< Osee Propheta 3 >
1 Et dixit Dominus ad me: Adhuc vade, et dilige mulierem dilectam amico et adulteram: sicut diligit Dominus filios Israel, et ipsi respiciunt ad deos alienos, et diligunt vinacia uvarum.
परमप्रभुले मलाई भन्नुभयो, “फेरि जा, आफ्नो पतिले प्रेम गरेकी एक जना स्त्रीलाई प्रेम गर्, तर त्यो एक जना व्यभिचारिणी हो । इस्राएलका मानिसहरू अन्य देवतातर्फ लागे र तिनीहरूले पवित्र दाखका केकहरू मन पराए तापनि, जसरी म परमप्रभुले तिनीहरूलाई प्रेम गरें, त्यसरी नै त्यसलाई प्रेम गर् ।”
2 Et fodi eam mihi quindecim argenteis, et coro hordei, et dimidio coro hordei.
यसैले मैले त्यसलाई मेरो निम्ति पन्ध्र शेकेल चाँदी र अढाइ मुरी जौ तिरेर किनें ।
3 Et dixi ad eam: Dies multos expectabis me: non fornicaberis, et non eris viro: sed et ego expectabo te.
मैले त्यसलाई भनें, “तिमी मसँग धेरै दिन बस्नुपर्छ । तिमी अब वेश्या हुनेछैनौ र कुनै अर्को पुरुषको हुनेछैनौ । त्यसरी नै म पनि तिमीसँगै रहनेछु ।”
4 quia dies multos sedebunt filii Israel sine rege, et sine principe, et sine sacrificio, et sine altari, et sine ephod, et sine theraphim.
किनकि इस्राएलका मानिसहरू राजा, राजकुमार, बलिदान, ढुङ्गाको स्तम्भ, एपोद र घरघरका मूर्तिहरूविना धेरै दिनसम्म रहनेछन् ।
5 et post haec revertentur filii Israel, et quaerent Dominum Deum suum, et David regem suum: et pavebunt ad Dominum, et ad bonum eius in novissimo dierum.
त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन् र परमप्रभु आफ्ना परमेश्वर र आफ्ना राजा दाऊदलाई खोज्नेछन्, र अन्तका दिनहरूमा, तिनीहरु परमप्रभु र उहाँको भलाइको सामु भयसाथ आउँछन् ।