< Osee Propheta 4 >

1 Audite verbum Domini filii Israel, quia iudicium Domino cum habitatoribus terrae: non est enim veritas, et non est misericordia, et non est scientia Dei in terra.
हे इस्राएलका मानिसहरू हो, याहवेहको वचन सुन, देशमा बस्‍नेहरूको विरुद्धमा याहवेहले दोष लगाउनुभएको छ: “यस देशमा विश्‍वासयोग्यता छैन, न त प्रेम नै छ; परमेश्‍वरलाई स्वीकार गर्ने कोही पनि छैन।
2 Maledictum, et mendacium, et homicidium, et furtum, et adulterium inundaverunt, et sanguis sanguinem tetigit.
यहाँ श्राप, झूट र हत्या, चोरी र व्यभिचार मात्र छन्; तिनीहरूले सबै सीमाहरू नाघेका छन्; अनि रक्तपातमाथि रक्तपात गर्दछन्।
3 Propter hoc lugebit terra, et infirmabitur omnis, qui habitat in ea, in bestia agri, et in volucre caeli: et pisces maris congregabuntur.
यसकारण देश उजाड भएको छ; अनि देशमा बस्‍ने सबै मानिसहरू नष्‍ट भएका छन्; जङ्गली जनावरहरू, आकाशमा उड्ने चराचुरुङ्गीहरू र समुद्रका माछाहरू समेत नष्‍ट भएका छन्।
4 Verumtamen unusquisque non iudicet: et non arguatur vir: populus enim tuus sicut hi, qui contradicunt sacerdoti.
“तर कुनै पनि मानिसले आरोप नलगाओस्, न त कुनै मानिसले एक-अर्कालाई दोष लगाओस्; किनकि तिमीहरूका मानिसहरू पुजारीको विरुद्धमा दोष लगाउनेहरूजस्ता छन्।
5 Et corrues hodie, et corruet etiam propheta tecum: nocte tacere feci matrem tuam.
तिमीहरू दिनरात ठक्‍कर खान्छौ; अनि अगमवक्ताहरू पनि तिमीहरूसँगै ठक्‍कर खान्छन्। यसकारण म तिमीहरूकी आमालाई नाश गर्नेछु—
6 Conticuit populus meus, eo quod non habuerit scientiam: quia tu scientiam repulisti, repellam te, ne sacerdotio fungaris mihi: et oblita es legis Dei tui, obliviscar filiorum tuorum et ego.
मेरा मानिसहरू ज्ञानको अभावले नष्‍ट भएका छन्। “तिमीहरूले ज्ञानलाई इन्कार गरेको कारण, म पनि तिमीहरूलाई मेरो पुजारी हुनलाई इन्कार गर्नेछु; किनभने तिमीहरूले आफ्ना परमेश्‍वरको आज्ञालाई वास्ता गरेका छैनौ; तसर्थ म पनि तिमीहरूका छोराछोरीहरूलाई वास्ता गर्नेछैनँ।
7 Secundum multitudinem eorum sic peccaverunt mihi: gloriam eorum in ignominiam commutabo.
जति धेरै पुजारीहरू भए, तिनीहरूले त्यत्ति नै मेरो विरुद्धमा धेरै पाप गरे; तिनीहरूले आफ्ना महिमित परमेश्‍वरलाई घृणित कुराहरूसँग साटे।
8 Peccata populi mei comedent, et ad iniquitatem eorum sublevabunt animas eorum.
तिनीहरू मेरा मानिसहरूका पापद्वारा पोसिन्छन्, र तिनीहरूका दुष्‍टताको स्वाद लिन्छन्।
9 Et erit sicut populus, sic sacerdos: et visitabo super eum vias eius, et cogitationes eius reddam ei.
अनि यस्तो हुनेछ: जस्ता प्रजाहरू छन्, त्यस्तै पुजारीहरू हुनेछन्। म ती दुवैलाई तिनीहरूको खराब चालचलनको निम्ति दण्ड दिनेछु, र तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूलाई दिनेछु।
10 Et comedent, et non saturabuntur: fornicati sunt, et non cessaverunt: quoniam Dominum dereliquerunt in non custodiendo.
