< Genesis 35 >
1 Interea locutus est Deus ad Iacob: Surge, et ascende Bethel, et habita ibi, facque altare Deo qui apparuit tibi quando fugiebas Esau fratrem tuum.
परमेश्वरले याकूबलाई भन्नुभयो, “उठेर बेथेलमा जा, र त्यहीँ बस् । तँ तेरा दाजु एसावबाट भाग्दा तँकहाँ देखा पर्नुहुने परमेश्वरको निम्ति एउटा वेदी बना ।”
2 Iacob vero convocata omni domo sua, ait: Abiicite deos alienos qui in medio vestri sunt, et mundamini, ac mutate vestimenta vestra.
त्यसपछि याकूबले तिनको घराना र तिनीसित भएका सबैलाई भने, “तिमीहरूका बिचमा भएका विदेशी देवताहरू हटाइदेओ, र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर ।
3 Surgite, et ascendamus in Bethel, ut faciamus ibi altare Deo: qui exaudivit me in die tribulationis meae, et socius fuit itineris mei.
अनि हामी यहाँबाट प्रस्थान गरी माथि बेथेलमा जाऔँ । त्यहाँ म परमेश्वरको लागि एउटा वेदी बनाउनेछु जसले मेरो दुःखमा मलाई जवाफ दिनुभयो र म जहाँ गए पनि उहाँ मसित हुनुभएको छ ।”
4 Dederunt ergo ei omnes deos alienos quos habebant, et inaures quae erant in auribus eorum: at ille infodit eas subter terebinthum, quae est post urbem Sichem.
त्यसैले तिनीहरूले आ-आफ्ना हातमा भएका सबै विदेशी देवता र तिनीहरूका कानमा लगाएका कुण्डलहरू याकूबलाई दिए । याकूबले
5 Cumque profecti essent, terror Dei invasit omnes per circuitum civitates, et non sunt ausi persequi recedentes.
तिनलाई शकेमको नजिकै रहेको फलाँटको रुखमुनि गाडे । तिनीहरू यात्रा गर्दै अगाडि बढ्दा परमेश्वरले तिनीहरूका वरिपरिका सहरहरूमा त्रास फैलाइदिनुभयो । त्यसैले ती मानिसहरूले याकूबका छोराहरूलाई लखेटेनन् ।
6 Venit igitur Iacob Luzam, quae est in terra Chanaan, cognomento Bethel: ipse et omnis populus cum eo.
याकूब तिनीसित भएका सबै मानिससित लूज अर्थात् बेथेलमा आइपुगे जुन कनान देशमा पर्छ ।
7 Aedificavitque ibi altare, et appellavit nomen loci illius, Domus Dei: ibi enim apparuit ei Deus cum fugeret fratrem suum.
त्यहाँ तिनले एउटा वेदी बनाए, र त्यसको नाउँ एल-बेथेल राखे किनकि तिनी आफ्ना दाजुबाट भाग्दा त्यहाँ परमेश्वरले आफैलाई तिनीकहाँ प्रकट गराउनुभएको थियो ।
8 Eodem tempore mortua est Debora nutrix Rebeccae, et sepulta est ad radices Bethel subter quercum: vocatumque est nomen loci illius, Quercus fletus.
त्यहाँ रिबेकाकी धाई दबोरा मरी । त्यसलाई बेथेलनेरको फलाँटको रुखमुनि गाडियो । त्यसैले यसको नाउँ अल्लोन-बकुत राखियो ।
9 Apparuit autem iterum Deus Iacob postquam reversus est de Mesopotamia Syriae, benedixitque ei,
याकूब पद्दन-आरामबाट आउँदा परमेश्वर फेरि तिनीकहाँ प्रकट हुनुभई तिनलाई आशिष् दिनुभयो ।
10 dicens: Non vocaberis ultra Iacob, sed Israel erit nomen tuum. Et appellavit eum Israel,
परमेश्वरले तिनलाई भन्नुभयो, “तेरो नाउँ याकूब हो, तर अबदेखि तेरो नाउँ याकूब भनिनेछैन । तेरो नाउँ इस्राएल हुनेछ ।” त्यसैले परमेश्वरले तिनको नाउँ इस्राएल राखिदिनुभयो ।
11 dixitque ei: Ego Deus omnipotens, cresce, et multiplicare: gentes, et populi nationum ex te erunt, reges de lumbis tuis egredientur.
