूपी र सिसौ एकैसाथ उमार्नेछु,
20 Ut videant, et sciant, et recogitent, et intelligant pariter quia manus Domini fecit hoc, et sanctus Israel creavit illud.
ताकि मानिसहरूले देखून् र जानून्, विचार गरून् र बुभून्, कि यो याहवेहको हातको काम हो; इस्राएलका पवित्र परमेश्वरले यो सृजनुभएको हो।”
21 Prope facite iudicium vestrum, dicit Dominus: afferte, siquid forte habetis, dicit rex Iacob.
याहवेह भन्नुहुन्छ, “तिमीहरूका मुद्दा पेश गर।” याकोबका राजा भन्नुहुन्छ, “तिमीहरूका तर्क पेश गर।
22 Accedant, et nuncient nobis quaecumque ventura sunt: priora quae fuerunt nunciate: et ponemus cor nostrum, et sciemus novissima eorum, et quae ventura sunt indicate nobis.
तिमीहरूका मूर्तिहरूलाई लिएर आओ भविष्यका कुरा तिनीहरूले भनून्। अगिका कुराहरू के थिए, हामीलाई भन, र हामी तिनीहरूमाथि विचार गरौँ; अनि तिनीहरूका अन्तिम नतिजा जान्न सकौँ। अथवा भविष्यमा हुने कुराहरू घोषणा गर;
23 Annunciate quae ventura sunt in futurum, et sciemus quia dii estis vos. bene quoque aut male, si potestis, facite: et loquamur, et videamus simul.
भविष्यमा के हुने हो, हामीलाई भन, र तिमीहरू देवताहरू हौ भनी हामी जान्न सकौँ। असल वा खराब केही गर ताकि हामी चकित भएर डराउनु परोस्।
24 Ecce, vos estis ex nihilo, et opus vestrum ex eo, quod non est: abominatio est qui elegit vos.
तर तिमीहरू त केही होइनौ, र तिमीहरूका कामहरू पूर्ण व्यर्थ छन्; तिमीहरूलाई छान्नेहरू घृणित हुन्।
25 Suscitavi ab Aquilone, et veniet ab Ortu solis: vocabit nomen meum, et adducet magistratus quasi lutum, et velut plastes conculcans humum.
“मैले उत्तरबाट एक जनालाई सुर्याएको छु; अनि त्यो आउँछ, घाम उदाउने दिशाबाट, जसले मेरो नामको पुकार गर्छ। त्यसले शासकहरूलाई यसरी कुल्चनेछ, जसरी कुमालेले माटो कुल्चन्छ।
26 Quis annunciavit ab exordio ut sciamus: et a principio ut dicamus: Iustus es? non est neque annuncians, neque praedicens, neque audiens sermones vestros.
यस विषयमा सुरुदेखि कसले भन्यो र हामी जान्न सकौँ, अथवा पहिले नै बताएको छ र हामी ‘त्यो ठिक छ’ भन्न सकौँ? यसबारे कसैले भनेनन्, कसैले कहिल्यै भनेनन्; तिमीहरूबाट कसैले केही कुरा सुनेनन्।
27 Primus ad Sion dicet: Ecce adsum, et Ierusalem evangelistam dabo.
सियोनलाई, ‘हेर, तिनीहरू यहाँ छन्!’ भन्ने म नै पहिलो हुँ। यरूशलेमलाई शुभ समाचार दिने दूत म नै हुँ।
28 Et vidi, et non erat neque ex istis quisquam qui iniret consilium, et interrogatus responderet verbum.
म हेर्छु, तर कोही छैन; तिनीहरूमा सल्लाह दिने कोही पनि छैन; मैले तिनीहरूलाई प्रश्न गर्दा जवाफ दिने कोही पनि छैन।
29 Ecce omnes iniusti, et vana opera eorum: ventus et inane simulachra eorum.
हेर, तिनीहरू सबै झूटा हुन्! तिनीहरूका काम व्यर्थैका हुन्; तिनीहरूका मूर्तिहरू हावा र व्यर्थका मात्र हुन्।