“तिनीहरूले खानेछन्, तर सन्तुष्‍टि हुनेछैनन्; तिनीहरू वेश्यावृत्तिमा संलग्न हुनेछन्, तर तृप्‍त हुनेछैनन्; तिनीहरू वेश्यावृत्तिमा सामेल हुनका लागि तिनीहरूले
11 Fornicatio, et vinum, et ebrietas auferunt cor.
याहवेहलाई त्यागेका छन्; पुरानो दाखमद्य र नयाँ दाखमद्यले मेरा प्रजाको समझशक्ति नष्‍ट पारिदिन्छ।
12 Populus meus in ligno suo interrogavit, et baculus eius annunciavit ei: spiritus enim fornicationum decepit eos, et fornicati sunt a Deo suo.
मेरा मानिसहरूले काठको मूर्तिसित सल्‍लाह लिन्छन्, र तिनीहरूका जोखना हेर्नेले काठको लहुरोसँग कुराकानी गर्छन्। वेश्यावृत्तिको आत्माले तिनीहरूलाई बहकाउँछ; तिनीहरू आफ्ना परमेश्‍वरप्रति अविश्‍वासयोग्य छन्।
13 Super capita montium sacrificabant, et super colles ascendebant thymiama: subtus quercum, et populum, et terebinthum, quia bona erat umbra eius: ideo fornicabuntur filiae vestrae, et sponsae vestrae adulterae erunt.
तिनीहरूले पर्वतका टाकुराहरूमा बलिदान चढाउँछन्; अनि डाँडाहरूमा होमबलिहरू चढाउँछन्; तिनीहरूले राम्रो छाया भएको ठाउँ, झ्याम्म परेका फलाँट, लहरे-पीपल र तारपीनको रूखमुनि बलिदान चढाउँछन्। यसकारण तिमीहरूका छोरीहरू वेश्यावृत्तिमा र तिमीहरूका बुहारीहरू व्यभिचारमा लागेका छन्।
14 Non visitabo super filias vestras cum fuerint fornicatae, et super sponsas vestras cum adulteraverint: quoniam ipsi cum meretricibus conversabantur, et cum effeminatis sacrificabant, et populus non intelligens vapulabit.
“जब तिमीहरूका छोरीहरूले वेश्यावृत्ति गर्छन्, म तिमीहरूका छोरीहरूलाई दण्ड दिनेछैनँ; न त तिमीहरूका बुहारीहरूलाई नै दण्ड दिनेछु; जसले व्यभिचार गर्छन्; किनकि पुरुषहरू आफैँ वेश्याहरूतिर लागेका छन्, र देवदासीहरूसँग बलिदान चढाउँछन्— समझशक्ति नभएका मानिसहरू नष्‍ट हुनेछन्!
15 Si fornicaris tu Israel, non delinquat saltem Iuda: et nolite ingredi in Galgala, et ne ascenderitis in Bethaven, neque iuraveritis: Vivit Dominus.
“हे इस्राएल, तैँले व्यभिचार गरे तापनि यहूदाचाहिँ दोषी नठहरिओस्। “तिमीहरू गिलगालमा नजाओ; न त बेथ-आवेनमा उक्लेर जाओ। न त ‘जीवित याहवेहको नाममा,’ शपथ खाओ!
16 Quoniam sicut vacca lasciviens declinavit Israel: nunc pascet eos Dominus, quasi agnum in latitudine.
इस्राएलका मानिसहरू हठी छन्; ढीट कोरलीझैँ छन्। तब कसरी याहवेहले तिनीहरूलाई चरनमा थुमालाई चराएजस्तै चराउन सक्नुहुनेछ त?
17 Particeps idolorum Ephraim, dimitte eum.
एफ्राइम मूर्तिसँग जोडिएको छ; त्यसलाई आफ्नै चालमा छोडिदेओ!
18 Separatum est convivium eorum, fornicatione fornicati sunt: dilexerunt afferre ignominiam protectores eius.
तिनीहरूको मद्य सकिए तापनि तिनीहरू वेश्यावृत्तिमा निरन्तर लागिरहन्छन्; तिनीहरूका शासकहरू लाजलाग्दो मार्गलाई अति मन पराउँछन्।
19 Ligavit eum spiritus in alis suis, et confundentur a sacrificiis suis.
आँधीबेहरीले तिनीहरूलाई उडाएर लैजानेछ; अनि तिनीहरूका बलिदानहरूले तिनीहरूलाई लाजमा पार्नेछ।

< Osee Propheta 4 >