< Esther 5 >
1 Die autem tertio induta est Esther regalibus vestimentis, et stetit in atrio domus regiae, quod erat interius, contra basilicam regis: at ille sedebat super solium suum in consistorio palatii contra ostium domus.
तेस्रो दिन एस्तरले आफ्नो राजकीय वस्त्र पहिरिन्, र राजमहलको भित्री चोकमा राज कक्षको सामु उभिइन्। राजाचाहिँ कक्षको राजकीय सिंहासनमा प्रवेशद्वारतिर फर्केर बसेका थिए।
2 Cumque vidisset Esther reginam stantem, placuit oculis eius, et extendit contra eam virgam auream, quam tenebat manu: Quae accedens, osculata est summitatem virgae eius:
जब राजाले रानी एस्तरलाई चोकमा उभिरहेकी देखे, तब राजा तिनलाई देखेर खुशी भए; अनि आफ्नो हातमा भएको सुनको राजदण्ड एस्तरतिर पसारे। तिनी नजिक गइन् र राजदण्डको टुप्पा छोइन्।
3 Dixitque ad eam rex: Quid vis Esther regina? quae est petitio tua? etiam si dimidiam partem regni petieris, dabitur tibi.
तब राजाले सोधे, “रानी एस्तर, तिम्रो बिन्ती के हो? तिमी के चाहन्छौँ? तिमीले आधा राज्य नै माग्यौ भने पनि त्यो तिमीलाई दिइनेछ।”
4 At illa respondit: Si regi placet, obsecro ut venias ad me hodie, et Aman tecum ad convivium, quod paravi.
एस्तरले जवाफ दिइन्, “महाराजालाई असल लाग्यो भने हजुरको निम्ति मैले तयार गरेको भोजमा आज राति हामानको साथमा हजुरको सवारी होस्।”
5 Statimque Rex, Vocate, inquit, cito Aman ut Esther obediat voluntati. Venerunt itaque rex et Aman ad convivium, quod eis regina paraverat.
राजाले भने, “हामानलाई झट्टै बोलाओ, र एस्तरले भनेझैँ हामी भोजमा जान सकौँ।” यसरी राजा र हामान एस्तरले तयार पारेको भोजमा गए।
6 Dixitque ei rex, postquam vinum biberat abundanter: Quid petis ut detur tibi? et pro qua re postulas? etiam si dimidiam partem regni mei petieris, impetrabis.
तिनीहरूले दाखमद्य पिउँदै गरेको बेला राजाले एस्तरलाई फेरि सोधे, “तिम्रो बिन्ती के छ? त्यो तिमीलाई दिइनेछ। अनि तिम्रो अनुरोध के छ? आधा राज्य नै भए तापनि त्यो दिइनेछ।”
7 Cui respondit Esther: Petitio mea, et preces sunt istae:
एस्तरले जवाफ दिइन्, “मेरो बिन्ती र मेरो अनुरोध यही हो:
8 Si inveni in conspectu regis gratiam, et si regi placet ut det mihi quod postulo, et meam impleat petitionem: veniat rex et Aman ad convivium quod paravi eis, et cras aperiam regi voluntatem meam.
यदि राजाले ममाथि निगाह गर्नुहुन्छ, मेरो बिन्ती र मेरो माग पूरा गर्न राजालाई असल लाग्छ भने मैले हजुरहरूको निम्ति तयार पार्ने भोजमा राजा र हामानको सवारी होस्। तब म भोलि राजाको प्रश्नको उत्तर दिनेछु।”
9 Egressus est itaque illo die Aman laetus et alacer. Cumque vidisset Mardochaeum sedentem ante fores palatii, et non solum non assurrexisse sibi, sed nec motum quidem de loco sessionis suae, indignatus est valde:
त्यस दिन हामान रमाउँदै र मनमा खुशी हुँदै निस्केर गए। तर जब तिनले राजाको मूलढोकामा मोर्दकै तिनको अगि न खडा भएको, न त तिनको उपस्थितिमा डराएको देखे, तब तिनी मोर्दकैसित रिसले चुर भए।
10 et dissimulata ira, reversus in domum suam, convocavit ad se amicos suos, et Zares uxorem suam:
तरै पनि हामानले आफूलाई सम्हालेर तिनी घरतिर गए। तब तिनले आफ्ना मित्रहरू र आफ्नी पत्नी जेरेशलाई बोलाए।
11 et exposuit illis magnitudinem divitiarum suarum, filiorumque turbam, et quanta eum gloria super omnes principes et servos suos rex elevasset.
अनि हामानले तिनीहरूलाई आफ्नो सम्पत्ति, आफ्ना धेरै छोराहरू, र राजाले कसरी तिनलाई धेरै सम्मान दिएका कुराहरू, अनि तिनले आफूलाई अरू प्रमुख व्यक्तिहरू र अधिकारीहरूभन्दा उच्च पदमा नियुक्त गरेको बारेमा धाक लगाए।
12 Et post haec ait: Regina quoque Esther nullum alium vocavit ad convivium cum rege, praeter me: apud quam etiam cras cum rege pransurus sum.
हामानले भने, “अनि यति मात्र होइन, रानी एस्तरले दिएको भोजमा राजासित बस्न पाउने व्यक्ति म मात्र हुँ।” अनि भोलि पनि रानीले राजासित मलाई निम्तो दिएकी छिन्।
13 Et cum haec omnia habeam, nihil me habere puto, quamdiu videro Mardochaeum Iudaeum sedentem ante fores regias.
तर पनि जबसम्म त्यो यहूदी मोर्दकैलाई राजाको मूलढोकामा देख्छु, यी सबै कुराहरूले मलाई सन्तुष्टि दिन सक्दैन।
14 Responderuntque ei Zares uxor eius, et ceteri amici: Iube parari excelsam trabem, habentem altitudinis quinquaginta cubitos, et dic mane regi ut appendatur super eam Mardochaeus, et sic ibis cum rege laetus ad convivium. Placuit ei consilium, et iussit excelsam parari crucem.
तब तिनकी पत्नी जेरेश र तिनका सबै मित्रहरूले तिनलाई सल्लाह दिए, “पचास क्यूबिट अग्लो एउटा फाँसीको काठ बनाउन लगाउनुहोस्; अनि त्यसैमा बिहान मोर्दकैलाई झुण्ड्याउन राजासँग बिन्ती गर्नुहोस्। त्यसपछि राजासित भोजमा गएर रमाइलो गर्नुहोस्।” यो सल्लाहले हामानलाई खुशी तुल्यायो; अनि तिनले फाँसी दिने काठ तयार गर्न लगाए।