< Hiezechielis Prophetæ 1 >

1 Et factum est in trigesimo anno, in quarto, in quinta mensis, cum essem in medio captivorum iuxta fluvium Chobar, aperti sunt caeli, et vidi visiones Dei.
तीसौँ वर्षको चौथो महिनाको पाँचौँ दिनमा, जब म कबार नदीको छेउमा निर्वासन गरेर लगिएका यहूदी कैदीहरूसँग थिएँ, तब स्वर्ग खोलियो र मैले परमेश्‍वरको दर्शन देखेँ।
2 In quinta mensis, ipse est annus quintus transmigrationis regis Ioachin,
त्यस महिनाको पाँचौँ दिन, राजा यहोयाकीन बेबिलोनको निर्वासनमा लगिएको पाँचौँ वर्ष थियो।
3 factum est verbum Domini ad Ezechielem filium Buzi sacerdotem in terra Chaldaeorum, secus flumen Chobar: et facta est super eum ibi manus Domini.
बेबिलोनीहरूको देशमा कबार नदीको किनारमा याहवेहको वचन बूजीका छोरा पुजारी इजकिएलकहाँ आयो। त्यहाँ याहवेहको हात तिनीमाथि थियो।
4 Et vidi, et ecce ventus turbinis veniebat ab Aquilone: et nubes magna, et ignis involvens, et splendor in circuitu eius: et de medio eius quasi species electri, id est de medio ignis:
जब मैले हेरेँ, उत्तर दिशाबाट एउटा आँधीबेहरी—चम्कँदै गरेको बिजुलीसहित अति चहकिलो ज्योतिले घेरिएको एउटा विशाल बादल आइरहेको देखेँ। आगोको बीच भागमा चाहिँ बल्दैगरेको चहकिलो काँसाको धातुजस्तै देखिन्थ्यो।
5 et in medio eius similitudo quattuor animalium: et hic aspectus eorum, similitudo hominis in eis.
अनि त्यस आगोमा चार जीवित प्राणीहरूजस्ता केही देखिन्थ्यो। तिनीहरूको आकार हेर्दा एउटा मानिसको जस्तो थियो;
6 Quattuor facies uni, et quattuor pennae uni.
तर ती हरेक प्राणीका चार वटा अनुहार र चार वटा पखेटाहरू थिए।
7 Pedes eorum pedes recti, et planta pedis eorum quasi planta pedis vituli, et scintillae quasi aspectus aeris candentis.
तिनीहरूका खुट्टाहरू सीधा थिए; तिनीहरूका पैताला बाछाका खुरझैँ र टल्काइएका काँसाझैँ टल्कन्थे।
8 Et manus hominis sub pennis eorum in quattuor partibus: et facies, et pennas per quattuor partes habebant.
ती चारै प्राणीहरूका पखेटामुनि चारैपट्टि मानिसका हातहरू थिए। ती चारै प्राणीका अनुहार र पखेटाहरू थिए।
9 Iunctaeque erant pennae eorum alterius ad alterum. non revertebantur cum incederent: sed unumquodque ante faciem suam gradiebatur.
अनि एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो। तिनीहरू हरेक यताउता नमोडि सीधा अगाडि बढ्थे।
10 Similitudo autem vultus eorum: facies hominis, et facies leonis a dextris ipsorum quattuor: facies autem bovis, a sinistris ipsorum quattuor, et facies aquilae desuper ipsorum quattuor.
ती चारै वटा प्राणीहरूका अनुहार यस्ता देखिन्थे: हरेकको एउटा अनुहार मानिसको जस्तो थियो; अनि हरेकको दाहिनेपट्टिको अनुहार सिंहको जस्तै थियो; अनि देब्रेपट्टिको अनुहार गोरुको जस्तै थियो; अनि हरेकको पछाडिपट्टिको अनुहार चीलको जस्तो थियो।
11 Facies eorum, et pennae eorum extentae desuper: duae pennae singulorum iungebantur, et duae tegebant corpora eorum:
तिनीहरूका अनुहार यस्तै थिए। ती प्राणीहरूका दुई वटा पखेटाहरू माथितिर फैलिएका थिए। हरेक प्राणीका दुई वटा पखेटाहरूले दुवैतिर एउटा पखेटाले अर्को प्राणीको पखेटामा छोइरहेको थियो; अनि तिनीहरू हरेकले आफ्ना दुई वटा पखेटाले आफ्ना शरीर ढाकेका थिए।
12 et unumquodque eorum coram facie sua ambulabat: ubi erat impetus spiritus, illuc gradiebantur, nec revertebantur cum ambularent.
