< Hiezechielis Prophetæ 45 >
1 Cumque coeperitis terram dividere sortito, separate primitias Domino, sanctificatum de terra, longitudine vigintiquinque millia, et latitudine decem millia: sanctificatum erit in omni termino eius per circuitum.
“‘तिमीहरूले उत्तराधिकारका रूपमा देशलाई विभाजन गर्दा जमिनको एक भाग पवित्र जिल्ला याहवेहका निम्ति भेटीको रूपमा चढाउनू। त्यो सम्पूर्ण इलाका पच्चीस हजार क्यूबिट लम्बाइ र बीस हजार क्यूबिट चौडाइको पवित्र इलाका हुनेछ।
2 Et erit ex omni parte sanctificatum quingentos per quingentos, quadrifariam per circuitum: et quinquaginta cubitis in suburbana eius per gyrum.
पवित्र इलाकामा पाँच सय क्यूबिट वर्गकारको खण्ड पवित्रस्थानको निम्ति हुनेछ, जसको चारैतिर पचास क्यूबिटको खुला ठाउँ रहनेछ।
3 Et a mensura ista mensurabis longitudinem vigintiquinque millium, et latitudinem decem millium, et in ipso erit templum, sanctumque sanctorum.
त्यस पवित्र जिल्लामा एउटा पच्चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ भएको भाग नापेर छुट्ट्याउनू। यसमा पवित्रस्थान र महा-पवित्रस्थान हुनेछ।
4 Sanctificatum de terra erit sacerdotibus ministris sanctuarii, qui accedunt ad ministerium Domini: et erit eis locus in domos, et in sanctuarium sanctitatis.
त्यो देशको पवित्र इलाका पुजारीहरू अर्थात् पवित्रस्थानमा सेवा गर्नेहरूका निम्ति हुनेछ, जो याहवेहको सेवा गर्नका निम्ति याहवेहको नजिक आउँछन्। यो पुजारीहरूका घरहरूका निम्ति र पवित्रस्थानका निम्ति एउटा पवित्र ठाउँ हुनेछ।
5 Vigintiquinque autem millia longitudinis, et decem millia latitudinis erunt Levitis, qui ministrant domui: ipsi possidebunt viginti gazophylacia.
पच्चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ भएको एउटा इलाका लेवीहरूका निम्ति हुनेछ, जुन इलाका मन्दिरमा सेवा गर्ने लेवीहरू बसोबास गर्ने सहरको निम्ति तिनीहरूको अधिकारको रूपमा हुनेछ।
6 Et possessionem civitatis dabitis quinque millia latitudinis, et longitudinis vigintiquinque millia secundum separationem sanctuarii, omni domui Israel.
“‘तिमीहरूले सहरलाई यरूशलेमको सम्पत्तिको रूपमा पवित्र भागसित जोडिएको पाँच हजार क्यूबिट चौडाइ र पच्चीस हजार क्यूबिट लम्बाइको अर्को इलाका दिनू; त्यो इलाका इस्राएलको सम्पूर्ण घरानाको निम्ति हुनेछ।
7 Principi quoque hinc et inde in separationem sanctuarii, et in possessionem civitatis, contra faciem separationis sanctuarii, et contra faciem possessionis urbis: a latere Maris usque ad Mare, et a latere Orientis usque ad Orientem: Longitudinis autem iuxta unamquamque partem a termino Occidentali usque ad terminum Orientalem.
“‘इस्राएलका राजकुमारले पवित्र जिल्ला र सहरको सम्पत्तिले बनिएको इलाकाको चारैतिर घेरिएको छेउको सिमानामा जमिन पाउनेछ। त्यो पश्चिम भागबाट पश्चिमतिर र पूर्व भागबाट पूर्वतिर फैलिएर जानेछ; अनि यो सम्पत्तिको भाग कुनै पनि कुलको जग्गाको भागको बराबर लम्बाइ हुनेछ, र पूर्वी सिमानाबाट पश्चिमी सिमानासम्म फैलिएर जानेछ।
8 De terra erit ei possessio in Israel: et non depopulabuntur ultra principes populum meum: sed terram dabunt domui Israel secundum tribus eorum.