परमेश्वरले तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ । फल्दै-फुल्दै वृद्धि हुँदै जा । तँबाट एउटा जाति र जाति-जातिहरूको समूह उदय हुनेछ, अनि तेरा सन्तानहरूका बिचमा राजाहरू हुनेछन् ।
12 Terramque quam dedi Abraham et Isaac, dabo tibi et semini tuo post te.
मैले अब्राहाम र इसहाकलाई दिएको देश म तँलाई दिनेछु । तँपछि उदय हुने तेरा सन्तानहरूलाई पनि म यो देश दिनेछु ।”
तिनीसित कुराकानी गर्नुभएको ठाउँबाट परमेश्वर जानुभयो ।
14 Ille vero erexit titulum lapideum in loco quo locutus fuerat ei Deus: libans super eum libamina, et effundens oleum:
परमेश्वर तिनीसित कुराकानी गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा वेदी खडा गरे । तिनले त्यसमाथि अर्घ-बलि चढाएर तेल खन्याए ।
15 vocansque nomen loci illius, Bethel.
परमेश्वर तिनीसित बोल्नुभएको त्यस ठाउँलाई याकूबले बेथेल नाउँ दिए ।
16 Egressus autem inde, venit verno tempore ad terram quae ducit Ephratam: in qua cum parturiret Rachel,
तिनीहरू बेथेलबाट प्रस्थान गरे । तिनीहरू एप्रात आइपुग्न अलिकति दुरी बाँकी छँदा नै राहेललाई सुत्केरी व्यथा लाग्यो । उनलाई ज्यादै पीडा भएको थियो ।
17 ob difficultatem partus periclitari coepit. Dixitque ei obstetrix: Noli timere, quia et hunc habebis filium.
उनी अत्यधिक पीडामा हुँदा सुँडेनीले उनलाई भनी, “भयभीत नहुनुहोस् किनकि अब तपाईंले अर्को छोरो जन्माउनुहुनेछ ।”
18 Egrediente autem anima prae dolore, et imminente iam morte, vocavit nomen filii sui Benomi, id est filius doloris mei: pater vero appellavit eum Beniamin, id est filius dextrae.
उनको प्राण जाने बेलामा उनी चिच्च्याउँदै गर्दा उनले त्यसको नाउँ बेन-ओनी राखिन्, तर त्यसका पिताले त्यसलाई बेन्यामीन नाउँ दिए ।
19 Mortua est ergo Rachel, et sepulta est in via quae ducit Ephratam, haec est Bethlehem.
राहेल मरिन् र एप्राता (अर्थात् बेथलेहेम) जाने बाटोमा उनलाई गाडियो ।
20 Erexitque Iacob titulum super sepulchrum eius: hic est titulus monumenti Rachel, usque in praesentem diem.
याकूबले उनको चिहानमा एउटा खामो खडा गरे । आजको दिनसम्म यो राहेलको चिहानको चिन्हको रूपमा खडा छ ।
21 Egressus inde, fixit tabernaculum trans Turrem gregis.
इस्राएल अगि बढे र तिनले बगालको धरहराभन्दा पर आफ्नो पाल टाँगे ।
22 Cumque habitaret in illa regione, abiit Ruben, et dormivit cum Bala concubina patris sui: quod illum minime latuit. Erant autem filii Iacob duodecim.
इस्राएल त्यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते, र इस्राएलले यस विषयमा सुने । याकूबका बार्ह जना छोरा थिए ।
23 Filii Liae: primogenitus Ruben, et Simeon, et Levi, et Iudas, et Issachar, et Zabulon.
याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून ।
24 Filii Rachel: Ioseph et Beniamin.
राहेलतर्फका छोराहरू यिनै थिएः योसेफ र बेन्यामीन ।
25 Filii Balae ancillae Rachelis: Dan et Nephthali.
राहेलकी कमारी बिल्हातर्फका छोराहरू यिनै थिएः दान र नप्ताली ।
26 Filii Zelphae ancillae Liae: Gad et Aser: hi sunt filii Iacob, qui nati sunt ei in Mesopotamia Syriae.
लेआकी कमारी जिल्पातर्फका छोराहरू यिनै थिएः गाद र आशेर । यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए ।
27 Venit etiam ad Isaac patrem suum in Mambre, Civitatem Arbee, haec est Hebron: in qua peregrinatus est Abraham et Isaac.
याकूब किर्यत-अर्बा (जुन हेब्रोन हो) मा आफ्ना पिता इसहाककहाँ आए जहाँ अब्राहाम र इसहाक बसोबास गरेका थिए ।
28 Et completi sunt dies Isaac centum octoginta annorum.
इसहाक एक सय असी वर्षसम्म बाँचे ।
29 Consumptusque aetate mortuus est: et appositus est populo suo senex et plenus dierum: et sepelierunt eum Esau et Iacob filii sui.
इसहाकले आफ्नो अन्तिम सास फेरे र तिनको मृत्यु भयो अनि तिनी आफ्ना पुर्खाहरूसित मिल्न गए । तिनी पुरा बुढेसकालसम्म बाँचेका थिए । तिनका छोराहरू एसाव र याकूबले तिनलाई गाडे ।