< Genesis 2 >
1 Igitur perfecti sunt caeli et terra, et omnis ornatus eorum.
यसरी आकाशमण्डल, पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसकिए।
2 Complevitque Deus die septimo opus suum quod fecerat: et requievit die septimo ab universo opere quod patrarat.
परमेश्वरले सातौँ दिन हुँदासम्म आफूले गरिरहनुभएका काम सक्नुभयो; अनि सातौँ दिनमा उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो।
3 Et benedixit diei septimo; et sanctificavit illum: quia in ipso cessaverat ab omni opere suo quod creavit Deus ut faceret.
अनि परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो; किनकि यही दिन नै उहाँले सृष्टि गर्नुभएका सम्पूर्ण कामबाट विश्राम लिनुभयो।
4 Istae sunt generationes caeli et terrae, quando creata sunt, in die quo fecit Dominus Deus caelum et terram:
याहवेह परमेश्वरले सृष्टि गर्नुभएको आकाशमण्डल र पृथ्वीको विवरण यही नै हो।
5 Et omne virgultum agri antequam oriretur in terra, omnemque herbam regionis priusquam germinaret: non enim pluerat Dominus Deus super terram, et homo non erat qui operaretur terram:
जब याहवेह परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो, त्यस बेला पृथ्वीमा कुनै वनस्पति र कुनै बोटबिरुवा देखा परेका थिएनन्; किनकि याहवेह परमेश्वरले पृथ्वीमा पानी पठाउनुभएको थिएन र जमिनमा काम गर्ने कुनै मानिस थिएन।
6 Sed fons ascendebat e terra, irrigans universam superficiem terrae.
तर पृथ्वीबाट खोलाहरू निस्केर जमिनको सम्पूर्ण बाहिरी भागलाई भिजाउँथ्यो।
7 Formavit igitur Dominus Deus hominem de limo terrae, et inspiravit in faciem eius spiraculum vitae, et factus est homo in animam viventem.
याहवेह परमेश्वरले मानिसलाई जमिनको माटोबाट बनाउनुभयो; अनि तिनको नाकमा जीवनको सास फुकिदिनुभयो। यसरी मानिस जीवित प्राणी बन्यो।
8 Plantaverat autem Dominus Deus Paradisum voluptatis a principio: in quo posuit hominem quem formaverat.
याहवेह परमेश्वरले पूर्वपट्टि भएको अदनमा एउटा बगैँचा लगाउनुभएको थियो; अनि आफूले बनाउनुभएको मानिसलाई उहाँले त्यहाँ राख्नुभयो।
9 Produxitque Dominus Deus de humo omne lignum pulchrum visu, et ad vescendum suave: lignum etiam vitae in medio paradisi, lignumque scientiae boni et mali.
अनि याहवेह परमेश्वरले भूमिबाट सबै किसिमका रूखहरू, अर्थात् हेर्नमा राम्रो र खानलाई असल रूखहरू उमार्नुभयो। अनि बगैँचाको बीचमा जीवनको रूख, साथै असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो।
10 Et fluvius egrediebatur de loco voluptatis ad irrigandum paradisum, qui inde dividitur in quattuor capita.
बगैँचालाई भिजाउनका निम्ति एउटा नदी अदनबाट बहन्थ्यो; त्यो त्यहाँबाट छुट्टिएर चार वटा शाखामा बाँडिएको थियो।
11 Nomen uni Phison: ipse est qui circuit omnem terram Hevilath, ubi nascitur aurum:
पहिलो नदीको नाम पीशोन हो, जो हवीलाको समस्त मुलुक हुँदै बग्दछ, जहाँ सुन पाइन्छ।
12 et aurum terrae illius optimum est: ibique invenitur bdellium, et lapis onychinus.
