< Osee Propheta 8 >

1 In gutture tuo sit tuba quasi aquila super domum Domini: pro eo quod transgressi sunt foedus meum, et legem meam praevaricati sunt.
“तुरहीलाई आफ्नो ओठमा राख! शत्रु चीलजस्तै याहवेहको भवनमाथि घुम्दैछ, किनकि मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्धमा विद्रोही भएका छन्।
2 Me invocabunt: Deus meus cognovimus te Israel.
इस्राएलले मलाई पुकार गर्छ, ‘हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई स्वीकार गर्छौँ!’
3 Proiecit Israel bonum, inimicus persequetur eum.
तर इस्राएलले असल कुरालाई तिरस्कार गरेको कारण शत्रुले त्यसलाई खेद्नेछ।
4 Ipsi regnaverunt, et non ex me: principes extiterunt, et non cognovi: argentum suum, et aurum suum fecerunt sibi idola, ut interirent:
तिनीहरूले मेरो स्वीकृतिविना राजाहरू खडा गर्छन्; तिनीहरूले मेरो सहमतिविना राजकुमारहरू नियुक्त गर्छन्। तिनीहरूले आफ्नै विनाशको निम्ति आफ्ना सुन र चाँदीबाट आफ्ना निम्ति मूर्तिहरू बनाउँछन्।
5 proiectus est vitulus tuus Samaria, iratus est furor meus in eos. usquequo non poterunt emundari?
हे सामरिया, तिमीहरूको बाछाको मूर्ति फ्याँकिदेओ! तिनीहरूको विरुद्धमा मेरो रिस दन्केको छ। कहिलेसम्म तिनीहरू अशुद्ध भइरहन्छन्?
6 Quia ex Israel et ipse est: artifex fecit illum, et non est Deus: quoniam in aranearum telas erit vitulus Samariae.
तिनीहरू इस्राएलका हुन्! यो बाछा एक जना कारिगरले बनाएको हो; त्यो परमेश्‍वर हुँदै होइन। तर सामरियाको त्यो बाछा टुक्रा-टुक्रा पारिनेछ।
7 Quia ventum seminabunt, et turbinem metent: culmus stans non est in eo, germen non faciet farinam: quod et si fecerit, alieni comedent eam.
“तिनीहरूले बतास छर्दछन्, र आँधीबेहरीको कटनी गर्दछन्। गहुँको डाँठमा बाला छैन; त्यसबाट पिठो पनि निस्कनेछैन। यदि त्यसले अन्‍न फलाए तापनि विदेशीहरूले त्यसलाई निलिदिनेछन्।
8 Devoratus est Israel: nunc factus est in nationibus quasi vas immundum.
इस्राएल निलिएको छ; अब त्यो राष्ट्रहरूको बीचमा कसैले नचाहने वस्तुजस्तै भएको छ।
9 Quia ipsi ascenderunt ad Assur, onager solitarius sibi: Ephraim munera dederunt amatoribus.
किनकि तिनीहरू एकलै डुलिहिँड्ने जङ्गली गधाजस्तै अश्शूरतिर गएका छन्। एफ्राइमले आफूलाई प्रेमीहरूका हातमा ज्यालामा बेचेकी छ।
10 Sed et cum mercede conduxerint nationes, nunc congregabo eos: et quiescent paulisper ab onere regis, et principum.
तिनीहरूले आफूलाई राष्ट्रहरूमा बेचे तापनि अब म तिनीहरूलाई एकसाथ भेला गर्नेछु। शक्तिशाली राजाको थिचोमिचोमा परेर तिनीहरू नाश हुन थाल्नेछन्।
11 Quia multiplicavit Ephraim altaria ad peccandum: factae sunt ei arae in delictum.
“एफ्राइमले पापबलिका निम्ति धेरै वेदीहरू बनाए तापनि ती वेदीहरू त्यसका निम्ति पाप गर्ने कारण भएका छन्।
12 Scribam ei multiplices leges meas, quae velut alienae computatae sunt.
मैले तिनीहरूका निम्ति मेरा व्यवस्थाका धेरै कुराहरू लेखिदिएको छु; तर तिनीहरूले ती व्यवस्थालाई कुनै विदेशी वस्तुझैँ ठाने।
13 Hostias offerent, immolabunt carnes, et comedent, et Dominus non suscipiet eas: nunc recordabitur iniquitatis eorum, et visitabit peccata eorum: ipsi in Aegyptum convertentur.
तिनीहरूले मलाई बलिदानहरू चढाउँछन्, र मासुचाहिँ तिनीहरूले खान्छन्; त्यसैले याहवेह तिनीहरूसँग प्रसन्‍न हुनुहुन्‍न। यसकारण उहाँले तिनीहरूको दुष्‍टता सम्झनुहुनेछ, र तिनीहरूका पापको दण्ड दिनुहुनेछ: तिनीहरू फेरि इजिप्टमा फर्किजानेछन्।
14 Et oblitus est Israel factoris sui, et aedificavit delubra: et Iuda multiplicavit urbes munitas: et mittam ignem in civitates eius, et devorabit aedes illius.
इस्राएलले आफ्ना सृष्‍टिकर्तालाई बिर्सिएको छ, र महलहरू बनाएको छ; यहूदाले धेरै सहरहरूलाई सुरक्षित पर्खालले घेरेको छ। तर म तिनीहरूका सहरहरूमा आगो पठाउनेछु, जसले तिनीहरूका गढहरूलाई भस्म पार्नेछ।”

< Osee Propheta 8 >