ती हरेक जीवित प्राणी चारै दिशापट्टि सीधा अगाडि बढ्थे। आत्मा जता-जता जान्थे, तिनीहरू त्यतै जान्थे; तिनीहरू यताउता नफर्की अगाडि बढ्थे।
13 Et similitudo animalium, et aspectus eorum quasi carbonum ignis ardentium, et quasi aspectus lampadarum. Haec erat visio discurrens in medio animalium, splendor ignis, et de igne fulgur egrediens.
ती चार जीवित प्राणीहरूका रूप आगोका बल्दैगरेको कोइलाजस्तो अथवा राँकोजस्तो देखिन्थ्यो। ती प्राणीहरूका बीचमा बलिरहेको आगो यताउता जान्थ्यो; त्यो चहकिलो थियो र त्यसबाट बिजुली निस्कन्थ्यो।
14 Et animalia ibant, et revertebantur in similitudinem fulguris coruscantis.
ती जीवित प्राणीहरू बिजुलीको चमकजस्तै यताउता वेगसित दौडन्थे।
15 Cumque aspicerem animalia, apparuit rota una super terram iuxta animalia, habens quattuor facies.
जब मैले ती जीवित प्राणीहरूलाई हेर्दैथिएँ, ती चार वटा अनुहार भएका जीवित प्राणीहरूको छेउमा जमिनमाथि एक-एक वटा चक्‍का थियो।
16 et aspectus rotarum, et opus earum, quasi visio maris: et una similitudo ipsarum quattuor: et aspectus earum et opera, quasi sit rota in medio rotae.
ती चारै वटा चक्‍काहरूका आकार र बनावट यस्तो थियो: तिनीहरू चम्किलो पुष्परागजस्तै थिए; अनि ती चारै एकसमान देखिन्थे। ती चक्‍काहरूको बनावटचाहिँ एउटा चक्‍काको बीचमा अर्को चक्‍का वारपार भएजस्तो थियो।
17 Per quattuor partes earum euntes ibant: et non revertebantur cum ambularent.
ती चक्‍काहरू जीवित प्राणीहरू फर्केका चार दिशाहरूमध्ये कुनै पनि दिशातर्फ जान सक्थे; जब ती प्राणीहरू अगाडि बढ्थे, तब चक्‍काहरू पनि अर्को दिशातिर यताउता नफर्की अगाडि बढ्थे।
18 Statura quoque erat rotis, et altitudo, et horribilis aspectus: et totum corpus oculis plenum in circuitu ipsarum quattuor.
ती चक्‍काहरूका घेरा अग्ला र डरलाग्दा थिए; अनि चारै वटा घेराहरूका वरिपरि आँखै-आँखाहरूले घेरिएका थिए।
19 Cumque ambularent animalia, ambulabant pariter et rotae iuxta ea: et cum elevarentur animalia de terra, elevabantur simul et rotae.
जब ती जीवित प्राणीहरू अगाडि बढ्थे, तब तिनीहरूका छेउमा भएका चक्‍काहरू पनि अगाडि बढ्थे; अनि ती जीवित प्राणीहरू जमिनबाट उठ्दा ती चक्‍काहरू पनि माथि उठ्थे।
20 Quocumque ibat spiritus, illuc eunte spiritu, et rotae pariter elevabantur, sequentes eum. Spiritus enim vitae erat in rotis.
