< Osee Propheta 2 >

1 Dicite fratribus vestris: Populus meus: et sorori vestrae, Misericordiam consecuta.
“आफ्ना दाजुभाइहरूलाई ‘अम्मी’ र दिदीबहिनीहरूलाई ‘रूहामा’ भन्।
2 Iudicate matrem vestram, iudicate: quoniam ipsa non uxor mea, et ego non vir eius. auferat fornicationes suas a facie sua, et adulteria sua de medio uberum suorum.
“आफ्नी आमालाई हप्काओ, त्यसलाई हप्काओ; किनकि त्यो मेरी पत्नी होइनँ, र म पनि त्यसको पति होइनँ। त्यसले आफ्नो अनुहारबाट व्यभिचारको रूप र आफ्नो स्तनको बीचबाट विश्‍वासघातलाई हटाओस्।
3 Ne forte expoliem eam nudam, et statuam eam secundum diem nativitatis suae: et ponam eam quasi solitudinem, et statuam eam velut terram inviam, et interficiam eam siti.
नत्रता म त्यसलाई वस्त्रहीन पार्नेछु, र त्यसलाई जन्मेको दिनमा जस्तै नाङ्गै पार्नेछु; म त्यसलाई मरुभूमिजस्तै बनाइदिनेछु; त्यसलाई सुक्खा भूमिमा परिणत गरिदिनेछु, र त्यसलाई तिर्खाले मार्नेछु।
4 Et filiorum illius non miserebor: quoniam filii fornicationum sunt.
म त्यसका कुनै छोराछोरीहरूलाई दया देखाउनेछैनँ; किनकि तिनीहरू व्यभिचारबाट जन्मिएका सन्तान हुन्।
5 quia fornicata est mater eorum, confusa est quae concepit eos: quia dixit: Vadam post amatores meos, qui dant panes mihi, et aquas meas, lanam meam, et linum meum, oleum meum, et potum meum.
तिनीहरूकी आमाले विश्‍वासघात गरेकी छे, र तिनीहरूलाई कलङ्कित अवस्थामा गर्भधारण गरेकी छे। त्यसले भनी, ‘म मेरा प्रेमीहरूको पछि जानेछु, जसले मलाई मेरो भोजन, पानी, ऊन, सुती कपडा, तेल र दाखरस दिन्छन्।’
6 Propter hoc ecce ego sepiam viam tuam spinis, et sepiam eam maceria, et semitas suas non inveniet.
यसकारण म त्यसको बाटो काँडाघारीले बन्द गरिदिनेछु; त्यसले कुनै पनि बाटो नपाओस् भनेर म त्यसलाई पर्खालले बन्द गरिदिनेछु।
7 Et sequetur amatores suos, et non apprehendet eos: et quaeret eos, et non inveniet, et dicet: Vadam, et revertar ad virum meum priorem: quia bene mihi erat tunc magis quam nunc.
त्यो आफ्ना प्रेमीहरूलाई पछ्याउँदै जानेछे, तर त्यसले तिनीहरूलाई भेट्टाउन सक्दिन; त्यसले प्रेमीहरूलाई खोज्नेछे, तर तिनीहरूलाई भेट्टाउनेछैन। तब त्यसले भन्‍नेछे, “म पहिलेझैँ मेरो पतिकहाँ फर्केर जानेछु; किनकि अहिलेभन्दा त पहिलाको अवस्था नै राम्रो थियो।”
8 Et haec nescivit, quia ego dedi ei frumentum, et vinum, et oleum, et argentum multiplicavi ei, et aurum, quae fecerunt Baal.
त्यसले बुझेकै छैन, त्यसलाई अन्‍न, नयाँ दाखरस र जैतुन तेल दिने म नै हुँ; मैले त्यसलाई प्रशस्त सुन र चाँदी दिएँ, तर त्यसले त्यो बाल-देवताको निम्ति प्रयोग गरी।
9 Idcirco convertar, et sumam frumentum meum in tempore suo, et vinum meum in tempore suo, et liberabo lanam meam et linum meum, quae operiebant ignominiam eius.
“यसकारण जब मेरो अन्‍न पाक्छ, र मेरो नयाँ दाखरस तयार हुन्छ, तब म लैजानेछु। त्यसको नग्नता ढाक्नलाई तयार गरिएको मेरो ऊन र मेरो सुती कपडा म खोसेर लैजानेछु।
10 Et nunc revelabo stultitiam eius in oculis amatorum eius: et vir non eruet eam de manu mea:
यसकारण अब म त्यसका प्रेमीहरूका आँखाको सामु त्यसलाई नाङ्गो पारिदिनेछु; कसैले त्यसलाई मेरो हातबाट छुटाउन सक्नेछैन।
11 et cessare faciam omne gaudium eius, sollemnitatem eius, neomeniam eius, sabbatum eius, et omnia festa tempora eius.
म त्यसका सबै उत्सवहरू: त्यसका वार्षिक चाडहरू, त्यसका औँसीहरू, त्यसका शब्बाथहरू; अनि त्यसका सबै तोकिएका चाडहरूको अन्त गर्नेछु।
12 Et corrumpam vineam eius, et ficum eius: de quibus dixit: Mercedes hae, meae sunt, quas dederunt mihi amatores mei: et ponam eam in saltum, et comedet eam bestia agri.
