< Deuteronomii 12 >

1 Haec sunt praecepta atque iudicia, quae facere debetis in Terra, quam Dominus Deus patrum tuorum daturus est tibi, ut possideas eam cunctis diebus, quibus super humum gradieris.
परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिनुभएको देशमा तिमीहरू बाँचुञ्‍जेलसम्म तिमीहरूले मान्‍नुपर्ने विधिविधानहरू यिनै हुन् ।
2 Subvertite omnia loca, in quibus coluerunt gentes, quas possessuri estis, deos suos super montes excelsos, et colles, et subter omne lignum frondosum.
जुन जातिहरूलाई तिमीहरूले पराजित गर्छौ तिनीहरूले अग्ला पर्वतहरू, डाँडाहरू र हरेक हरियो रुखमुनि पुजा गर्ने तिनीहरूका देवताहरूलाई निश्‍चय नै नष्‍ट पारिदिनू ।
3 Dissipate aras earum, et confringite statuas, lucos igne comburite, et idola comminuite: disperdite nomina earum de locis illis.
तिनीहरूका वेदीहरू भत्काइदिनू र तिनीहरूका ढुङ्गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू र तिनीहरूका अशेरा देवीका खम्बाहरू जलाइदिनू । खोपेर बनाइएका तिनीहरूका देवताका मूर्तिहरू काटिदिनू र त्यस ठाउँबाट तिनीहरूका नाउँ मेटिदिनू ।
4 Non facietis ita Domino Deo vestro:
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यसरी आराधना नगर्नू ।
5 sed ad locum, quem elegerit Dominus Deus vester de cunctis tribubus vestris, ut ponat nomen suum ibi, et habitet in eo, venietis:
तर जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न तिमीहरूका सबै कुलबाट चुन्‍नुहुन्छ त्यही नै त्यो ठाउँ हुने छ जहाँ तिमीहरू बस्छौ र त्यहीँ नै तिमीहरू जाने छौ ।
6 et offeretis in loco illo holocausta et victimas vestras, decimas et primitias manuum vestrarum, et vota atque donaria, primogenita boum et ovium.
त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि, भेटी, दशांश, तिमीहरूका हातका भेटी, भाकलका भेटी, स्वैच्छिक भेटी र तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका पहिले जन्मेकाहरूलाई ल्याउने छौ ।
7 Et comedetis ibi in conspectu Domini Dei vestri: ac laetabimini in cunctis, ad quae miseritis manum vos et domus vestrae, in quibus benedixerit vobis Dominus Deus vester.
त्यहीँ नै तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खाने छौ र तिमीहरू र तिमीहरूका घरानाहरूले हात लगाएका हरेक कुराको बारेमा आनन्द मनाउने छौ जहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएको छ ।
8 Non facietis ibi quae nos hic facimus hodie, singuli quod sibi rectum videtur.
आज यहाँ हामीले गरिरहेका कुनै पनि कुरा नगर्नू । अहिले हरेकलाई आफ्नो दृष्‍टिमा जे ठिक लाग्छ, त्यसले त्यही गरिरहेको छ ।
9 Neque enim usque in praesens tempus venistis ad requiem, et possessionem, quam Dominus Deus vester daturus est vobis.
किनकि तिमीहरू अझै पनि विश्राम अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने उत्तराधिकारमा आएका छैनौ ।
10 Transibitis Iordanem, et habitabitis in Terra, quam Dominus Deus vester daturus est vobis, ut requiescatis a cunctis hostibus per circuitum: et absque ullo timore habitetis
तर जब तिमीहरू यर्दन पारी जान्छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशमा बस्छौ तब उहाँले तिमीहरूलाई तिमीहरूका चारैतिर भएका सबै शत्रुबाट विश्राम दिनुहुने छ ताकि तिमीहरू सुरक्षितसाथ बस्‍न सक ।
11 in loco, quem elegerit Dominus Deus vester, ut sit nomen eius in eo. illuc omnia, quae praecipio, conferetis, holocausta, et hostias, ac decimas, et primitias manuum vestrarum: et quidquid praecipuum est in muneribus, quae vovistis Domino.
अनि जुन ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न छान्‍नुहुन्छ त्यहीँ नै मैले तिमीहरूलाई आज्ञा दिने हरेक थोक ल्याओ अर्थात् तिमीहरूका होमबलि, भेटी, दशांश र तिमीहरूका हातका भेटी, परमप्रभुको निम्ति तिमीहरूले चढाउने भाकलका सबै स्वैच्छिक भेटी ल्याओ ।
12 Ibi epulabimini coram Domino Deo vestro, vos et filii ac filiae vestrae, famuli et famulae atque Levites, qui in urbibus vestris commorantur. neque enim habet aliam partem et possessionem inter vos.