आत्मा जता-जता जान्थे, तिनीहरू पनि त्यतैतिर नै जान्थे; अनि ती चक्‍काहरू तिनीहरूसितै माथि उठ्थे; किनकि ती जीवित प्राणीहरूका आत्मा ती चक्‍काहरूमा थियो।
21 Cum euntibus ibant, et cum stantibus stabant: et cum elevatis a terra, pariter elevabantur et rotae, sequentes ea: quia spiritus vitae erat in rotis.
जब ती प्राणीहरू अगाडि बढ्थे, तब चक्‍काहरू पनि अगाडि बढ्थे; जब ती प्राणीहरू खडा हुन्थे, तब ती चक्‍काहरू पनि खडा हुन्थे; अनि जब ती प्राणीहरू जमिनबाट माथि उढ्थे, तब ती चक्‍काहरू तिनीहरूसितै उढ्थे; किनकि ती जीवित प्राणीहरूको आत्मा ती चक्‍काहरूमा थिए।
22 Et similitudo super capita animalium firmamenti, quasi aspectus crystalli horribilis, et extenti super capita eorum desuper.
ती जीवित प्राणीहरूका शिरमाथि हिउँझैँ चम्किलो, डरलाग्दो अन्तर देखिन्थ्यो।
23 Sub firmamento autem pennae eorum rectae alterius ad alterum: unumquodque duabus alis velabat corpus suum, et alterum similiter velabatur.
त्यस अन्तरमुनि तिनीहरूका पखेटाहरू एउटाको पखेटाले अर्काको पखेटालाई छुने गरी सीधै फैलिएका थिए। हरेकसँग तिनीहरूका शरीरलाई छोप्ने दुई वटा पखेटाहरू पनि थिए।
24 Et audiebam sonum alarum, quasi sonum aquarum multarum, quasi sonum sublimis Dei: cum ambularent quasi sonus erat multitudinis ut sonus castrorum. cumque starent, demittebantur pennae eorum.
जब ती प्राणीहरू अगाडि बढ्थे, तब वेगसित बगिरहेका पानीको गर्जनजस्तो, सर्वशक्तिमान्‌को आवाजजस्तो, सेनाको होहल्‍लाजस्तो, तिनीहरूका पखेटाहरूको आवाज मैले सुन्थे। जब तिनीहरू खडा हुन्थे, तब तिनीहरूले आफ्ना पखेटाहरू तल झार्थे।
25 Nam cum fieret vox super firmamentum, quod erat super caput eorum, stabant, et submittebant alas suas.
जब तिनीहरू आफ्ना पखेटा तल झारेर उभिरहेका थिए, तब तिनीहरूका शिरमाथिको अन्तरबाट एउटा आवाज आयो।
26 Et super firmamentum, quod erat imminens capiti eorum, quasi aspectus lapidis sapphiri similitudo throni: et super similitudinem throni similitudo quasi aspectus hominis desuper.
तिनीहरूका शिरमाथि भएको अन्तरमाथि नीलमणिको सिंहासनजस्तो देखिन्थ्यो; अनि मास्तिर त्यस सिंहासनमा मानिसको जस्तै एउटा आकृति थियो।
27 Et vidi quasi speciem electri, velut aspectum ignis, intrinsecus eius per circuitum: a lumbis eius et desuper, et a lumbis eius usque deorsum, vidi quasi speciem ignis splendentis in circuitu:
मैले तिनको कम्मरदेखि मास्तिर आगोले भरिएको बल्दैगरेको चम्किलो धातुजस्तो देखेँ; अनि कम्मरदेखि मुन्तिर पनि आगोजस्तै देखिन्थ्यो; अनि त्यसको वरिपरि चम्किलो ज्योतिले घेरिराखेको थियो।
28 Velut aspectum arcus cum fuerit in nube in die pluviae. hic erat aspectus splendoris per gyrum.
पानी परेको दिन बादलमा इन्द्रेणी देखिएजस्तै तिनका वरिपरि चम्किलो ज्योति थियो। याहवेहको महिमाको प्रतिरूपको रूप यसरी देखा पर्‍यो। जब मैले त्यो देखेँ, म घोप्टो परेर भुइँमा लडेँ; अनि मैले कोही बोलिरहेको सोर सुनेँ।

< Hiezechielis Prophetæ 1 >