म त्यसका दाखहरू र नेभाराका बोटहरू नष्‍ट गरिदिनेछु, जुन त्यसले आफ्ना प्रेमीहरूको सेवा गरेर मैले ज्याला पाएकी हुँ भनेकी छे; म तिनीहरूलाई बाक्लो झाडी बनाइदिनेछु, र जङ्गली जनावरहरूले ती खानेछन्।
13 Et visitabo super eam dies Baalim, quibus accendebat incensum, et ornabatur inaure sua, et monili suo, et ibat post amatores suos, et mei obliviscebatur, dicit Dominus.
बाल-देवताहरूका निम्ति धूप बालेका हुनाले म त्यसलाई दण्ड दिनेछु; त्यसले आफूलाई गरगहनाहरूले सिँगारी, र आफ्ना प्रेमीहरूको पछि लागी, तर त्यसले मलाई बिर्सी, याहवेह घोषणा गर्नुहुन्छ।
14 Propter hoc, ecce ego lactabo eam, et ducam eam in solitudinem: et loquar ad cor eius.
“यसकारण अब म त्यसलाई लोभ्याउन लागेको छु; म त्यसलाई उजाडस्थानमा डोर्‍याउनेछु, र त्यससँग मायालु कुरा गर्नेछु।
15 Et dabo ei vinitores eius ex eodem loco, et Vallem Achor ad aperiendam spem: et canet ibi iuxta dies iuventutis suae, et iuxta dies ascensionis suae de Terra Aegypti.
त्यहाँ म त्यसलाई त्यसका दाखबारीहरू फर्काइदिनेछु, र आकोरको बेँसीलाई एउटा आशाको ढोका बनाइदिनेछु। त्यहाँ त्यसले आफ्नो जवानीको दिनमा झैँ, इजिप्टबाट निस्किआएको दिनमा झैँ गाउनेछे।”
16 Et erit in die illa, ait Dominus: vocabit me: Vir meus: et non vocabit me ultra, Baalim.
याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन तैँले मलाई ‘मेरो मालिक’; भन्‍न छोडेर ‘मेरा पति’ भन्‍नेछस्।
17 Et auferam nomina Baalim de ore eius, et non recordabitur ultra nominis eorum.
म त्यसको मुखबाट बाल-देवताहरूका नाम हटाइदिनेछु; तिनीहरूका नामको उच्‍चारण फेरि कहिल्यै पनि हुनेछैन।
18 Et percutiam cum eis foedus in die illa, cum bestia agri, et cum volucre caeli, et cum reptili terrae: et arcum, et gladium, et bellum conteram de terra: et dormire eos faciam fiducialiter.
त्यस दिन म तिनीहरूका निम्ति जङ्गलका जनावरहरू, आकाशका चराचुरुङ्गीहरू र जमिनमा हलचल गर्ने पशुप्राणीहरूसँग करार बाँध्नेछु। म देशबाट धनु, तरवार र युद्ध हटाइदिनेछु, ताकि सबै जना सुरक्षित भएर विश्राम लिन सकून्।
19 Et sponsabo te mihi in sempiternum: et sponsabo te mihi in iustitia, et iudicio, et in misericordia, et in miserationibus.
म तँलाई सदाका निम्ति पत्नी तुल्याउनेछु; म तँलाई धार्मिकतामा र न्यायमा, प्रेममा र दयामा दुलही बनाउनेछु।
20 Et sponsabo te mihi in fide: et scies quia ego Dominus.
म तँलाई विश्‍वासयोग्यतामा दुलही बनाउनेछु; अनि तैँले याहवेहलाई चिन्‍नेछस्।”
21 Et erit in die illa: Exaudiam, dicit Dominus, exaudiam caelos, et illi exaudient terram.
याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन म जवाफ दिनेछु, म आकाशलाई जवाफ दिनेछु, र आकाशले पृथ्वीलाई जवाफ दिनेछ;
22 Et terra exaudiet triticum, et vinum, et oleum: et haec exaudient Iezrahel.
अनि पृथ्वीले अन्‍नलाई; नयाँ दाखरस र जैतुन तेललाई जवाफ दिनेछ, र तिनीहरूले यिजरेललाई जवाफ दिनेछन्।
23 Et seminabo eam mihi in terra, et miserebor eius, quae fuit Absque misericordia. Et dicam non populo meo: Populus meus es tu: et ipse dicet: Deus meus es tu.
म त्यसलाई आफ्नै निम्ति त्यस देशमा रोप्नेछु; मैले जसलाई ‘मेरो प्रिय होइनँ’ भनेको थिएँ, त्यसलाई प्रेम देखाउनेछु। मैले जसलाई ‘मेरो जाति होइनँ,’ भनेको थिएँ, त्यसलाई ‘तिमीहरू मेरा जाति हौ,’ भन्‍नेछु; अनि तिनीहरूले भन्‍नेछन्, ‘तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ।’”

< Osee Propheta 2 >