तिमीहरू, तिमीहरूका छोराहरू, तिमीहरूका छोरीहरू, तिमीहरूका कमारा-कमारीहरू र तिमीहरूका सहरभित्र हुने लेवीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु रमाउने छौ । तिमीहरूका बिचमा बस्‍ने लेवीहरूसित कुनै हिस्सा वा सम्पत्ति हुँदैन ।
13 Cave ne offeras holocausta tua in omni loco, quem videris:
तिमीहरूका होमबलिहरू तिमीहरूले देख्‍ने हरेक ठाउँमा नचढाउन होसियार बस ।
14 sed in eo, quem elegerit Dominus, in una tribuum tuarum offeres hostias, et facies quaecumque praecipio tibi.
तर परमप्रभुले तिमीहरूका कुलबाट छान्‍नुहुने एउटा ठाउँमा तिमीहरूले आफ्ना होमबलिहरू चढाउनू र त्यहीँ नै मैले तिमीहरूलाई आज्ञा गरेका हरेक कुरा गर्नू ।
15 Si autem comedere volueris, et te esus carnium delectaverit, occide, comede iuxta benedictionem Domini Dei tui, quam dedit tibi in urbibus tuis: sive immundum fuerit, hoc est, maculatum et debile: sive mundum, hoc est, integrum et sine macula, quod offerri licet, sicut capream et cervum, comedes,
तथापि, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌लाई स्वीकार गरी तिमीहरूलाई इच्छा लागेअनुसार तिमीहरूका सहरहरूभित्र तिमीहरूले पशु मारेर खान सक्छौ । हरिण र मृगजस्ता प्राणीका मासुहरू शुद्ध र अशुद्ध दुवै थरीका मानिसहरूले खान सक्छन् ।
16 absque esu dumtaxat sanguinis, quem super terram quasi aquam effundes.
तर तिमीहरूले रगतचाहिँ नखाओ । यसलाई पानीझैँ भुइँमा पोखाइदेओ ।
17 Non poteris comedere in oppidis tuis decimam frumenti, et vini, et olei tui, primogenita armentorum et pecorum, et omnia quae voveris, et sponte offerre volueris, et primitias manuum tuarum:
तिमीहरूको अन्‍न, नयाँ मद्य, तेल, गाईवस्तु वा भेडा-बाख्राका पहिले जन्मेकाहरूको दशांश तिमीहरूले सहरहरूभित्र खानुहुँदैन । तिमीहरूले गर्ने भाकलसँगै चढाउने कुनै पनि बलिदानको मासु नखाओ न त स्वैच्छिक भेटी वा तिमीहरूका हातले चढाउने भेटीबाट खाओ ।
18 sed coram Domino Deo tuo comedes ea in loco, quem elegerit Dominus Deus tuus, tu et filius tuus et filia tua, et servus et famula, atque Levites, qui manet in urbibus tuis: et laetaberis et reficieris coram Domino Deo tuo in cunctis, ad quae extenderis manum tuam.
बरु, तिमी, तिम्रा छोराछोरी, तिम्रा कमारा-कमारी र तिम्रा सहरहरूभित्र बस्‍ने लेवीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले छन्‍नुहुने ठाउँमा तिनलाई खानू । तिमीहरूले हात लगाउने हरेक कुराको बारेमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु रमाउने छौ ।
19 Cave ne derelinquas Levitem in omni tempore quo versaris in terra.
तिमीहरू आफ्नो देशमा बसुञ्‍जेलसम्म लेवीहरूलाई नभुल्नमा ध्यान देओ ।
20 Quando dilataverit Dominus Deus tuus terminos tuos, sicut locutus est tibi, et volueris vesci carnibus, quas desiderat anima tua:
परमप्रभु तिमीहरूका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएबमोजिम उहाँले तिमीहरूका सिमानाहरू बढाउनुहुँदा मासु खाने तिमीहरूको इच्छाको कारणले तिमीहरूले 'म मासु खाने छु' भन्दा तिमीहरूले इच्छा लागेअनुसार खान सक्छौ ।
21 locus autem, quem elegerit Dominus Deus tuus ut sit nomen eius ibi, si procul fuerit, occides de armentis et pecoribus, quae habueris, sicut praecepi tibi, et comedes in oppidis tuis, ut tibi placet.
परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न छान्‍नुहुने ठाउँ तिमीहरूबाट ज्यादै टाढा भयो भने मैले तिमीहरूलाई आज्ञा दिएअनुसार परमप्रभुले तिमीहरूलाई दिनुभएका गाईवस्तु र भेडा-बाख्राबाट केहीलाई मार्नू, र तिमीहरूको मनले इच्छा गरेअनुसार तिमीहरूले आफ्ना सहरहरूभित्र तिनलाई खान सक्छौ ।
22 Sicut comeditur caprea et cervus, ita vesceris eis: et mundus et immundus in commune vescentur.
तिमीहरूले हरिण र मृगलाई खाएझैँ तिनीहरूलाई खान सक्छौ । अशुद्ध र शुद्ध मानिसहरूले समान रूपमा खान सक्छन् ।
23 Hoc solum cave, ne sanguinem comedas. sanguis enim eorum pro anima est: et idcirco non debes animam comedere cum carnibus:
केवल रगत नखाने कुरामा निश्‍चित होओ किनकि रगत जीवन हो । मासुसँगै जीवन नखाओ ।
24 sed super terram fundes quasi aquam,
तिमीहरूले रगत नखाओ । यसलाई पानीलाई झैँ भुइँमा खन्याइदिनू ।
25 ut bene sit tibi et filiis tuis post te, cum feceris quod placet in conspectu Domini.
तिमीहरूले रगत नखाओ । तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यो गर्‍यौ भने तिमीहरू र तिमीहरूका छोराछोरीहरूको भलो हुने छ ।
26 Quae autem sanctificaveris, et voveris Domino, tolles, et venies ad locum, quem elegerit Dominus:
तर तिमीहरूसित भएका थोकहरू र भाकलका भेटीहरू जुन परमप्रभुका हुन्, ती लिएर परमप्रभुले छान्‍नुहुने ठाउँमा जाओ ।
27 et offeres oblationes tuas carnem et sanguinem super altare Domini Dei tui: sanguinem hostiarum fundes in altari: carnibus autem ipse vesceris.
त्यहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीमा तिमीहरूले होमबलिसाथै मासु र रगत चढाओ । तिमीहरूका बलिदानको रगत परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीमा खन्याऊ र मासुचाहिँ तिमीहरूले खाओ ।
28 Observa et audi omnia quae ego praecipio tibi, ut bene sit tibi et filiis tuis post te in sempiternum, cum feceris quod bonum est et placitum in conspectu Domini Dei tui.
मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै वचनलाई ध्यान दिएर पालन गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूले जे ठिक र असल छ त्यही गर्दा तिमीहरू र तिमीहरूका छोराछोरीहरूको सदैव भलो होस् ।
29 Quando disperdiderit Dominus Deus tuus ante faciem tuam gentes, ad quas ingredieris possidendas, et possederis eas, atque habitaveris in terra earum:
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सामु ती जातिहरूलाई निष्कासन गर्नुहँदा तिमीहरू त्यहाँ गई तिनीहरूलाई पराजित गर्ने छौ र तिनीहरूको देशमा बस्‍ने छौ ।
30 cave ne imiteris eas, postquam te fuerint introeunte subversae, et requiras ceremonias earum, dicens: Sicut coluerunt gentes istae deos suos, ita et ego colam.
होसियार बस, कि तिमीहरूका सामु तिनीहरू नष्‍ट गरिएपछि तिनीहरूलाई पछ्याउने पासोमा नपर्नू । 'यी जातिहरूले कसरी तिनीहरूका देवताहरूको पुजा गर्छन् म पनि त्यस्तै गर्ने छु' भन्दै तिनीहरूका देवताहरूको चासो लिने पासोमा नपर्नू ।
31 Non facies similiter Domino Deo tuo. Omnes enim abominationes, quas aversatur Dominus, fecerunt diis suis, offerentes filios et filias, et comburentes igni.
तिमीहरूले त्यसरी परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना नगर्नू किनकि तिनीहरूले आफ्ना देवताहरूलाई परमप्रभुको दृष्‍टिमा घृणित हरेक कुरो र उहाँले घृणा गर्ने कुराहरू गरेका छन् । तिनीहरूले आफ्ना छोराछोरीहरू आफ्ना देवताहरूका निम्ति आगोमा होम दिन्छन् ।
32 Quod praecipio tibi, hoc tantum facito Domino: nec addas quidquam, nec minuas.
मैले जे-जे आज्ञा दिन्छु, त्यसको पालन गर । यसमा नथप न त यसबाट हटाउने काम गर ।

< Deuteronomii 12 >