यो जग्गा इस्राएलमा तिनको अधिकारमा हुनेछ। अनि मेरा राजकुमारले अब उसो फेरि मेरा प्रजा इस्राएलीहरूलाई अत्याचार गर्नेछैन; तर इस्राएलका घरानालाई तिनीहरूका कुलअनुसार देश अधिकार गर्न दिनेछ।
9 Haec dicit Dominus Deus: Sufficiat vobis principes Israel: iniquitatem et rapinas intermittite, et iudicium et iustitiam facite, separate confinia vestra a populo meo, ait Dominus Deus.
“‘प्रभु याहवेह यसो भन्नुहुन्छ: हे इस्राएलका राजकुमारहरू हो, तिमीहरूले अति नै गरेका छौ! तिमीहरूले आफ्ना हिंसा र अत्याचार त्यागिदेओ; अनि जे न्यायसङ्गत र धार्मिक छन्, त्यो काम गर। मेरा मानिसहरूलाई तिनीहरूका आफ्नो अधिकारको ठाउँबाट निकालिदिने काम बन्द गर, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
10 Statera iusta, et ephi iustum, et batus iustus erit vobis.
तिमीहरूले ठिक तराजु, ठिक एपा र ठिक बाथ प्रयोग गर्नुपर्छ।
11 Ephi, et batus aequalia, et unius mensurae erunt: ut capiat decimam partem cori batus, et decimam partem cori ephi: iuxta mensuram cori erit aequa libratio eorum.
तिमीहरूका एपा र बाथ एकै नापका होऊन्। ती दुईको नाप होमरको दशांशको भागअनुसार बराबर गर्नुपर्नेछ; दुवैका निम्ति होमर नै मापनको स्तर राखियोस्।
12 Siclus autem viginti obolos habet. Porro viginti sicli, et vigintiquinque sicli, et quindecim sicli, mnam faciunt.
एक शेकेलमा बीस गेरा होस्। बीस शेकेलमा पच्चीस शेकेल र त्यसमा पन्ध्र शेकेल जोड्दा एक मीना हुनेछ।
13 Et hae sunt primitiae, quas tolletis: sextam partem ephi de coro frumenti, et sextam partem ephi de coro hordei.
“‘यो तिमीहरूले चढाउनुपर्ने विशेष भेटीको भाग हो: गहुँको प्रत्येक होमरबाट एपाको छैटौँ भाग र जौको प्रत्येक होमरबाट एपाको छैटौँ भाग दिनू।
14 Mensura quoque olei, batus olei, decima pars cori est: et decem bati corum faciunt: quia decem bati implent corum.
लिटरबाट नापिएको जैतुन तेलको तोकिएको भाग प्रत्येक कोरबाट बाथको दसौँ भाग (जसमा दश बाथ अथवा एक होमर हुन्छ; किनकि दश बाथ बराबर एक होमर हुन्छ)।
15 Et arietem unum de grege ducentorum de his, quae nutriunt Israel in sacrificium, et in holocaustum, et in pacifica, ad expiandum pro eis, ait Dominus Deus.
साथै तिमीहरूले इस्राएलका प्रशस्त पानी भएको प्रत्येक हरियो खर्कका दुई सयको बगालबाट एउटा भेडा पनि लैजानुपर्छ। यी मानिसहरूका निम्ति प्रायश्चित गर्नलाई अन्नबलि, होमबलि र मेलबलिको निम्ति प्रयोग गरिनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
16 Omnis populus terrae tenebitur primitiis his principi in Israel.
देशका सबै मानिसहरूले इस्राएलका राजकुमारको उपयोगको निम्ति यस विशेष भेटीको भाग दिनुपर्छ।
17 Et super principem erunt holocausta, et sacrificium, et libamina in sollemnitatibus, et in Calendis, et in Sabbatis, et in universis sollemnitatibus domus Israel: ipse faciet pro peccato sacrificium, et holocaustum, et pacifica ad expiandum pro domo Israel.