(त्यस देशको सुन असल हुन्छ। त्यहाँ बास्ना आउने खोटो र गोमेद पनि पाइन्छन्।)
13 Et nomen fluvii secundi Gehon: ipse est qui circumit omnem terram Aethiopiae.
दोस्रो नदीको नाम गीहोन हो, जो कूशको समस्त मुलुक भएर बग्दछ।
14 Nomen vero fluminis tertii, Tigris: ipse vadit contra Assyrios. Fluvius autem quartus, ipse est Euphrates.
तेस्रो नदीको नाम टाइग्रिस हो, जो अश्शूरको पूर्वतिर हुँदै बग्दछ; अनि चौथो नदीचाहिँ यूफ्रेटिस हो।
15 Tulit ergo Dominus Deus hominem, et posuit eum in paradisum voluptatis, ut operaretur, et custodiret illum:
याहवेह परमेश्वरले मानिसलाई लगेर अदनको बगैँचामा काम गर्न र त्यसको हेरचाह गर्नका निम्ति त्यहाँ राख्नुभयो।
16 Praecepitque ei dicens: Ex omni ligno paradisi comede:
अनि याहवेह परमेश्वरले मानिसलाई यसो भनेर आज्ञा दिनुभयो, “यस बगैँचामा भएका कुनै पनि रूखहरूबाट खान तँ स्वतन्त्र छस्;
17 De ligno autem scientiae boni et mali ne comedas. in quocumque enim die comederis ex eo, morte morieris.
तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ तैँले खाँदै नखानू! किनकि जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्चय नै मर्नेछस्।”
18 Dixit quoque Dominus Deus: Non est bonum esse hominem solum: faciamus ei adiutorium simile sibi.
याहवेह परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति एउटा सुहाउँदो सहयोगी बनाउनेछु।”
19 Formatis igitur, Dominus Deus, de humo cunctis animantibus terrae, et universis volatilibus caeli, adduxit ea ad Adam, ut videret quid vocaret ea: omne enim quod vocavit Adam animae viventis, ipsum est nomen eius.
याहवेह परमेश्वरले भूमिबाट सबै जङ्गली जनावर र आकाशका पक्षीहरूलाई बनाउनुभएको थियो। मानिसले तिनीहरूका के-के नाम राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई तिनीकहाँ ल्याउनुभयो; अनि मानिसले हरेक प्राणीलाई जे-जे भनेर बोलाए, त्यही नै तिनीहरूका नाम रह्यो।
20 Appellavitque Adam nominibus suis cuncta animantia, et universa volatilia caeli, et omnes bestias terrae: Adae vero non inveniebatur adiutor similis eius.
यसरी मानिसले सबै घरपालुवा जनावरहरू, आकाशका पक्षीहरू र सबै जङ्गली जनावरहरूका नाम राखे। तर आदमको लागि कुनै सुहाउँदो सहयोगी पाइएन।
21 Immisit ergo Dominus Deus soporem in Adam: cumque obdormisset, tulit unam de costis eius, et replevit carnem pro ea.
यसकारण याहवेह परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो। जब तिनी निदाइरहेका थिए, तब उहाँले तिनका करङहरूमध्ये एउटा निकालेर त्यस ठाउँलाई मासुले भरिदिनुभयो।
22 Et aedificavit Dominus Deus costam, quam tulerat de Adam, in mulierem: et adduxit eam ad Adam.
अनि याहवेह परमेश्वरले मानिसबाट जुन करङ निकाल्नुभएको थियो, त्यही करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो।
23 Dixitque Adam: Hoc nunc, os ex ossibus meis, et caro de carne mea: haec vocabitur Virago, quoniam de viro sumpta est.
अनि मानिसले भने, “अब यो त मेरै हाडहरूका हाड र मासुको मासु हो; तिनलाई ‘स्त्री’ भनिनेछ, किनकि तिनी मानिसबाट निकालिएकी हो।”
24 Quamobrem relinquet homo patrem suum, et matrem, et adhaerebit uxori suae: et erunt duo in carne una.
यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि तिनीहरू एउटै शरीर हुन्छन्।
25 Erat autem uterque nudus, Adam scilicet et uxor eius: et non erubescebant.
मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए, तर तिनीहरू लाज मान्दैनथे।