चाडपर्वहरूमा, नयाँ औँसीहरूमा र शब्बाथहरूमा होमबलिहरू, अन्नबलिहरू; अनि अर्घबलिहरूको प्रबन्ध गर्ने कर्तव्य त्यस शासकको हुनेछ—इस्राएली घरानाका सबै तोकिएका चाडहरूमा जुटाउनुपर्नेछ। शासकले इस्राएलीहरूका घरानाको निम्ति पापको प्रायश्चित गर्नका निम्ति पाप शुद्धीकरण बलि, अन्नबलि, होमबलि र मेलबलि जुटाउनेछन्।
18 Haec dicit Dominus Deus: In primo mense, una mensis sumes vitulum de armento immaculatum, et expiabis sanctuarium.
“‘प्रभु याहवेह यसो भन्नुहुन्छ: पहिलो महिनाको पहिलो दिनमा तिमीहरूले एउटा निष्खोट बाछा लिएर पवित्रस्थानलाई शुद्ध पार्नू।
19 Et tollet sacerdos de sanguine quod erit pro peccato: et ponet in postibus domus, et in quattuor angulis crepidinis altaris, et in postibus portae atrii interioris.
पुजारीले पाप शुद्धीकरण बलिबाट केही रगत लिएर त्यसलाई मन्दिरको ढोकाका चौकसहरूमा, वेदीको माथिल्लो किनारका चार कुनाहरूमा र भित्री चोकका मूलढोकाका चौकसहरूमा लगाओस्।
20 Et sic facies in septima mensis pro unoquoque, qui ignoravit, et errore deceptus est, et expiabis pro domo.
अनजानमा अथवा अज्ञानतामा पाप गर्ने जसकसैको लागि तिमीहरूले त्यस महिनाको सातौँ दिनमा त्यसै गर्नुपर्छ; यसरी तिमीहरूले मन्दिरका निम्ति प्रायश्चित गर्नू।
21 In primo mense, quartadecima die mensis erit vobis Paschae sollemnitas: septem diebus azyma comedentur.
“‘पहिलो महिनाको चौधौँ दिनमा तिमीहरूका निम्ति निस्तार चाड हुनेछ, जुन चाड सात दिनसम्म रहनेछ। त्यस समयमा तिमीहरूले विनाखमिरको रोटी खानुपर्छ।
22 Et faciet princeps in die illa pro se, et pro universo populo terrae, vitulum pro peccato.
त्यस दिन शासकले आफ्नै निम्ति र देशका सबै मानिसहरूका निम्ति पाप शुद्धीकरण बलिको रूपमा एउटा साँढे चढाउनुपर्छ।
23 Et in septem dierum sollemnitate faciet holocaustum Domino septem vitulos, et septem arietes immaculatos quotidie septem diebus: et pro peccato hircum caprarum quotidie.
सात दिनको चाडमा शासकले प्रत्येक दिन याहवेहलाई होमबलिको रूपमा सात वटा निष्खोट साँढेहरू, सात वटा साँढभेडाहरू र पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका प्रबन्ध गर्नुपर्छ।
24 Et sacrificium ephi per vitulum, et ephi per arietem faciet: et olei hin per singula ephi.
शासकले अन्नबलिको रूपमा प्रत्येक साँढेका निम्ति एक एपा अन्नबलि जुटाउनुपर्छ; अनि प्रत्येक साँढभेडाको निम्ति एक एपा र प्रत्येक एपाको निम्ति एक हिन जैतुन तेल पनि प्रबन्ध गर्नुपर्छ।
25 Septimo mense, quintadecima die mensis in sollemnitate faciet sicut supra dicta sunt per septem dies: tam pro peccato, quam pro holocausto, et in sacrificio, et in oleo.
“‘त्यस चाडको सातौँ दिन, जुन सातौँ महिनाको पन्ध्रौँ दिनमा सुरु हुन्छ, शासकले पाप शुद्धीकरण बलि, होमबलि, अन्नबलि र जैतुन तेलको निम्ति समान प्रबन्ध गर्नुपर्छ।